होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २९ असार । छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर सार्वजनिक यातायात खोल्न मानेका छैनन् । सार्वजनिक सवारी साधन खोल्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायात […]
काठमाडौं, २९ असार । नेपालमा मृगौला प्रत्यारोपण ऐन संशोधन भई अंग दानको प्रावधानलाई स्वीकृति दिइसकेको भए पनि मृगौला प्रत्यारोपण गरेको आरोपमा चिकित्सक तथा दाताहरु पक्राउ पर्ने क्रम रोकिएको छैन । अझै मृगौला दान दिने व्यक्तिलाई मानव बेचविखन ऐनअन्तर्गत कारबाही गर्दै सरकारले दुवै कानुनलाई सक्रिय बनाइराखेको छ । दुई खालको ऐन भएकै कारण चिकित्सक तथा दाताहरु […]
फेसबुक मेसेन्जर तथा ह्वाट्सएप च्याटिङका लागि प्रयोग गरिने सबैभन्दा लोकप्रिय सोसल मिडिया एप हुन् । फेसबुक कम्पनी मातहत भएतापनि यी दुई एपहरु फरक फरक ढंगले स्वतन्त्र रुपमा सञ्चालन हुने गर्दछन् । तर निकट भविष्यमा फेसबुकले मेसेन्जर र ह्वाट्सएपलाई जोड्ने योजना बनाएको छ । यसको अर्थ मेसेन्जर र ह्वाट्सएप प्रयोगकर्ताले एक आपसमा च्याट गर्न पाउनेछन् । […]
काठमाडौं – नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए । […]
नागरिक रैबार/बाजुरा २८ असार। आईएन एफ बाजुरा शाखाले कोभिड–१९ का कारण प्रभावित बनेका विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । आईतबार बडीमालिका नगरपालिका वडा नं. ८ का १ सय ८ जना विपन्न परिवारलाई उनीहरुको घरमै पुगेर राहत स्वरुप प्रति परिवार १ कटा चामल, तेल दाल लगायतका खाद्यन्न सामाग्री वितरण गरेको हो । कोभिड–१९ को […]
काठमाडौं । नेपालमा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५ र ललितपुरका १ सहित थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् । हाल सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको उनले बताए । यस्तै डिस्चार्ज भएकासहित […]
बलिउड नायिका ऐश्वर्या राया बच्चन र उनकी छोरी आराध्यालाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि उनकै परिवारका बलिउड नायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनीहरुको पनि कोरोना परीक्षण गरिएको थियो । पहिलो पटक गरिएको परीक्षणमा ऐश्वर्या, उनकी छोरी आराध्या र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो । तर, दोश्रो पटक […]
पाल्पा: पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन्। गुल्मी जिल्ला रुरु गाउँपालिका –५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए। गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए। श्यामशरण घरमा पु¥याउँदा परिवार र आफन्तहरुको भीडभाड थियो। केही […]
धनगढी: कोभिड–१९ को जाँचको दायरा बढाउनुपर्ने माग उठिरहेको समयमा सुदूरपश्चिम प्रदेशमा दैनिक स्वाबको नमूना सङ्कलन सुस्त भएको छ। आरडिटी पोजेटिभ देखिएका, लक्षण देखिएका शङ्कास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका क्रममा सङ्क्रमितको सम्पर्कमा आएकाको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो पटकको मापदण्ड पालना गर्नुपर्ने भएकाले स्वाबको नमूना सङ्कलनमा कमी आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। […]
काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ। मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानाङ्गले बताए। “सोमबार बेलुकाबाट उक्त प्रणाली बिस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको छ”,उनले भने। […]
धनगढी : धनगढीमा कोरोनाको संक्रमणबाट बच्न सचेतना मुलक र्याली निकालिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सचेतना फैलाउन आज बिहान र्याली निकालेको हो। हात–हातमा सचेतना मुलक प्ले कार्ड सहित जिल्ला प्रहरी कार्यालयबाट चटकपुर सम्म र्याली निकालिएको हो। र्यालीमा सहभागी प्रहरीहरुले घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गरौँ, कुनै पनि स्वास्थ्य समस्या भएमा […]
गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिका खैलार गार्डमा बबई नदीले बगाउँदा श्रीमान-श्रीमती नै वेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको काठ-दाउरा समात्न नदी बबई पुगेका दम्पती दाउरा समात्ने क्रममा नदीमा डुबेर वेपत्ता भएका हुन् । ठाकुरबाबा नगरपालिका ४ निवासी २५ वर्षीय जीतबहादुर थारु र उनकी २६ वर्षीया श्रीमती राजकुमारी थारु बबई किनारमा दाउरा समात्ने क्रममा डुबेर बेपत्ता […]
सामान्यतः सार्स–कोभ–२ नाम दिइएको, अहिले संसारभरि महामारी फैलाइरहेको कोरोनाभाइरसका कारण हुने कोभिड–१९ लाई श्वासप्रश्वाससम्बन्धी रोग मानिने गर्छ । तर पछिल्ला चरणमा यो श्वासप्रश्वाससम्बन्धी रोग मात्रै नभई बहुसमस्या सिर्जना गर्ने रोग हो भन्ने कुराहरु पनि आइरहेका छन् । यो रोगमा मूलतः श्वासप्रश्वास प्रणालीमा गम्भीर समस्या–जटीलताहरु त पैदा हुन्छ नै, साथसाथै, यसले शरीरका अन्य थुप्रै महत्वपूर्ण अंगहरुलाई […]
काठमाडौं – सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को प्रधानमन्त्री बालुवाटारमा शनिबार बसेको बैठकले उद्धार, राहत र पुनस्र्थापनालाई विशेष ध्यान दिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा नेपालमा अझै दुई महिना बाढीपहिरोको समस्या […]
एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएकाे छ । बच्चनले आफ्नाे ट्वीटरमा एक ट्वीट पाेस्ट गर्दै आफूलाई काेराेना पाेजिटिभ भएकाे लेखेका छन् । उनी उपचारका लागि मुम्बईकाे नानाभाती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले लेखेका छन् ।
२७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
काठमाडौं, २७ असार । लगातारको वर्षापछि देशका विभिन्न भूभागमा आएको बाढी—पहिरोमा परेकाहरूलाई सरकारले तत्कालै उद्धार तथा राहत प्रदान गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय विपद व्यवस्थापन परिषदकाे बैठकले देशका उक्त निर्णय गरेको हो । विभिन्न ८ जिल्ला अहिले बाढीपहिरोबाट बढी प्रभावित भएको निष्कर्ष निकाल्दै बैठकले उद्धार, राहत तथा पुर्नस्थापनाका काम […]
२७ असार, काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोको समस्या अझै दुई महिनासम्म रहने सक्ने भएकाले पूर्व तयारी गर्न निर्देशन दिएका छन् । विपत व्यवस्थापन परिषद्को शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्दार सामाग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि भनेका छन् । ‘यो झरी सकिएपनि दुई महिनासम्म बाढी र पहिरोले आक्रान्त […]
काठमाडौं : साझा यातायातले साउन एक गतेदेखि आफ्नो सेवा सुरु गर्ने भएको छ । साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा बस सेवा सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् । सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझाले सरकारले तोकको मापदण्ड अनुसार बस चलाउन लागेको हो । शुरुमा नियमित रुपमा बस चलाउने साझाको तयारी […]
२७ असार, काठमाडौं । बाढीपहिरोले पुर्याएइको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । शनिबार चितवन पुगेका नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरेका हुन् । मेघौली निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि बलियो तटबन्ध गराउने तयारी भएको दाहाले स्थनीयलाई बताए । प्रधानमन्त्रीसँग मिटिङ […]