होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनामा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा रास्वपाका उम्मेदवार रवि लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् । जारी मतगणनामै उनले यसअघि आफूले पाएको भन्दा धेरै मत पाइसकेका छन् । उनले गत निर्वाचनमा ४९ […]
बैतडी: राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक महिला डिएसपी अर्चना सिन्हा सरुवा भएर आउने भएकी छिन्। हेटौडा निवासी डिएसपी अर्चना सिन्हा राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक आउदै छिन्। राष्टिय अनुसन्धान विभाग जिल्ला कार्यालय बैतडीका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरीको दुई महिनामै सरुवा भएपछि अर्चना सिन्हा प्रमुखका रुपमा आउने भएकी हुन्। डिएसपी अर्चनाले बैतडीको भूगोल […]
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। जिल्लाको बुढीनन्दा नगरपालिका २ स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ३ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । बुढीनन्दा नगरपालिकाको आयोजना र एकएक पाइला, गेटा आखा अस्पतालको समन्वयमा उक्त निःशुल्क बृहत स्वास्थ्य शिविर हुने भएको हो । पुर्वीउत्तरी क्षेत्रका नागरिकहरुको स्वास्थ्य समस्यालाई मध्येनजर गर्दै बुढीनन्दा नगरपालिकाले यहि बैशाख २४ गतेदेखि […]
नागरिक रैबार/बाजुरा ९ बैशाख।नयाँ वर्ष २०८० को अवसरपारी यही बैशाख १५ गतेबाट बुढीगंगा नगरपालिकाको फालासेनमा हुने प्रथम बार्जु महोत्सवलाई भव्य रुपमा सफल पार्न जिल्लास्थित सरोकारवाला निकायसंग छलफल गरिएको छ । सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा बाजुराको पर्यटन प्रवद्र्धन र समग्र जिल्लाको विकासमा टेवा पुर्याउने र कला सँस्कृतिक साहित्यको संरक्षण गर्ने उदेश्य सहीत बैशाख १५ देखि […]
काठमाडौँ । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा आइतबार बिहान ७ बजेदेखि […]
नागरिक रैबार/बाजुरा ९ बैशाख।नेपाल कम्युनिष्ट पार्टीको ७५ औ स्थापना दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका विरामीलाई फलफुल वितरण गरेको छ । स्थापना दिवसको अवसरमा आज जिल्ला अस्पतालमा उपचाररत रहेका बिरामीहरुको शिर्घ स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् । सर्वहारा गरिब […]
लामो समय पछि नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार चार हजार पाँच सय जनाका लागि जागिर खुलाएको हो ।जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण दिइएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ । भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी […]
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ […]
उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो प्राप्त गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री एनपी साउदले पनि सक्रियता बढाइसकेका छन् । तयारी पूरा नभएसम्म भ्रमणको मिति भने सार्वजनिक गर्न नमिल्ने प्रधानमन्त्रीको सचिवालयका […]
धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन् । साथै उनले उपमहानगरको बैठकमा सहभागी नहुने वडाध्यक्षहरूलाई राजीनामा दिन लगाउनुपर्ने जिकिर गरेका छन् । उनले नागरिकलाई वडाध्यक्षहरूको राजीनामा माग्न पनि सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘धराने जनता हो… तपाइँहरुको बिकास रोकिने भयो ! अब बैठक नआउने वडाध्यक्षहरू सबैलाई […]
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी संशोधन ऐन पारित गरेर संक्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन सक्रियता बढाएका छन् । १२ बुँदे सहमति भएर शान्ति प्रक्रियामा आएको १६ वर्ष पुग्दासमेत यो विषय टुङ्गिन सकेको छैन । संक्रमणकालीन न्यायको विषय टुङ्गो लगाउन प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेसहित कांग्रेस […]
काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बैठक बसेको बैठकले विना निष्कर्ष सकिएको हो राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार आजको बैठकमा कुनै सहमति नजुटेको र अर्को बैठक बसेर यसबारे निर्णय लिने सहमति भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका लागि भारत लगिएको हो । बुधबार श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत बिहान १० बजे त्रिभुवन विमानस्थलबाट भारत लगिएको छ । पौडेलको बिदाइ गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ […]
धनगढी– प्रदेशसभाको दोस्रो निर्वाचनपछि सुदूरपश्चिम प्रदेशसभा नीति निर्माण तथा जनसरोकारमा मुद्दामा प्रवेश नै गर्न सकेको छैन । गत मंसिर ४ को निर्वाचनपछि गठित प्रदेशसभाले अहिलेसम्म दुई वटा सरकार गठन गरेको छ भने मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्तिमात्र बैठकको उपयोगिता सीमित भएको देखिन्छ । प्रदेश सरकारले बिजनेस दिन नसक्दा लामो समयदेखि प्रदेशसभा बैठक बस्न सकेको […]
बाजुरा– सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । ६ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । १२ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक […]
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्धको रिटमा आज सुनुवाइ हुनेछ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो । अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड […]
नागरिक रैबार बाजुरा ४ बैशाख माथिल्लाे कर्णाली तथा जल पर्यटन महाेत्सव आजबाट हिमाली गाउँपालिकाकाे धुलाचाैरमा सूरू भएकाे छ । महोत्सवको एक कार्यक्रमका विच बाजुराका प्रतिनिधी सभा सदस्य सांसद बर्दि पाण्डेले उद्धघाटन गरेका छन । हिमाली गाउँपालिका र स्वामिकार्तिक खापार गाउँपालिकाको सयुक्त सहकार्य, पर्यटन मन्त्रालय र अन्य साझेदार निकायकाे सहयाेगमा आजदेखी सुरु भएकाे महोत्सवकाे उद्धघाटन सांसद […]
प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, […]