होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ । केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो ।
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभाको चुनावमा उम्मेदवार नहुने भएका छन् ।२०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने भएसँगै उनको नाम सिफारिस गरिएको छैन । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिनका लागि चुनाव नलड्ने निर्णय गरेको बताए ।‘सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई […]
बडीमालिका नगरपालिका-९ स्थित द्वारीका आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएकाे छ । जेपी कन्ट्रक्सन एण्ड सप्लायर्सकाे सहयाेगमा विद्यार्थीलाई न्यानाे लुगा वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक अमर बिश्वकर्माले बताएका छन् । उनका अनुसार द्वारीका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे आर्थिक सहयोगमा विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएकाे हाे । बुधवार विद्यालयमा एक कार्यक्रमका बिच उक्त सामाग्री […]
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले […]
त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र खेल जितेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ […]
नेकपा–एमाले आज आन्तरिक एवं बाह्य दुवै मोर्चाबाट चौतर्फी दबाब झेलिरहेकै बेला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जारी गरेको लामो, बहुआयामिक तर अन्ततः विवाद र प्रतिस्पर्धा जन्माउने विज्ञप्तिले पार्टीभित्र अनावश्यक तरंग र द्वन्द्वको बीउ रोपिदिएको छ । पार्टीले तत्कालै निर्वाचनमा जाने निर्णय गरिसकेको, राष्ट्र राजनीतिक संक्रमणको निर्णायक मोडमा पुगेको, र विदेशी तथा स्वदेशी दुवै शक्तिहरूले एमाले […]
त्रिभुवन विश्वविद्यालयका नियम तथा स्ववियु व्यवस्थापनसम्बन्धी विभिन्न त्रुटि र अनियमितता सच्याउन विद्यार्थी नेता धर्मराज तिमिल्सिनाले विश्वविद्यालय प्रशासनसँग माग गरेका छन्। तिमिल्सिनाले त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ८२, नियम २४८ मा “संघ–संगठन त्याग्न नपाइने” प्रावधान थप्न माग गरेका हुन्। उनका अनुसार, निर्वाचित स्ववियु पदाधिकारीले पदावधि पूरा नहुन्जेल संगठन परिवर्तन गर्न नपाउने […]
बाजुराको ग्रामीण गाउँ स्वामिकार्तिक खापर गाउँपालिका ३ काे जुकाेटमा जन्म भइ बाजुरामै हुर्केका प्रभाव शाही ठकुरी हाल नेपाली फिल्म उद्योग र रंगमञ्चमा उदाउँदै गरेका सशक्त कलाकार, निर्देशक समपादक र सामाजिक कार्यकर्ताका रूपमा चिनिन थालेका छन । सुदूरपश्चिमकाे दुर बाजुराबाट सुरु भएको उनको यात्रा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला–मञ्चतर्फ उन्मुख हुँदै गएको छ। सुदूरपश्चिम प्रदेशका एक […]
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ रिहा भएका छन् । आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएपछि प्रसाईँ रिहा भएका हुन् । प्रसाईँका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा दायर गरेका थिए । अभिव्यक्तिलाई लिएर मात्र प्रसाईँलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लङ्घन हुने अदालतको आदेशमा भनिएको […]
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ । शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्चिम रोयल्समा राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । एनपीएलमा एकएक […]
बाजुराका त्रिवेणी नगरपालिकास्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा मंसिर ६ गतेदेखि श्री बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा-महोत्सव आयाेजना हुने भएको छ । महायज्ञको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले गर्ने उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ। मंसिर ६ गतेबाट सुरु हुन लागेको धार्मिक एवं ज्ञान विज्ञान महा-महाेत्सव महायज्ञ मंसिर १४ गतेसम्म […]
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न ४ बजे काठमाडौं र सुदूरपश्चिम आमनेसामने हुन लागेका हुन्। प्रतियोगितामा काठमाडौंले एक खेल जितिसकेको छ भने सुदूरपश्चिमको पहिलो खेल हो।काठमाडौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।दोस्रो खेल पहिलो संस्करणको उपविजेतासँग खेल्न लागेको हो। […]
नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को मंगलबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभर खेन्दै ३ विकेटको क्षतीमा कर्णाली याक्सले १६६ रन बनाएको हो । कर्णालीका लागि प्रयाङ्क पन्चालले ४७ बलमा सर्वाधिक ९० रन बनाएर आउट भएका थिए । टस जितेर चितवले कर्णालीलाई ब्याटिङको निम्तो दिएको […]
पाँचौ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्न सफल भएका सागर धामीलाई सम्मानित गरिएको छ । स्वर्णपदक विजेता धामीलाई बाजुरा युथ कनेक्ट संस्थाको तर्फबाट सोमबार एक औपचारिक कार्यक्रमका विच काठमाण्डौंमा सम्मानित गरिएको हो । बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिका घर भएका धामीले २०८० असाेजमा भएकाे पाँचौ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्न सफल भएका थिए । धामीलाई सम्मान गर्दै […]
बंगलादेशमा गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहको क्रममा भएको मानवताविरुद्धको अपराधको लागि अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको अध्यक्षतामा रहेको तीन सदस्यीय अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण-१ ले फैसला सुनाएको हो । न्यायाधिकरणका अन्य दुई सदस्यहरूमा न्यायाधीश मोहम्मद शफिउल आलम महमूद र न्यायाधीश मोहितुल हक इनाम चौधरी […]
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । पहिलो खेलका लागि सम्पूर्ण टिकट बिक्री […]
गृहमन्त्री ओमप्रकाश अर्यालले भोलिबाट सुरू हुन गइरहेको दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर क्रिकेट लिगको (एनपिएल)को सुरक्षा प्रबन्ध दुरूस्त राख्न निर्देशन दिएका छन्। गृहमन्त्रीको सचिवालयको अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था दुरूस्त राख्न र कुनै पनि अवान्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए। ‘पहिलो पटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको […]
नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले आज साँझसम्म नयाँ दल दर्ताको लागि समय दिएको हो । आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ […]
बाजुराकाे बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रमा अव्यवस्थित पार्किङ र सडक छेउछाउमा थुप्रिएको निर्माण सामग्री हटाउन ७ दिने अल्टिमेटम जारी गरेको छ। नगर कार्यपालिकाले २८ गते एक सार्वजनिक सूचना जारी गर्दै यातायात व्यवसायीलाई बसपार्क बाहिर सवारी पार्किङ नगर्न निर्देशन दिएको हो। सूचनामा मुख्य राजमार्गलगायत सडक छेउमा राखिएको गिट्टी, बालुवा, ढुंगा, इँटाजस्ता निर्माण सामग्री तुरुन्त हटाउन आग्रह […]
काठमाण्डौं २८ कार्तिक। बाजुरा जिल्ला स्तरीय सेभन ए साईड फुटसल प्रतियोगिताको काठमाण्डौंमा सूरु गरिएको छ । बाजुरा युथ कनेक्टको आयोजनामा उक्त प्रतियोगिता आजबाट काठमाण्डौंमा सुरु गरिएको हो । प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका विच पुर्व राष्ट्रिय खेलाडी, पुर्व कप्तान अनिल गुरुङ्गले उद्धघाटन् गरेका हुन् । प्रतियोगिता किर्तिपुरको मतस्य नारायण रिक्रिएसन केन्द्रको फुटसल ग्राउन्डमा संचालन गरिएको […]