होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
४ जेठ, काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
नागरिक रैबार/बाजुरा ४ जेठ। बाजुरा जिल्लामा सरकारी कार्यालयका केही कर्मचारीहरुले नेपाली काँग्रेस पार्टीको खुलेरै राजनीति गरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वीयुले आपत्ति जनाएका छन् ।आईतबार अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल बाजुराले प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेलाई केही सरकारी कार्यालयका कर्मचारीहरुले खुलेरै काँग्रेस पार्टीको राजनीति गरेको भन्दै ध्यानाकर्षण समेत गराएका छन् । आइतबार […]
रामबहादुर विक/बाजुरा ४ जेठ। बाजुराबाट ७ जनाको स्वाव संकलन गरी धनगढी पठाइएको छ । भारत बाट आएका ७ जनाको स्वाव संकलन गरी आज धनगढी पठाइएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ढा पन्तले बताउनु भएको छ । भारत बाट आएका ७ जनाको पिसिआर टेष्टका लागी थ्रोट स्वाव संकलन गरि धनगढी पठाएको स्वास्थ्य कार्यलय प्रमुख पन्तले […]
काठमाडौँ — कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो । कार्यदलले मन्त्रिषरिषद्मा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई समितिले पारित गरेको समितिका सदस्य एक मन्त्रीले बताए । देशका विभिन्न स्थानमा कोरोना […]
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गठित उच्चस्तरीय समितिको बैठकले लकडाउन कायमै राख्ने निर्णय गरेको छ ।आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउन प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई यथावत राख्ने निर्णय भएको समितिका प्रवक्ता नारायण विडारीले रातोपाटीलाई जानकारी दिए । यस्तै क्वारेन्टाइनस्थल थप गर्दै जाने, शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, आपूर्ति व्यवस्था चुस्त […]
नागरिक रैबार/बाजुरा ४ जेठ। जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले शैक्षिक शत्र ०७६ मा लिएकाे वार्षिक परिक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । गत फागुन २७ गतेबाट संचालन भएको बार्षिक परिक्षाको नतिजा प्रकाशन गर्ने सम्वन्धमा विद्यालयमा आवश्यक निर्णय भए पश्चात भोली सोमबार वार्षिक परिक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो । विद्यालयले आईतबार एक सूचना […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उदयपुर जिल्ला अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् ।आफूसँगै सम्पर्कमा रहेका एक सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएपछि कटुवाल आफैं आइसोलेसनमा भर्ना भएका हुन् । जिल्लाको कटारी अस्पतालमा भर्ना भएको उनले जानकारी दिए । उनमा कोरोना संक्रमणको कुनै पनि लक्षण भने देखिएको छैन । उनीसँगै सम्पर्कमा रहेका व्यक्तिको भने […]
जनकपुर । नेपाली सेनाका पृतनापतिमा कोरोना संक्रमण पुष्टि भएपछि व्यारेक सिल गरिएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित मध्य पृतनाका पृतनापतिमै कोरोना संक्रमण पुष्टि भएएपछि ब्यारेकलाई पूर्णरुपमा सिल गरिएको हो । पृतनापति र व्यारेकका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि करिब २ हजार सेना रहेको ब्यारेकलाई पूर्ण रुपमा सिल गरिएको छ । उक्त व्यारेकमा गण, गुल्म, सिग्नल […]
काठमाडौं, जेष्ठ ४–शनिबार कोरोना संक्रमणबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि र संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई निरन्तरता दिने तयारी गरेको छ । यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बोलाइएको बैठकमा सीमानाकामा अझ कडाइ गरिने तथा प्रभावित क्षेत्रका आधारमा लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुने […]
४ जेठ, बुटवल । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो । क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले विरोध जनाएका छन् । नरैनापुर–५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए […]
एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् । कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई […]
रामबहादुर विक/ बाजुरा ३ जेठ।हिमाली गाँउपालिका वडा नं ७ बाधुमा भिरबाट लडेर एक बालिका घाइते भएकी छन् ।घाईते हुनेमा साेही गाउँपालिका वडा नं ७ बाँधु घर भएकी १६ बर्षिया विपना विक रहेकाे जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक एंव सुचना अधिकारी दान बहादुर रोकायाले बताए । विक दिउसो सोही वडाको जंगलमा भैसीलाई घाँस काट्ने क्रममा […]
धनगढी : गौरीफन्टा नाकाबाट आज पनि नेपालीहरुको उद्धार गरिएको छ। भारतीय क्वारेन्टाईनमा रहेका र सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्धार गरिएको हो। रामपुर क्वारेन्टाईनमा रहेका ९२ सहित अन्य विभिन्न भारतीय क्वारेन्टाईनमा राखिएका २ सय ७६ नेपालीको आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार अहिले सम्म एक सय २३ […]
आज जेठ ३ गते । २०५० साल आजकै दिन तत्कालीन समयका लोकप्रिय वामपन्थी नेता मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको दिन । चितवनको दासढुङ्गा भन्ने स्थानमा भएको जीप दुर्घटनामा चालक अमर लामा बाँचेका थिए भने मदन भण्डारी र जीवराज आश्रितले ज्यान गुमाएका थिए । जीप दुर्घटना रहस्यमय भएको भन्दै तत्कालीन समयमा पनि छुट्टाछुट्टै ४ वटा […]
३ जेठ, काठमाडौं । नेपाली सेनाका जवानमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ ।शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष नेपाली सेनाका जवान भएको खुलेको हो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै जना नेपाली सेनाको जवान भएको पुष्टि गरे । उनले भने, […]
काठमाडौं ३ जेठ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड-१९) का कारण भए नभएको अध्ययन गर्ने भएको छ । २९ वर्षीया सुत्करीको अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको थियो । २३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै […]
काठमाडौं- काभ्रेको धुलिखेल अस्पतालमा आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत बिरामीको पुष्टि गर्दै अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले अन्य विवरण भने खुलाएनन् । कोरोनाको संक्रमणकै कारण मृत्यु भएको हो भन्ने प्रश्नमा प्रवक्ता ताम्राकारले भने, ‘हाम्रो अस्पतालको आइसोलेसनमा भएको बिरामीको मृत्यु भएको हो । तर यसको कारण केहो हामीले भन्न मिल्दैन […]
३ जेठ २०५० सालको अत्यासलाग्दो दासढुंगा दुर्घटनामा बुबा जीवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ वर्ष पूरा भएको छ । मदन–आश्रित बितेका यी २७ वर्ष हाम्रो परिवारको मात्र होइन, समग्र देशकै जीवन क्षतिग्रस्त भएजस्तो अनुभूति हुन्छ । उहाँहरु जीवित भएको भए, २०५२ पछि माओवादीको हिंसात्मक आन्दोलन र त्यसले उत्पन्न गरेका अरु राजनीतिक घटना […]
नागरिक रैबार। बाजुरा ३ जेठ । संघिय सरकारले आज ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिमका अधिकांश पूरानै योजनालाइ निरन्तरता दिदै गरेकामा सुदूरपश्चिमलाइ संघीय सरकारकाे पुरानै हेराइ पुष्ठी भएकाे छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पूरानै योजनालाई निरन्तरता दिईएको हो। राष्ट्रपतिले नीति तथा कार्यक्रम […]
नागरिक रैबार बाजुरा ३ जेठ । लिम्पियाधुरासहितको नक्सा प्रकाशित गर्ने, कोरोना महामारीविरुद्ध केन्द्रित हुने खालको नीति तथा कार्यक्रमका विषयहरु स्वागतयोग्य रहेको बताए । तर, त्यस्तै रावलले नीति तथा कार्यक्रमभित्र रहेको ‘अन्तरदेशीय आर्थिक क्षेत्र’बनाउने विषयमा पनि आशंका गरेका छन् । उनले भारतसँगको सहकार्यमा अतरदेशीय आर्थिक क्षेत्र बनाउने भन्ने विषयको अर्थ के हो स्पष्ट पार्नुपर्ने बताएका थिए […]