होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २६ बैशाख। कोरोनाका कारण मृत्यु भएका बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । कोरोनाका कारण मृत्यु भएका वडा अध्यक्ष विकको शव अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको छ । बडीमालिका नगरपालिकाको समन्वयमा वडा अध्यक्ष विकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी गोपाल […]
पत्रकार दिनेश दाहालको कोरोना संक्रमणका कारण शनिबार निधन भएको छ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष अशोक खड्काले दाहालको निधन भएको पुष्टि गरेका हुन् । स्वर्गीय दाहाल एनटीएका उपाध्यक्ष समेत हुन् । उनी धापाखेलस्थित सुमेरु अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए । गोकर्णेश्वर दक्षिण ढोका निवासी ४० वर्षीय स्व. दाहाल जनप्रहारका पूर्व सम्पादक थिए । नेपाल […]
२५ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट देशभर थप ५३ जनाको मृत्यु भएको छ । यस्तै थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण […]
२५ बैशाख , बाजुरा । बाजुरा बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकलाई डडेलधुरा रिफर गरिएको छ । अध्यक्ष बिकलाई कोरोना देखीएको र जिल्लामा उपचार सम्भव नभएपछि डडेलधुरा रिफर गरिएको हो । उनलाई अक्सीजन सहित भ्यानीलेटरको आबस्यकता पर्ने भएकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएको अबस्थामा अध्यक्ष बिकलाई रिफर गरिएको जिल्ला अस्पतालले […]
२५ वैशाख, धनगढी । कैलालीमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल र निजी अस्पतालमा उपचाररत समेत गरेर २४ घण्टामा ९ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिकाका ५ जना, बर्दगोरिया गाउँपालिकाका २ […]
गत फागुन २३ गते पछाडि दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका करिब १५ लाख नागरिकलाई दोस्रो डोज खोपको चिन्ता बढेको छ । पहिलो खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने भएपनि खोपको व्यवस्था नहुँदा करिब १५ लाख जनसङ्ख्यालाई दोस्रो डोजको चिन्ता बढेको हो । यसअघि भारतबाट १० लाख डोज अनुदान,१० लाख डोज […]
प्रतिनिधिसभा र राष्ट्रियसभाका १९ सांसदसहित १६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका अनुसार संक्रमितमा १९ सांसदबाहेक संसद सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीलगायत रहेका छन् । प्रतिनिधिसभाको बैठक वैशाख २७ गते बस्ने लागेकाले वैशाख २३ र २४ गते २०५ जना सांसदसहित १२३५ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १६० जनामा संक्रमण पुष्टि भएको […]
२५ वैशाख, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप चार जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा तीन र नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको हो । नेशनल मेडिकलको कोरोना अस्पतालमा ५५ वर्षीय संक्रमितको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–२ का उनको शनिबार बिहान ११:५ बजे मृत्यु भएको […]
२५ वैशाख, काठमाडौं । कोरोना संक्रमण पुष्टि हुने प्रतिनिधिसभा सदस्यको संख्या १८ पुगेको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ । संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ […]
पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप […]
फाइजरको भ्याक्सिन बच्चाका लागि स्वीकृति पाउने संसारको पहिलो कोरोना भ्याक्सिन बनेको छ । क्यानडाको ड्रग रेगुलेटर हेल्थ क्यान्डाले १२ देखि १५ वर्षका बच्चाका लागि यो भ्याक्सिन लगाउने अनुमति दिएको छ । यसअघि यो भ्याक्सिन १६ वर्ष माथिका उमेर समूहलाई लगाइएको थियो । अमेरिकामा पनि फाइजर बायोएनटेकको कोरोना भ्याक्सिन १२ देखि १५ वर्षका बच्चालाई लगाउनका लागि […]
बुटवल । कोरोना संक्रमणको दोस्रो लहरले मुलुकलाई नराम्ररी प्रभावित तुल्याउँदै गएको छ । अस्पतालहरू भरिभराउ हुन थालेका छन् भने गम्भीर प्रकृतिका संक्रमितहरुका लागि स्वास्थ्योपचारको प्रवन्ध गर्न निकै सकस हुन थालेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. विष्णु गौतम कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएका कारण देशको स्वास्थ्य प्रणाली नै चर्मराउने अवस्थामा पुगेको बताउँछन् […]
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ। यसअघि बुधबार ५८ जनाले ज्यान गुमाएका थिए । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार नाघेको छ । दिनहुँ संक्रमणको दर बढ्दै जाँदा अवस्था भयावह बन्दै गएको […]
२२ वैशाख, काठमाडौं । होम आइसोलेसनमा रहेका काठमाडौंको चावहिल चुच्चेपाटीका विकास लामालाई आफ्नो लापरवाहीप्रति निकै ग्लानि भइरहेको छ । स्नातक चौथो सेमेष्टरका विद्यार्थी उनी साथीको दिदीको विवाहमा जाँदा कोरोना संक्रमित भए । विवाहमा सहभागी भएको एक हप्तामा कन्ट्रयाक्ट ट्रेसिङमा परेर स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । विकासलाई आमा र अरुले पनि यस्तो महामारीमा विवाहमा […]
२३ बाजुरा,। बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ३८ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ४६ पुगेको छ । आज १ सय ३२ जनाको एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा १ सय १४ जना होम आइसोलेशनमा र ३८ जना […]
धनगढी: बाजुराको बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीलाई कोरोना भाइरसको संक्रमण फेला परेको छ। ऐन्टिजेन विधिबाट परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण देखिएको उनले बताइन। बिगत ३ दिनदेखि सुख्खा खोकी र शरीर दुख्ने समस्या भएपछि परीक्षण गर्दा कोरोना संक्रमण फेला परेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन्। उनले हाल स्वासप्रस्वासमा कुनै समस्या नदेखिएको बताएकी छन्। आफु […]
२३ वैशाख, बाजुरा । कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढेसँगै गएपछि बाजुराका स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँच गर्न थालेका छन् । बाजुरामा कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै जाँदा उपचार तथा परामर्श घरमै पुगेर गर्न थालिएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए । जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन् । तीमध्ये एक महिलाको बुधबार मृत्यु […]
२२ वैशाख, काठमाडौँ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको आदेश जारी गरिएको जिल्लाको संख्या ५२ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि ४० जिल्लाका जिल्ला प्रशासन कार्यालयले पूर्ण र १२ जिल्लाकाले निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञाको आदेश जारी गरेका हुन् । बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, […]
२२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
२२ बैशाख , बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ८ पुगेको छ भने एकको मृत्यु भएको छ । आज १ जना निको भएर डिस्र्चाज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । ५३ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त […]