होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुटु कमाएजस्तो आभास भएको बताएका छन् । एकपछि अर्का गर्दै यो प्रकरणमा मुछिएकालाई बयान लिन समेत नबोलाइनु आपत्तिजनक रहेको लामिछानेको भनाइ छ । ‘प्रधानमन्त्रीज्यू तपाईंले म मुटु कमाउँदिन भन्नुभएको थियो । अब म तपाईंको मुटु चके गर्न चाहन्छु […]
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधिसभामा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । उनले भने– ‘मलाई अचम्म लाग्छ, नाम पत्रिकामा भकाभक आइरहेको छ । अनि ३ दल बसेर खुसुखुसु गर्नुहुन्छ […]
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बहुमतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो । शुक्रबार सरकार कोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रम गफको पुलिन्दा नभएको स्पष्ट पारेका छन् । मंगलबार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा उठेका नीति तथा कार्यक्रममाथिको सवालमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।मूलतः नीति तथा कार्यक्रम आर्थिक वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित भएको भन्दै शङ्का गर्नुपर्ने ठाउँ नभएको उनले बताए । ‘नीति तथा […]
मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले मधेस प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । केही दिनदेखि कुन दललाई कुन मन्त्रालय र कति वटा दिने भन्नेबारे छलफल चलिरहेकै बेला मुख्यमन्त्री सरोजकुमार यादवले आज काँग्रेस र नेकपा एकीकृत समाजवादीबाट नाम मागेर शपथ गराउने तयारी गरेपछि माओवादी चिढिएको हो । माओवादी केन्द्र मधेस प्रदेशका दलका […]
का नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । राष्ट्रपति कार्यालयका अनुसार वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतो नियुक्त भएका छन् । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त […]
डा.सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि जेठ १२ गतेका लागि सो बैठक बोलाइएको हो । जनमत पार्टीका सचिव अनिता साहले पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि बैठक बोलाएको बताइन् । जनमत पार्टीले केन्द्रीय सरकारबाट […]
नागरिक रैबार।मुगु जिल्लाको खत्याड गाउँपालिकामा सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार गाउँपालिकामा पालिका स्तरका सम्पूर्ण जनप्रतिनिधी, सामाजिक अभियान्ता, महिला, दलित लगायतको उपस्थितिमा सूचनाको हक सम्वन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । खत्याड गाउँपालिकाको आयोजना र राष्ट्रिय सूचना आयोग काठमाडौको सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको हो […]
नागरिक रैबार। जिल्लाको बुढीनन्दा नगरपालिका सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुढीनन्दा नगरपालिकाको आयोजना र राष्ट्रिय सूचना आयोग काठमाडौको सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको हो । नगरपालिकाबाट जनताले हरेक सूचनाहरू सहज रूपमा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले बताएको छ ।अन्तरक्रिया कार्यक्रमकोे राष्ट्रिय सूचना आयोगका सूचना […]
नागरिक रैबार/बाजुरा ९ जेठ।एमाले निकट युवा र विद्यार्थीहरुले बाजुरा जिल्लाको समग्र विकासमा सवैसंग सहकार्य गर्ने बताएका छन् । अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले मंगलबार विहान एक विज्ञप्ति जारी गर्दै बाजुरामा भ्रष्टाचार र विकास विरोधी कुनै पनि कार्यमा हाम्रो सहकार्य र सम्झौता नहुने उल्लेख गरेको छ । जेठ २ गते जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुखलाई […]
नागरिक रैबार/बाजुरा ९ जेठ। नेपाल बार एशोसिएसन बाजुरा जिल्ला शाखाको अध्यक्षमा अधिवक्ता पुरबहादुर रावत चयन भएका छन् । त्यस्तै उपाध्यक्ष अधिवक्ता सुक थापा, सचिव पदमा अधिवक्ता हर्क खडायत र काेषाध्यक्ष पदमा अधिवक्ता भीम केसी चयन भएका हुन् ।
काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन धन्दामा संलग्नत आरोपीविरुद्ध बुधबारसम्ममा अदालतमा मुद्दा दायर गर्ने तयारी भएको छ । प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए । अब प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको विश्लेषण, प्रमाणका […]
काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेकाहरुमाथि साढे २० वर्षको कैद सजाय मागदाबी हुने भएको छ । प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजाय हुनेगरी मागदाबी लिएर अदालतमा मुद्दा दायर हुनुपर्ने राय दिइएको हो । ३२ जनालाई प्रतिवादी बनाइनुपर्ने रायसहितको प्रतिवेदनमा […]
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको हो ।प्रहरीले ठगी, राज्यविरुद्धको कसुर, संठित अपराध र एकीकृत कसूरविरुद्धको सजायमा मुद्दा चलाउन राय दिएको छ ।नक्कली भुटानी […]
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललमा सहभागी हुँदै उनले प्रस्तुत नीति तथा कार्यक्रमले अहिलेको आर्थिक समस्या समाधानदेखि देशको समृद्धिमा काम गर्न नसक्ने भन्दै पुनर्लेखन गर्नु हिच्किचाउन नहुने बताए । सरकारलाई नीति तथा कार्यक्रम पुनर्लेखन गरेर […]
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम धेरै राम्रा कार्यक्रमहरू समेटेर आएको बताएका छन् । सङ्घीय संसदमा जारी आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रम माथिको छलफलमा सोमवार आफ्नो राय राख्दै नेपालले यसमा निकै राम्रा कार्यक्रमहरू समेटिएको तर कार्यान्वयनमा भने आफूलाई शङ्का लागेको बताए […]
काठमाडौँ । प्रतिनिधिसभामा अहिले नीति तथा कार्यक्रममाथि छलफल जारी छ। शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्। आइतबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति, कार्यक्रमाथि आफ्नो धारणा राखेका थिए। नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा पनि छलफल गरिदैँछ ।
सोमबार लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेका हुन् । यस्तै माओवादीबाट पनि एक जना मन्त्री थप्ने कसरत चलिरहेको छ । लुम्बिनी सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री सन्तोष पाण्डेयले आज विस्तार गरेर साँझ ४ बजेसम्म […]
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका श्रीमान् बालकृष्ण खाणलाई भेट्न सांसद मञ्जु खाण पुगेकी छन् । सोमबार बिहान उनी टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् ।जिल्ला प्रहरी कार्यालयको हिरासतमा उनले श्रीमान् खाणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएका पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता खाण वैशाख २७ […]
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तारका लागि कार्य विभाजनसहित प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेका थिए । नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विना विभागीय मन्त्रीको शपथ […]