होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आशा थापा : आज विश्व नै ग्रसित हुने गरि कोरोना महामारि फैलिरहेको छ लाखौं मान्छे ले ज्यान गुमाई सक्नु भयको छ भने। लाखौं मान्छे मृत्यु सँग लडिरहेका छन । विश्व महामारीको बेला अग्रपंक्तिमा मा रहेर काम गर्नहामि स्वास्थ्यकर्मी पनि आफनो ज्यान जोखिममा राखेर जो रातदिन ती कोरोना का बिरामी को स्याहारसुसार खटिएका छौ । कयौं स्वास्थ्यकर्मी […]
बेलायतमा कोरोनाभाइरसको संक्रमणमा कमी आएको जनाउँदै सरकारले यसअघि जारी गरेको चेतावनीको स्तरलाई शुक्रबार घटाएको छ। अधिकारीहरुले बेलायतमा कोरोना महामारी नियन्त्रणमा आएको बताएका छन्। बेलायतको ज्वाइन्ट बायोसेक्युरिटी सेन्टरले यसअघिको श्रेणी ४ बाट ३ मा झार्न सिफारिस गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचआ) का अनुसार श्रेणी ४ मा रहेको मुलुक भन्नाले कोरोनाभाइरसको संक्रमण उच्च रहेको हुन्छ भने […]
नागरिक रैबार/बाजुरा ५ असार । बाजुरामा थप ८ जनामा कोरोना पुष्टी भएको छ । शुक्रबार जिल्लाको त्रिबेणी नगरपालिकाका ७ जना र बुढीगगा नगरपालिकाका १ जनामा कोरोना पुष्टी भएको हाे । शुक्रवार थपिएका ८ जना संगै बाजुरामा कोराेना संक्रमितको संख्या ७० पुगेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । ७० जना मध्येका […]
नागरिक रैबार/बाजुरा ५ असार। खाध्य अधिकार संजाल बाजुराले बडिमालिका नगरपालिकामा ज्ञापन पत्र बुझाएकाे छ । काेराेना भाईरसबाट ग्रस्थ भएकाे बेला जिल्लामा कृषि क्षेत्रमा उचित बजेट ल्याउनपर्ने भन्दै संजालले शुझाव पत्र बुझाएकाे हाे । अागमी बजेटमा कृषि र राेजागर लगायतका क्षेत्रमा उचित बजेट बिनियाेजन भई खाद्य सुरक्षाकाे प्रत्याभूति गर्न नगरपालिकामा दवाप जस्तै ज्ञापन पत्र बुझाएकाे खाद्य […]
धनगढी : मंगलवार धनगढीमा एक बर्षीय बालकमा कोरोना पुष्टि भयो। तर बुधवार साँझसम्म पनि धनगढी उप–महागरपालिका र स्वास्थ्य कार्यालयले संक्रमित बालक र परिवारका कुनै पनि सदस्यलाई सम्पर्कमा ल्याउन सकेको थिएनन्। संक्रमित बालकालाई नै सम्पर्कमा ल्याउन नसकेपछि सम्पर्कमा रहेका व्यक्तिको समेत खोज्न स्वास्थ्य कार्यालयलाई सास्ती भईरहेको थियो। सेती प्रादेशिक अस्पतालले स्वाब संकलनका क्रममा सम्पर्क नम्वर समेत नराखेपछि […]
चक्र बहादुर अएडी/बाजुरा ४ असार । बाजरा त्रिवेणी नगरपालिका कृषि विकास शाखाबाट कृषकहरूलाई कृषि सामाग्री वितरण गरिएको छ । मकै बालिमा लाग्ने फौजिकिराको प्रकोप नेपालका अधिकांश क्षेत्रहरुमा देखिएको हुदा त्यो किराको प्रकोप त्रिवेणीमा पनि देखिएकोले किरालाई त्रियन्त्रण गर्न कृर्षहरुलाई कृर्षि सामाग्री वितरण गरिएको कृर्षि विकास शाखा त्रिवेणीले जनाकारि दिएको छ । विशेष गरि त्यो किर […]
नागरिक रैबार बाजुरा ४ असार बाजुरा जिल्ला अस्पतालमा विरामी भएर भर्ना भएका एक जना ७० वर्षीया वृद्धलाई विहाबार जिल्लामा क्रियाशिल तीन जना पत्रकारले रगत दिएर ज्यान बचाएका छन् । बुढीनन्दा नगरपालिका वडा नं. ९ पाण्डुसैन निवासी वृद्ध गोरे गुरुङ्गको शरिरमा पानीको मात्रा बढी भएको र रगतको मात्रा कम भएर ज्यान जोखिममा रहेकाले निज विरामीलाई थप […]
काठमाडौं : कोरोना जितेकाहरू बाहिर आउनुस् कोरोना लागेपछि मरिहालिन्छ भन्ने गलत अफवाहलाई चिर्न जरुरी छ। यसका लागि व्यापक जनचेतनाको आवश्यकता देखिएको छ। कोरोना लागेपछि मृत्यु भइहाल्छ भन्ने आम बुझाइका कारण पनि मानसिक तनाव थपिँदै गएको छ। नेपालमा हालसम्म नेपालमा कोरोनालाई जितेर डिस्चार्ज भएकाको संख्या १ हजार १ सय ६७ नाघेको छ। कोरोनालाई जितेर घर फर्किएका सीमित व्यक्ति बाहेक […]
बाजुरा ४ असार । बाजुरामा थप ४१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यलय बाजुराले जनाएकाे छ । ४१ जना सबै बडीमालिका नगरपालिका बसाेवास गर्ने रहेकाे बुझिएकाे छ । संक्रमण देखिएकाे कुन क्वारेनटाइनमा बसाेबास गरिरहेकाे हुन, त्याे बिस्तृत जानकारी आउन बाँकि रहेकाे छ । ४१ जना मध्ये १६ जना महिला संक्रमित रहेका छन् । याे […]
४ असार, काठमाडौं । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले संविधान संशोधन विधेयकको पक्षमा मत दिए । ५९ सदस्यीय राष्ट्रियसभामा एक सिट खाली छ भने अध्यक्ष गणेश तिमिल्सिना मत विभाजनमा सहभागी भएनन् । अध्यक्ष तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे […]
निमेेेेेेेन्द्र शाही/ बाजुरा ४ असार । बडिमालिका नगरपालिका–८, कोठ्याराकी बिन्द्रा रावल ३० चैत २०७६ मा कोभिड–१९ को राहत बुझ्न वडा कार्यालय पुगिन् । कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउनले बिचल्लीमा परेका गरीब, असहाय र श्रमिक परिवारलाई नगरपालिकाले वडा कार्यालयमार्फत राहत बाँड्दै थियो । राहतले केही दिनको भए पनि गुजारा चल्ने आशमा वडा कार्यालय पुगेकी बिन्द्रा […]
काठमाडौं : रुकुम हत्याको तीन हप्ता बितेको छ। यो देशमा दलितहरूको पक्षमा वा विद्रोहको पक्षमा असाध्यै ठूलो काम आफैँले गरेझैँ गर्ने नेता छन्। उनको नाम हो पुष्पकमल दाहाल ‘प्रचण्ड’। उनी तीन हप्तासम्म उक्त घटनाबारे मौन बसे, किनभने उनको मुखमा जनार्दन शर्मा नामको ठूलो ढुंगो बसेको थियो। तर संसदले बनाएको एक समितिले उनलाई भेट्न गएछ। भेटका […]
बाँके : नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जनाएका छन्। यो सँगै कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ। यद्यपी स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छैन्। बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको […]
नेपाली काङ्ग्रेसका नेता तथा पुर्ब सभाषद् देवराज जाेशिकाे पहलमा बाजुरा जिल्लाको बुढिगगा नगरपालिकाकाे धुरालसैन स्वास्थ इकाई तथा त्रिबेणि नगरपालिकाकाे वडा नम्बर ७ लाई स्वास्थ्य सामाग्री पिपिइ २ थान सेनिटाइर १२लिटर सर्जिकल मास्क १०४ थान बितरण गरिएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय उपसभापति तथा पुर्ब उपप्रधानमन्त्री बिजय गञ्छदारकाे सहयोगमा सामाग्री बितरण गरिएकाे हाे । काेराेना भाइरसले […]
१ शान्त भएको मनलाइ बिचल्ली बनाइदिन्छ अन्याय र अत्याचारले त्रसित बनाइदिन्छ ।। कतिसम्म हो यस्ता कुकार्य भोग्ने र सुन्ने । मानब मानब बिचको चर्चा बनाइदिन्छ ।। २ अन्याय र अत्याचार बिरुद्ध सबैले बोल्नुपर्छ । मानबबिचका हकहितका कुरा सबैले खोल्नुपर्छ ।। म चुप बसे, तपाइ चुप बसे बोल्ने आखिर को छ। समाज समाजका बिभेद हामी […]
दार्चुला : दार्चुलाको कालापानी क्षेत्रको निरीक्षणका लागि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक आइजीपी शैलेन्द्र खनाल दार्चुला पुगेका छन्। उनीसँगै नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीसमेत दार्चुला पुगेका छन्। केही दिन अघि सशस्त्र प्रहरीले स्थापनाको गरेको कालापानीको छाङ्गुर बोर्डर आउट पोस्ट बीओपीको निरीक्षण र दार्चुला तिङ्कर सडक खण्डको अनुगमन गरेर […]
काठमाडौं- सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका श्रमिकलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न नेपाल सरकारलाई आदेश दिएको छ । रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई श्रमिकले नै जम्मा गरेको सरकारी कोषको रकमबाटै उद्धार गर्न सर्वोच्चको आदेशमा भनिएको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी […]
काठमाडाैं- रुकुम पश्चिम चौरजहारी–८ सोती घटनामा अभियोग लागेकाहरूका माध्ये नाै जनाकाे बयान आज सकिएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान आज सकिएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले बताए । अभियोग दर्तानुसार अब क्रमशः बाँकी रहेकाको बयान हुने उहाँको भनाइ छ । बयान […]
जेठ १० गते सोती घटनामा मृत्यु भएका छ जनाको शव परीक्षण रिपोर्टको विषयलाई लिएर स्वास्थ्य सेवा कार्यालयका पाँच चिकित्सकमाथि विभिन्न आरोप लगाएर भौतिक आक्रमण उत्रिएपछि असुरक्षा बढेको छ । काम गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरु प्रहरीको घेराभित्र बस्न बाध्य भएका छन् । जाजरकोट सदरमुकामभित्र घर भएका चिकित्सकले समेत घर जान नपाएको बताएका छन् । असार […]
प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १८२ थियो । सप्तरीमा तीन, सिरहामा दुई, धनुषामा २१, महोत्तरीमा नौ, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा दुई गरी १८५ नयाँ […]