होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको लागि बाग्मती प्रदेशको उपनिर्वाचनमा पार्टीका उम्मेद्धवार रामबहादुर थापालाई अत्यधिक बहुमतले जिताउन अपील गरेका छन् । अध्यक्ष ओलीले आज जारी गरेको अपीलमा निर्वाचनले एकतावद्ध संकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाईमा पुर्याउने बताउदै थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गरेका छन् […]
नागरिक रैबार/बाजुरा ५ जेठ। बाजुरामा पछिल्लो २४ घण्टामा एन्टिजेन प्रविधीबाट गरिएको कोरोना परिक्षणमा ९ जना नयाँ संक्रमित थपिएका छन् । ९ जना संक्रमित थपिएसंगै बाजुरामा कोरोना संक्रमितको संख्या तीन सय ६२ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यस्तै आज मात्रै एक जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यलय प्रमसख महेश चन्दले […]
नागरिक रैबार/बाजुरा ५ जेठ। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ३ लाई आजबाट लागु हुने गरि जेठ १२ गतेसम्मका लागि सिल गरिएको छ । वडामा कोरोना महामारी फैलिन नदिन वडा नं. ३ लाई जेठ ५ गतेदेखि १२ गतेसम्म लागु हुने गरि पुरै वडा सिल गरिएको वडा अध्यक्ष डम्बरबहादुर शाहीले बताएका छन् । वडामा हाल २० जना […]
नागरिक रैबार/बाजुरा ५ जेठ । जिल्ला अस्पताल बाजुरामा एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । कोरोनाका कारण बुढिगंगा नगरपालिका ४ बस्ने ७६ बर्षिय संक्रमित काे मृत्यु भएकाे अस्पताल बाजुराका काेभिड फाेकल चुणामणि पन्तले बताएका छन् । उनि दमकाे बिरामी रहेकाे अस्पतालले जनाएकाे छ । बाजुरामा हालसम्म ३ सय ५३ जना कोरोना सँक्रमित रहेका छन् भने […]
पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो । मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको […]
पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । […]
नागरिक रैबार/बाजुरा ४ जेठ। नेकपा माओवादी केन्द्र बाजुराका युवा नेता महेश शाही यतिबेला गृह गाउँपालिका जगनाथमा रहेका छन् । केही दिन अघि मात्रै गाउँवरीपरिका २५ जना कोरोना भाइरस संक्रमण भएपछि गाउँका अन्यलाई कोरोनाको संक्रमण हुन नदिन यसबाट बच्ने उपाए बारे जनचेतना सहित गाउँगाउँमा स्वास्थ्य सामाग्री वितरणमा सक्रिय भएका छन् । महामारीका बेला नेकपा माओबादी नेता […]
काठमाडौं ४ जेठ । नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए । २ जेठमा बनेको कार्यदलको यो पहिलो बैठक हो । उनी अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । बरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध सर्वोच्च अदालतमा परेका चारवटा रिटको सुनुवाइ आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोमबारसम्म सर्वोच्चमा चारवटा रिट परेका छन् । अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका […]
काठमाडौं । कुनै पनि बैठक या छलफलबाट बाहिर निस्कँदा सञ्चारकर्मीलाई विरलै मात्र प्रतिक्रिया दिने गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा दुई प्रश्नको जवाफ दिए । एमाले विवाद समाधान गर्न प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीचको भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिँदै गर्दा ओलीलाई सञ्चारकर्मीले घेरेर प्रश्न गर्न छुटाएनन् । त्यसक्रममा प्रधानमन्त्री ओलीलाई उपस्थित सञ्चारकर्मीले दुई नेताको […]
कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी) ले अक्सिजन अभाव हुन नदिन आवश्यक सवै प्रक्रिया अवलम्बन गर्ने भएको छ । सिंहदरबारमा आइतबार प्रधानमन्त्री केपी ओलीसहित बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा नीजि क्षेत्रको समेत सहभागितामा आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुनी प्रक्रियामा अड्किएर कुनैपनि नागरिकको ज्यान जान दिन नुहने […]
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा अपिल गरेको छ। संघका अध्यक्ष नरेश कुमार शाहीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो यस्तो अपिल गरेका छन्। युवा संघ नेपाल (तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपाल) स्थापना भएको आज ३१ बर्ष पुगेको […]
१ जेठ, काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् । यसअघिको भेटवार्तामा ओली र नेपाल दुवै पक्ष कार्यदल गठन गर्ने र त्यसको आधारमा विवाद समाधान […]
आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले अर्को मन्त्रालयको पनि जिम्मेवारी पाएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा समेत शाहले प्राप्त गरेका हुन्।त्यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन्। यसअघि भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको थियो भने आर्थिक मामिला तथा योजना […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरका ८, कैलालीका १२, डडेल्धुराका ३, डोटीका १, दार्चुलाका २, बझाङका १, अछामका २ र बाँके जिल्लाका एकजना छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या […]
काठमाडौं । विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन असफल भएको छन् । प्रधानमन्त्री ओलीद्वारा पुस ५ मा विघटित प्रतिनिधिसभा ११ फागुनमा पुनस्र्थापित भएयता वैकल्पिक सरकार निर्माणको प्रयास भएपनि अन्ततः आज असफल भएको छ । आफैले संसदको विषेश अधिवेशन बोलाए सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा ओली विफल भएपनि नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धन विकल्प दिन […]
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले विहीबार दिउँसो संविधानविद् एवं कानुनविद्हरुसँग कोटेश्वरस्थित आफ्नै निवासमा परामर्श गरे । एमालेका २० सांसदको सामुहिक राजीनामा खल्तीमै बोकेर छलफलमा उपस्थित नेता नेपाल कानुनविद्सँग अलि खरोरुपमा प्रस्तुत भए । वकिलहरूलाई उनले ‘पानी मरुवा’ भन्नसमेत भ्याए । कानुनी परामर्शका पुगेका वकिलहरूमा बरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी र टीकाराम भट्टराई थिए […]
अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रम आज दिउँसो शीतल निवासमा हुँदैछ । बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि सबै मन्त्रीहरु पदमुक्त भएका छन् । उनीहरुको पनि आजै पुनर्नियुक्ति हुनेछ । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु-याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी […]
काठमाडौं, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच पार्टीलाई एक बनाएर जाने सहमति भएको छ । आज दुई नेताबीच चपली हाइटमा भएको बैठकपछि एकता जोगाएर बढ्ने सहमति भएको हो । विश्वस्त स्रोतका अनुसार दुई नेताले जेठ २ २०७५ लाई टेकेर अगाडि बढ्न दुवै पक्षका नेतालाई सहभागी गराई […]
काठमाडौँ– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवास बुढानीलकण्ठमा भएको भेटवार्तापछि वरिष्ठ नेता नेपालले तत्कालका लागि आफूहरूको राजिनामा टरेको बताएका छन् । भेटवार्तामा ओली र नेपाल सहमति नजिक पुगेका छन् । बैठकपछि बाहिँरिदै वरिष्ठ नेता नेपालले फेरी बैठक बसेर समस्या समाधान […]