होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
-डा असीम महत आँगनमै अजंगको बाघ उक्लिन खोजिरहेछ सबै घरभित्रै लुकेर बसेका छन् घर सानो र पुरानो छ झ्याल ढोकाहरु राम्रोसँग लाग्दैनन् घरभित्र सबै सामग्री कमसल छन् अनि तिमी भने घरको मझेरीमा पलेटी कस्छौ र मस्तसँग शक्तिको लुडो खेल्न थाल्छौ घरी खेलको नियम फेरबदल गर्दिन्छौ घरी अरुको गोट्टी गायब पार्दिन्छौ आज सारा संसार कोरोना थाम्न […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ। उनीहरुबीच सोमबारभएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले यसविरुद्ध चालेका उपायहरुबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोभिड १९ रोकथाम र नियन्त्रणका […]
काठमाडौं १२ बैशाख । त्यही भूकम्प जसले २०७२ बैशाख १२ गते गोरखाको बारपाकमा केन्द्रबिन्दू भएर ७.८ रेक्टर स्केलको गएको थियो । ९ हजार जनाको ज्यान लिएको थियो । अहिलेसम्म पुनर्निर्माण सकिएको छैन । रानीपोखरीको पुनर्निर्माण गर्ने भनी त्यहींबाट पुनर्निर्माण थालिएको पुनर्निर्माण अहिलेसम्म पूरा भएको छैन । समय सकिँदैछ । भूकम्पपीडितले अहिलेसम्म राहत नपाएको अवस्था पनि […]
बैशाख ९ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश आफ्नोभन्दा पनि अरू पार्टीलाई लक्ष्य गरेर ल्याएको स्पष्टीकरण नेकपा सचिवालय बैठकमा दिएका छन् । अध्यादेश जारी गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि आकस्मिक रूपमा डाकिएको पार्टी सचिवालय बैठकमा ओलीले ‘पार्टी त्यागेर आउँछौं’ भन्नेहरुलाई परेको बाधा खुलाउन आवश्यक परेको बताए । ‘अरू पार्टीका केही नेतासंँग त्यही ढंगले […]
काठमाडौं – नेपालमा कोरोना भाइरसका दोस्रा संक्रमित देखिएपछि गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । पहिलो चरणको लकडाउन चैत्र १८ मा सकिएपछि २५ गते मध्यारातिसम्म बढाइएको लकडाउन भोलि सकिदैछ । त्यसअघि नै यसबारे आज अपरान्हको मन्त्रिपरिषद् बैठकले निर्णय लिने प्रधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापाले जानकारी दिए […]
३ चैत, काठमाडौं । कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आइतबार साँझ सार्कका राष्ट्र एवं सरकार प्रमुखहरूबीच आयोजित भिडियो कन्फरेन्स आजका सबै अखबारहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक, आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई पनि पत्रपत्रिकाहहरूले समेटेका छन् । ‘महामारी जित्ने र्साकको वाचा’ शीर्षकमा अन्नपूर्णले सार्कका राष्ट्र एवं सरकार प्रमुखबीच भएको भिडियो कन्फरेन्सबारे मुख्य समाचार बनाएको […]
फागुन १४ पोखरा । प्रदेश नं. १ बाहेक अन्य ६ वटा प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधीहरुको लागि बनाइदिएको सेवासुविधासम्बन्धी कानून असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले उक्त अनुसूचीमा रोक लगाइदियो । कात्तिक १ गते सर्वोच्चले रोक लगाएपछि अहिले स्थानीय तहका जनप्रतिनिधी सेवासुविधा विहीन बनेका छन । संविधानको धारा २२७ ले व्यवस्था गरेको छ, “गाउँसभा र […]
फागुन १४ कैलाली – राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार)बाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने भएकी छिन् । सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा राष्ट्रपति भण्डारी आज कैलालीको धनगढी जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने छिन् । सोही दिन खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम तय […]
नागरिक रैबार बाजुरा ७ फागुन । बाजुराको हिमाली गाउँपालिका फागुन २५ गते साक्षर घोषणा हुने भएको छ । राष्ट्रिय अभियानलाई सफल पार्न साक्षर वर्ष २०७६ अगावै हिमाली घोषणा गर्ने गरि साक्षर अभियान नै सञ्चालन गरिने गाँउपालिकाले बताएको छ । साक्षर घोषणा जिल्ला समन्वय समितिसँगको छलफल कार्यक्रममा गाउँपालिकाले तथ्याकं संकलनदेखि सूचक अपुग भएका बस्तीमा तत्काल सूचक […]
नागरिक रैबार बाजुरा ३ फागुन शैक्षिक गुणस्तर प्रवद्र्धन गर्न बडीमालिका नगरपालिका वडा नं ९ बाउलीमा रहेकाे द्वारिका प्रावि प्रारम्भिक कक्षा सिकाई मेला सम्पन्न भएकाे छ । आधारभुत तहमा पढाई सीपको विकास गर्ने उद्देश्यले सञ्चालित प्रारम्भिक कक्षा पढाई कार्यक्रमले विद्यार्थी वीच प्रतिस्पर्धा गराउन र सिकाई अनुभव आदानप्रदान गर्न हरेक पटक पढाई मेला संचालन हुँदै आएको सेतो […]
काठमाडौं । सरकारले नेपाल प्रहरीको २७औं आईजीपीमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले प्रदेश १ मा कार्यरत डीआईजी ज्ञवालीलाई आईजीपी बनाउने निर्णय गरेको हो । आईजीपी सर्वेन्द्र खनालसहित ३ एआईजी र १९ डीआईजीले मंगलबार मध्यरातबाट ३० वर्षे सेवाहदका कारण अवकाश पाउने छन् । ज्ञवाली ०४७ असार २५ देखि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् […]
नागरिक रैबार माघ २ कोल्टी बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका कोल्टी स्थित आयुर्वेद स्वास्थ्य केन्द्र यतिबेला त्यहाँ कार्यरत कर्मचारीको भातभान्सामा परिणत हुँदै गएको छ । कोल्टी क्षेत्रका विरामीहरुको उपचारमा सहजता होस् भन्ने उद्देश्यले निर्मित उक्त आयुर्वेद स्वास्थ्य केन्द्रको भवन कर्मचारीले आफु बस्ने कोठाका रुपमा कब्जा जमाएपछि बिरामीको उपचार गर्नमा समस्या भएको कोल्टी क्षेत्रका सेवाग्राहीले गुनासो गरेका […]
माेहन विक्रम सिह विचार एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) इन्डो-प्यासिफिक रणनीति (आईपीएस) को अंग भएको स्वयं अमेरिकाले स्वीकार गरिसकेको छ। त्यस सन्दर्भमा काठमाडौंस्थित अमेरिकी राजनीतिक दूतावास र अमेरिकी असिस्टेन्ट सेक्रेटरी मिसेस एलाइस बेलका वक्तव्यहरू उल्लेखनीय छन्। त्यसरी कुरा आधिकारिक रूपमा नै प्रस्ट भइसकेपछि पनि नेपाल सरकारले त्यो आईपीएस रणनीतिको अंग होइन भनेर प्रमाणित गर्ने जुन प्रयत्न […]
जाजरकोट पाैष २८ जुनीचाँदे गाउँपालिकाको सबै प्रशासनिक कामकाज सदरमुकाम खलंगाबाटै हुन थालेको छ। पालिकाको केन्द्र विवादका कारण गाउँपालिकाका स्थानीय सदरमुकाम धाउन बाध्य भएका हुन्। केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुगेको छ। तर, अझै फैसला नहुँदा जुनीचाँदेको गाउँको सिंहदरबार सदरमुकाममै अड्किएको हो। गाउँपालिका अध्यक्षलगायत टोलीले पालिकाको केन्द्र जुनीचाँदेको लुहादह तोकेको दाबी गरिरहेका छन्। तर, असन्तुष्ट पक्षले केन्द्र […]
सरकारले आर्थिक वर्ष २०७५÷७६ को अन्तिम महिना असारमा मात्रै सरकारले सरकारी गाडी किन्न झण्डै साढे ४५ करोड रुपैयाँ खर्च गरेको छ। अर्थ मन्त्रालयका अनुसार विभिन्न सरकारी निकायका लागि गाडी किन्न असार महिनामा ४५ करोड २४ लाख ५८ हजार रुपैयाँ रकमान्तर भएको छ। अर्थ मन्त्रालयका अनुसार गृह मन्त्रालय अन्तर्गतका निकायको लागि गाडी किन्न मात्रै १९ करोड ९ […]