होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ८ बैशाख। बाजुराको तल्लो क्षेत्रमा रहेका २ नगरपालिका र १ गाउँपालिकाका लागि लक्षित गरि त्रिवेणी नगरपालिकाको तोलीमा निर्माण गरिएको टेलिफोनको टावरले महिनादिन देखि काम गर्न छाडेपछि त्यस क्षेत्रका स्थानीयलाई समस्या भएको छ । त्रिवेणीको तोलीमा निर्माण गरिएको नेपाल टेलिकमको टावरमा समस्या आएपछि यहाँका स्थानीयहरुलाई दैनिक टेलिफोन सेवा लिन समस्या भएको भरत बुढाले बताएका […]
शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो । सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिङ्कले जनाएको छ […]
टेस्ला तथा स्पेस एक्स कम्पनीका मालिक विश्वका दोश्रो सर्वाधिक धनी व्यक्ति हुन् । १ खर्ब ५७ अर्ब डलरका मालिक मस्कलाई धनले यति माया गर्दो रहेछ कि प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति करोडौँ रुपैयाँमा बिक्री भएको छ । मस्ककी प्रेमिका सिंगर ग्रिम्सले हालै आफ्नो डिजिटल कला संग्रहको लिलामी गरेकी हुन् । अनलाइनमा भएको उक्त लिलामीमा उनका […]
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सुझावको माग गरे । उनले भने,“सञ्चार क्षेत्रमा नीतिगत सुधारसँगै थुप्रै सुधार गर्नुपर्ने छ, त्यसका […]
काठमाडौं: फाइल ट्रान्सफर गर्ने लोकप्रिय एप ‘सेयर इट’ मा सुरक्षा कमजोरी फेला परेको एक अध्ययनले देखाएको छ। झण्डै ३ महिनासम्म गरेको एक अध्ययनपछि उक्त एपको एन्ड्रोइड भर्सनमा गम्भीर खालका सुरक्षा कमजोरी भएको साइबर सुरक्षा कम्पनी ट्रेन्ड माइक्रोले जनाएको छ। सेयर इटले प्रयोगकर्ताको फोनको स्टोरेज, क्यामेरा, माइक्रोफोन, लोकेशन आदिबारे सूचना लिने गरेको छ। ‘ह्याकरहरू’ले उक्त एपमा […]
काठमाडौँ- पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ ।सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् । आव २०७५/०७६ मा ५५० वटा अनलाइन नयाँ दर्ता गरिएको छ भने १७ वटा पुनः दर्ता गएिको छ […]
२८ माघ, काठमाडौं । सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुन नदिने यस्तो निर्देशिका ल्याउन […]
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि नेपालमा विभिन्न राजनीतिक दलहरु सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको एउटा पक्षले प्रतिनिधिसभा विघटनको समर्थनमा प्रदर्शन तथा सभाहरु आयोजना गर्दै आएको छ भने नेकपाकै प्रचण्ड–माधव पक्ष, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतले विरोधमा सडक संघर्ष गर्दै आएका छन् । जुनसूकै दलले कार्यक्रम आयोजना गरे पनि भीड […]
काठमाडौँ– एक तथ्यांकका अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भइसकेको छ । सो तथ्यांक अनुसार हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको छ । अझ रोचक कुरा त के छ भने सन् २०६० सम्ममा फेसबुक प्रयोग गरिरहेका जीवित मानिसहरुको तुलनामा मृत्यु भइसकेका फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ । आखिर […]
काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पुर्याएको जनाएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो । ३१ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था/केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पुर्याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल […]
काठमाडौँ– एक युक्रेनी टेलिभिजन प्रस्तोता मारिच्का पाडाल्कोको टेलिभिजनमा बोल्दाबोल्दै दाँत झरेको छ । त्यसपछि उनले सम्हालिएर रिपोर्ट प्रस्तुत गरिन् तर दाँत झरेको कुरा अरुले थाहा पाए ।उनले कसैलाई नढाँटी आफ्नो ईन्स्टाग्राममा पोष्ट गरिन् र भनिन्, ‘मैले समाचार पढेको २० वर्ष भयो तर यस्तो अचम्मको अनुभूति पहिलो पटक भयो ।’भिडियोमा उनले समाचार पढ्दापढ्दै दाँत अलि तल […]
काठमाण्डाै – ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । यस एप एन्ड्रोइडमा आइतबार १२ बजेसम्म एक लाख ६२ हजार पाँच सय प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्ने मध्येबाट अहिलेसम्म ४० हजार बढी […]
कमल धिताल: कम्प्युटरमा यूट्युबका भिडियो कसरी डाउनलोड गर्ने भन्ने सोच्दै हुनुहुन्छ ? अनेक प्रयास गर्दा पनि सक्नुभएको छैन भने तपाईंका लागि यहाँ सजिलो उपाय छ। एकपटक यूट्यूब भिडियो डाउनलोड गरिसकेपछि त्यसलाई चाहेको समयमा अघाउञ्जेल हेर्न सकिन्छ, इन्टरनेट कनेक्सनको चिन्ता नलिइकन। यहाँ हामी तपाईंलाई यूट्यूब भिडियो डाउनलोड गर्ने तरिका सिकाउँदैछौं। सामान्यतया यूट्युबमा भएका भिडियो डाउनलोड गर्न […]
कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ ।सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपङ्क्तिमा हुने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा पनि प्राथमिकता दिन आग्रह गरेको छ ।प्रेस एम्ब्लेम क्याम्पेन (पीईसी)ले […]
नागरिक रैबार/बाजुरा ८ पुस। जिल्लाको गौमूल गाउँपालिकाले बाजुरामै पहिलो पटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । जनतालाइ स्थानीय सरकारको सेवालाइ थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले गाउँपालिकामा पहिलो पटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । डिजिटल नागरिक बडापत्रमा गाउँपालिकाले प्रदान गर्ने सेवा–सुविधा एवं पालिका अन्तर्गतका शाखाका आधिकारिक व्यक्तिको जानकारी लिन सकिने […]
काठमाडौं । आजको जमाना डिजिटल मिडियाको हो । डिजिटल मिडिया अहिलेको समयमा धेरै मानिसको आम्दानीको सबैभन्दा लोकप्रिय तथा सरल माध्यम पनि बनिरहेको छ । खास विशेषता के भने डिजिटल मिडियामा प्लाटफर्ममा आम्दानीको मामिलामा उमेरको कुनै सीमा छैन । बच्चादेखि लिएर बुढापाकासम्मले युट्युब जस्ता प्लाटफर्मबाट करोडौँ कमाइरहेका छन् । एक तथ्यांक अनुसार सन् २०२० मा युट्युबबाट […]
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा अध्ययन विद्यार्थी, अभिभावक र शिक्षकलाई नि:शुल्क टेलिफोन र इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमसँगको सहकार्यमा ‘क्लोजर युजर ग्रुप’ बनाएर नि:शुल्क टेलिफोन, म्यासेज र इन्टरनेट सेवा दिन लागिएको हो । ‘क्लोजर युजर गु्रप’ भन्नाले शिक्षण सिकाइ प्रयोजनका लागि विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र […]
एजेन्सी । विश्वभर गुगल सेवामा अवरुद्ध भएको छ । सोमबार साँझ ५ बजेर २६ मिनेट जाँदा गुगल सेवा अवरुद्ध भएको हो । गुगलमा अवरोध आएलगत्तै जीमेल, युट्युव लगायतका सेवा प्रभावित भएका छन् । यद्यपि, गुगलले भने उक्त समस्याका बारेमा टिपणी गरिसकेको छैन । बेलायतको मिरर अखबारका अनुसार संसारभरका ५४ प्रतिशत मानिसहरुले युट्युब प्रयोग गर्नबाट प्रभावित […]
काठमाडौं । सामाजिक सञ्जाल कम्पनी फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा विश्वभर समस्या देखिएको छ । यद्यपि अहिलेसम्म फेसबुक वा इन्स्टाग्रामले भने आफ्नो म्यासेन्जरमा के भएको हो भन्ने विषयमा केही अपडेट गराएको छैन । डाउनडिटेक्टरका अनुसार अहिले विश्वभरका मानिसहरुले फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या आइरहेको भन्दै गुनासो गरिरहेका छन् । नेपाली समयअनुसार करिब सवा तीनदेखि फेसबुक तथा […]
२६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यस कार्यका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कामपा प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, […]