होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ । त्यस्तै ४ लाख ६८ हजार ६ सय ६६ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोनाको संक्रमण भएकामध्ये […]
काठमाडौं । सरकारले देशभर एक लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन शुरु गरेको छ । उच्चस्तरीय समन्य समितिले पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २ हजार जनालाई राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन लागेको छ । मन्त्री भट्टराईले नगरकोटका होटलहरु र दुवाकोटस्थित केएमसी अस्पतालमा क्वारेन्टाइन बनाउन बुधवार स्थगलत निरीक्षण गरी […]
१३ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड-१९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे । कोरोनाको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको भन्दै उनले अन्तर्राष्ट्रिय मानवीय सहायताको लागि २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् । डिसेम्बर २०१९ मा देखिएको […]
अछाम १२ चैत । अछाममा दुइजनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको आशंका गरिएको छ । आफना आफन्त संग भारतबाट आएका ढकारि गाउपालिकाका पाँच बर्षिय बालकलाई मंगलसैन स्थित अछाम जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । साथै भारतबाट आएका आर्का एक ब्यक्तिलाई पनि कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । छ दिनदेखि निरन्तर ज्वरो आएपछि […]
संसारभरी कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । वर्ल्डोमिटर तथा जोन होप्किन्स युनिभर्सिटीले तयार गरेको डाटा अनुसार मृतकको संख्या २१ हजार १ सय ९८ पुगेको छ भने ४ लाख ६८ हजार ८ सय ७ मा कोरोनाको संक्रमण देखिएको छ । गत वर्ष नोभेम्बरमा चीनबाट सुरु भएको कोरोनाको संक्रमण संसारभरी फैलिसकेको छ […]
बेइजिङ : नेपाललाई चीनले दुई हजार थान ‘टेस्टिङ किट’ सहयोग स्वरूप उपलब्ध गराएको छ। बेइजिङ सावन्त बायोटेक्नोलोजी कम्पनी लिमिटेडले बुधबार बेइजिङस्थित चीनका लागि नेपाली दूतावासलाई दुई हजार थान कोरोना भाइरस जाँच्ने एन्टिजेन डिटेक्सन रिएजेन्ट हस्तान्तरण गरेको हो। कार्यवाहक राजदूत सुशीलकुमार लम्सालले उक्त किट बुधबार नै नेपाली महावाणिज्य दूतावास ल्हासामा पठाइसकेको पनि बताए। दूतावासका अनुसार, स्थलमार्ग सुलभ […]
नागरिक रैबार/बाजुरा १२ चैत्र । बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गंगाप्रसाद न्यौपानेले बाजुराबासी सवैलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । अनावश्यक रुपमा घरबाहिर निस्किएर भिडभाड गर्ने जो कोहीलाई भोली देखि नियन्त्रणमा लिएर सरकारले गरेको निर्णय अनुसार कानुनी कारवाही गर्न बाध्य हुनेछौ प्रजिअ न्यौपानेले बताए । उहाँले भन्नुभयो बरु […]
अनिल शाही/कोल्टी १२ चैत्र । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नै लगानिमा एम्बुलेन्स खरीद गरी बुधबारबाट एम्वुलेन्स सेवा सूचारु गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिका लगाएत कुण्डा क्षेत्रका स्थानीय बिरामीलाई लक्षित गर्दै स्वामीकार्तिक खापर गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले बताएका छन् । बुधबार गाउँपालिकाले पिलुचौरमा एम्बुलेन्सको पण्डित बर्तराज उपाध्याय […]
नागरिक रैबार । चैत १२ काठमाण्डाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गरेका छन्। बुधबार प्रधानम्नत्री ओली ट्वीट गर्दै सबैलाई घरमा बस्न आग्रह गरेका हुन्। ओलीको सन्देशमा भनिएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् ।’ विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड-१९ […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। छिमेकी मुलक भारत र स्वदेश भित्रका विभिन्न शहरबाट बाजुरा आएका ४६ जना नेपालीहरुलाई मालिका माविमा राखिएको छ । बुधबार साँझ मार्तडीमा पुगेका उनीहरु सवैलाई मालिका माविमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बुधबार मात्रै सदरमुकाम मार्तडीमा पुगेका उनीहरुलाई मालिका माध्यामिक बिद्यालयका बिभिन्न कोठामा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। स्वास्थ्यकर्मी तथा साहियत्कार भनेर चिनिने रीता शाहीले आफ्नो व्यक्तिगत खर्चबाट कन्सन बाजुरामा रहेका अनाथ बालवालिकालाई सावुन, रुमाल र माक्स सहयोग गरेकि छन् । विश्वमा कोरोना भाईरसको संक्रमण फैलिरहेको बेला बालवालिकालाई कोरोनाबाट जोगाउनका लागि कन्सन बाजुरामा रहेका अनाथ बालवालिकालाई सावुन र माक्स वितरण गरेकि हुन् । जिल्लामा रहेको उक्त अनाथालयमा हाल सम्म […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। बाजुरा जिल्लामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुनबाट बच्नका लागि निर्माण गर्ने भनिएका आईसोलशन कक्षहरु अझै निर्माण हुन सकेका छैनन् । यस अघि जिल्लास्थित सरोकारवाला निकायसहितको ९ गते बसेको बैठकले तत्काललाई जिल्ला समन्वय समिति बाजुराको समिक्षालय हल प्रयोग गरेर २० वटा आईसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो । बैठकले निर्णय […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा अहिलेसम्म १५ वटा हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार कोरोना भाईरसको संक्रमण जिल्लामा फैलिन नदिनका लागि १५ वटा स्थानमा हेल्थ डेस्कहरु स्थापना भएका छन् । बाजुरामा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि इकडी, मार्तडी बसपार्क, जिल्ला […]
कोराना भाइरस (कोभिड–१९)को कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ। यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरु आवत जावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ। तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा रिझेको पाइएको छ। गाउँपालिकाको सिमाना गिताचौरमा स्थापित ‘हेल्थ डेस्क’मा खटिएका स्वास्थ्य चौकी काँसिकाँधमा कार्यरत अहेव यूवराज शाही स्थानीयवासीसँग तास रिझेको पाइएको […]
मदन विक/बाजुरा १२ चैत्र। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीबाट जोगिन सरकारले मंगलबार बाट घोषणा गरेको ‘लकडाउन’ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन बाजुरा प्रहरीले पनि सक्रियता बढाएको छ । मंगलबारबाट सूरु भएको लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय बाजुराले सदरमुकाम मार्तडी लगायतका बजारहरुमा बिहानैदेखि सकडमा गस्ति परिचालन संगै कोरोना भाइरसबारे जनचेतना जगाउँदै माइकिङ समेत गरेको छ […]
कोरोना भाइरसको बढ्दो संक्रमणका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिन लामो लकडाउन घोषणा गरेका छन्। मंगलबार साँझ विशेष सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ुजनता कफ्र्यूु भन्दा पनि कडा किसिमको लकडाउन घोषणा गरेका हुन्। मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै भने, ुहिन्दुस्तान बचाउनका लागि आज राति १२ बजेदेखि देशमा पूरै लकडाउन गरिनेछ। यो जनता कफ्र्यू भन्दला […]
मदन विक/बाजुरा ११ चैत्र। नेपाल सरकारले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुन नदिन मंगलबारबाट देश भरका जिल्लाहरुमा लकडाउन गरेको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म देशभरीका ७७ वटै जिल्लाहरुमा लकडाउन गरेको थियो । तर बाजुरामा भने लकडाउनको अवज्ञा भएको पाईएको छ । सरकारले लकडाउन गरेको […]
काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि, अर्थमन्त्री युवराज खतिवडाले चिकित्सा सामग्री ल्याउन चीन र भारत दुवै देशसँग पत्राचार भइरहेको बताएका छन् । मंगलबार बसेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १२ औं बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारले ल्याउने प्रक्रिया अलि लामो हुनाले निजी क्षेत्रलाई पनि त्यस्ता सामग्री ल्याउन प्रस्ताव आह्वान […]
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ। चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने तयारी गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले आफूसँग कोरोना भाइरससंँ लड्ने पर्याप्त औषधी उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउने तयारी गरेको […]
सुदूरपश्चिम प्रदेश सरकारले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा व्यवस्थापनका लागि स्थानीय तहलाई झण्डै तीन करोड उपलब्ध गराउने भएको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले धनगढी उपमहानगरपालिका सहितका ८८ स्थानीय तहलाई कोरोना व्यवस्थापनका लागि दुई करोड ९९ लाख बजेट उपलब्ध गराउने निर्णय गरेको हो। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उपमहानगरपालिकालाई पाँच लाख, ३३ […]