होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १५ फागुन। बाजुरा जिल्लामा जारी १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले जितेकाे छ । बडीमालिकाले प्रतियोगितामा सहभागि जिल्लाका अन्य ८ वटा पालिकालाई पछाडि पार्दै यस वर्षको रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । बडीमालिकाले १८ स्वर्ण, १५ रजत र १३ कास्य गरि जम्मा ४८ पदक ल्याएर प्रतियाेगिता जित्न सफल […]
धनगढी : सुदूरपश्चिम सरकारको सवारी साधानको करबाट ८५ करोड २६ लाख ४५ हजार असुल गर्ने लक्ष्य छ।चालु आर्थिक वर्षको ६ महिनामा ३६ करोड १८ लाख ८२ हजार सवारी करबाट आम्दानी भएको छ। चालु आर्थिक वर्षको ६ महिनामा ४२ दशमलव ४४ प्रतिशत कर असुली भएको हो। प्रदेश सरकारले सबै भन्दा बढी सवारी साधन करबाट नै आन्तरिक […]
नागरिक रैबार/बाजुरा १५ फागुन । बाजुराकाे बुढीनन्दा नगरपालिकामा भीरबाट लडेर एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा साेहि नगरपालिका १ का अन्दाजी ४० बर्षिय नृपराज रेग्मी रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मृतक रेग्मी वडा नम्बर १ काे पार्ताेलामा भीरबाट लडेर मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार रेग्मी चार […]
काठमाडौं– महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनले भने, ‘महाशिरात्रिका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ […]
नागरिक रैबार/बाजुरा १३ फागुन ।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर २ का ३ वटा विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई विद्यालय पोषाक तथा न्यानो लुगा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा नम्वर २ को समन्वय र अमेरिकी नागरिक जिम्मेरी वरेलीको सहयोगमा वडाभित्रका ३ वटा विद्यालयका ३ सय १८ जना विपन्न विद्यार्थीहरुलाई विद्यालय पोषाक तथा न्यानो लुगा वितरण […]
काठमाडौं । स्याङ्जाको हरिनास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कात्तिक १२ गते सरुवा भएर गए । त्यसपछि झन्डै दुई महिना हरिनास प्रमुख प्रशासकीय अधिकृतविहीन हुनपुग्यो । यसबीचमा प्रशासनिक कामकाज ठप्प भए । अरू त अरू, शिक्षकको तलब र वृद्धवृद्धादेखि अपाङ्ग भत्तासम्म रोकियो ।झन्डै दुई महिना पछिमात्र पालिकाले प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा शिवकुमार पौडेललाई पायो […]
नागरिक रैबार/बाजुरा १३ फागुन। जिल्ला हुलाक कार्यालय बाजुराका कर्मचारीहरुले क्यान्सर पिडित मनिराम डडालको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । अतिरिक्त हुलाक कार्यालय जगन्नाथ गाउँपालिकाको गोत्री बाजुरामा कार्यरत पूर्व डाँकवाहक डडाल क्यानसर रोगबाट ग्रसित भएपछि जिल्ला हुलाक कार्यालय बाजुरा मार्तडी बाजुरा मातहतका कर्मचारीहरुले उपचारका लागि आर्थिक सहयोग गरेका हुन् । जिल्ला हुलाक कार्यालय बाजुरा र […]
नागरिक रैबार/बाजुरा १२ फागुन। जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट सूरु भएको छ । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका पुर्व परदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ […]
नागरिक रैबार/बाजुरा ११ फागुन। बुढीगंगा नगरपालिकाले फागुन १२ गतेबाट नगरपालिकामा सञ्चालन हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता अवधीभर मदिरा विक्री वितरणमा रोक लगाउने भएको छ । मदिराका कारण कतिपय उच्छृङ्खल गतिविधि हुने भएकाले खेल अवधिभर नगरपालिकाभित्र मदिरा विक्री वितरणमा रोक लगाउने नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् । खेलकुदका गतिविधि सञ्चालन भईरहेको स्थानमा मदिरा […]
नागरिक रैबार/बाजुरा ११ फागुन । बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ को रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी संचालनमा आएको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरुको स्वास्थ्य संवेदनशीलतालाई मध्येनजर गर्दै नगरपालिकाले वडा नम्वर ८ को रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर संचालनमा ल्याएको हो । उक्त शहरी स्वास्थ्य केन्द्रको आइतबार एक कार्यक्रमका विच […]
नागरिक रैबार/बाजुरा ११ फागुन। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा सञ्चालन भएको शिविरमा ५ सय बढीले सेवा लिएका छन् । नेपाल रेडक्रस सोसाइटी, सुरक्षित परियोजना नेपाल र खप्तड छेडेदह गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित शिविरमा ५ सय ९ जना बिरामीहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो । कान, आँखा, हाडजोर्नी र नसा सम्बन्धी समस्या भएका तथा अपाङ्गता बिरामीहरुका लागि […]
नागरिक रैबार/बाजुरा ११ फागुन। भूमि समस्या समाधान आयोग बाजुराका नियुक्त सदस्यहरुले सपथग्रहण गरेका छन् । आयोगका जिल्ला अध्यक्ष जनक बहादुर रोकायाले आइतबार नवनियुक्त विज्ञ सदस्य सर्पलाल गिरी, महिला सदस्य मनदेवी ओली र खुला सदस्य शिव बोहरालाई सपथ ग्रहण गराउनु भएको हो । नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराउँदै जिल्ला अध्यक्ष जनक बहादुर राेकायाले जिल्लाको भूमि सम्बन्धी […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्धामा कैद फैसला भएका बुढीगंगा नगरपालिका-६ का गोपाल विक अदालत परिसरबाट शुक्रबार दिउसो हतकडीसहित भागेका थिए । जिल्ला प्रहरी कार्यालय बाजुराले चाेरी मुद्धामा कैद फेसला भएका विकलाई फागुन ९ गते बिहान पक्राउ गरी बाजुरा जिल्ला अदालतमा पेश […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरामा विवाहको भोजमा युवाहरुविच आपसमा झडप हुँदा एकजनाको मृत्यू भएको छ । विहिबार राति बुढीगंगा नगरपालिका-८ मोटाबाडामा बिहेको निम्तोमा गएका युवाहरुविच आपसमा दोहोरो झडप हुदाँ एक जनाको मृत्यु भएको छ । दोहोरो झडपमा परेर गम्भीर घाईते भएका बुढीगंगा नगरपालिका-८ डुंग्रीतोलाका अन्दाजी २९ वर्षीया रणबहादुर थापाको उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु […]
नागरिक रैबार/बाजुरा ९ फागुन। बाजुरामा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयु विच मैत्रीपूर्ण खेल संचालन हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको आयोजनामा फागुन ११ देखि १९ गतेसम्म काठमाण्डौंमा संचालन हुने प्रधानमन्त्री केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता तेस्रो संस्करणको प्रचारप्रसारका लागि बाजुरामामा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी […]
काठमाडौ : नेपाली सेनाले २६२औँ सेना दिवसको अवसरमा फागुन १० गते प्रधानसेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने भएको छ। १० किमिको म्याराथनमा रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसबारीकाे तर्फबाट कानुन संकाय कक्षा १२ मा अध्ययनरत छात्रा ज्याेति विक र आयुषा राेका लगाएत ३० जनाकाे सहभागीता रहने सैनिक महाविद्यालयले जनाएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले […]
नागरिक रैबार/बाजुरा ८ फागुन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ तल्लाबाडाका हरी थापा हराएको महिनाैदिनपछि फेला परेका छन् । गत पुस २८ गते भारतको हिमाञ्चल प्रदेशको मतयाना भन्ने ठाउँबाट हराएका थापा १ महिना ८ दिनपछि भारतको चण्डीगड अस्पतालमा उपचारको क्रममा फेला परेको उनका छोरा मीनबहादुर थापाले बताएका छन् । ३ महिना अघि कामको खोजिका लागि […]
नागरिक रैबार/बाजुरा ८ फागुन। नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरिक्षक (डिएसपी) गिन्द्रबहादुर बोगटीको निधन भएको छ । विहिवार विहान डिएसपी बोगटीको काठमाण्डाैंमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नम्वर- ३ स्थायी घर भएका डिएसपी बोगटी लामोसमय देखि क्यान्सर रोगका कारण विरामीले थला परेका थिए । २०५१ […]
नागरिक रैबार/बाजुरा ८ फागुन। सशस्त्र प्रहरी बल आश्रित गुल्म बाजुराले सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा बिहीबार डेमो प्रर्दशन गरेको छ । आगलागिबाट बच्ने उपाय र आगलागि भएमा कसरी निभाउने भन्ने बारेमा सशस्त्र प्रहरी बल आश्रित गुल्मले डेमो प्रदर्शन गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक श्यामबहादुर रावतले जानकारी दिएका छन् । उनका अनुसार घरमा खाना पकाउने ग्यासबाट हुने […]
नागरिक रैबार/बाजुरा ८ फागुन । बाजुराको बुढीगगंगा नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारबाट आएका योजनाहरू कार्यान्वयन नगर्ने भएको छ। नगरपालिकाले ससर्त अनुदानका योजनाहरू फिर्ता पठाएको हो। आर्थिक वर्ष २०८१/८२ सुदूरपश्चिम प्रदेश सरकारका ससर्त अनुदानका योजना नगरपालिकाले फिर्ता पठाएको छ। नगर कार्यपालिकाको बैठकले निर्णय गर्दै प्रदेश सरकारले हस्तान्तरण गरेका विभिन्न १७÷१८ वटा आयोजनाहरू कार्यान्वयन गर्न नसकिने भन्दै फिर्ता […]