होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
माउन्टेन टेलिभिजन सप्तरी संवाददाता दिवाकर साह रिहा भएका छन् । सप्तरीमा भएका अनियमितताको विषयमा समाचार संप्रेशण गरेको विषयमा प्रहरीले सोधपुछ गर्न भन्दै बोलाएपछि साह प्रहरीकहाँ पुगेका साह केहि दिनदेखि प्रहरी नियन्त्रणमा थिए ।
ताप्लेजुङ फेरी दोस्रो पटक कोरोना संक्रमित शून्य जिल्ला बनेको छ। कोरोना संक्रमित मिक्वाखोला गाउँपालिकाका एक पुरुषको दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएसंगै ताप्लेजुङ दोस्रो पटक शून्य संक्रमित जिल्ला बनेको हो।यहाँको सिरिजङ्घा गाउँपालिका वडा नं २ की एक मृतक महिला, कोरोना संक्रमित ति युवा र फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा रहेका तथा उनीहरुको सुरक्षा एवम् […]
बैतडी : बैतडी सदरमुकाममा आजदेखि निषेधाज्ञा गरिएको छ। कोरोना भाइरसको जोखिम बढेको भन्दै दशरथचन्द नगरपालिकाले आजदेखि भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञाका बेला अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए। निषेधाज्ञाका बेला नगर क्षेत्रभित्र औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न दिइने। […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा ४ भदाैै। अछाममा नदीमा माछा क्रममा बगेका युवकको सकुसल उद्धार गरीएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ७ सिडीकोट ककरसात ढोढरका २५ बर्षिया युवक युवक माछा मार्न बुढीगंगा नदिमा गएको समयमा चिप्लिएर बगेका थिए । २५ बर्षिया युवक नरेश कडायतलाई सकुसल उद्धार भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बुढीगंगा […]
४ भदौ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । ट्राफिक प्रहरीका एक जना उच्च अधिकृतका अनुसार संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ । यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ […]
४ भदौ, काठमाडौं । प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको अभियोगमा एक हजार १७० जना कारबाहीमा परेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरबाट निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा उनीहरुलाई कारबाही गरिएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार उनीहरुलाई दुई घन्टा सडकमा होल्ड गराएर छाडिएको छ । बिहीबारबाट प्रशासनले उपत्यकाका तीन जिल्लामा […]
पाल्पाकाे रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कारको प्रदान गर्ने भएको छ। समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई पाँच हजार प्रदान गरिने छ। एक वा दुई सन्तान जन्माई परिवार नियोजनका लागि प्रेरित गर्ने तथा जन्मदर न्यूनीकरण गर्ने उद्देश्यले सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए। गाउँपालिकाले आर्थिक वर्ष […]
४ भदौ, कैलाली । अछामको रामारोशन गाउँपालिका–५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा बेपत्ता भएका ११ जना अझै भेटिएका छैनन् । बुधवार बिहान १ बजे कैलाश खोलामा आएको बाढीले बस्ती बगाउँदा १७ जना बेपत्ता भएका थिए । तीमध्ये ६ जनाको शव बुधबार साँझसम्म भेटिएको थियो । अझै ११ जना बेपत्ता रहेको र उनीहरुको खोजी […]
मुगु — जिल्लामा केही दिनयता बाढीले आधा दर्जन काठे पुल बगाएपछि स्थानीयलाई आउजाउ गर्न सास्ती भएको छ । उनीहरू जोखिम मोलेर खोला तरिरहेका छन् । मुगुको सालिमखोलाको काठे पुल बाढीले बगाएपछि जोखिम तरिकाले खोला तर्दै स्थानीय । तस्बिर : राजबहादुर शाही छायानाथ रारा नगरपालिका–१० सालिम खोलाको काठे पुले बग्दा १८ गाउँ प्रभावित भएका छन् । […]
जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला जिल्लाका तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार दुई स्थानीय तहबाट झण्डै ६० टन स्याउ बजारसम्म पुगिसकेको छ […]
बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको छ । बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो । नगरका हाल १७ सङ्क्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आइसोलेशन कक्ष तयार गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठले बताए । “पूर्व […]
अनिल शाही कोल्टी ४ भदौ । बाजुरा निर्वाचन क्षेत्र (क) मा पुर्व माओवादी केन्द्रका नेताहरुले नेता तथा कार्यक्रताहरुको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोल्टीको पुरानो आर्मी ब्याारेकको हलमा सञ्चालन गरीएको सो कार्यक्रममा पार्टीका विविध गतिविधिका विषयमा छलफल गरी कार्यक्रम सम्पन्न भएको बताईएको छ । स्वास्थ्य सुरक्षाका समाग्रि अनिवार्य प्रयोग र सामाजिक दुरी […]
काठमाडौँ । राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ । झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए । गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्रेको थियो । बुधवार साँझ महानगरीय अपराध […]
हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् । बुधबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा एवं […]
राजेन्द्र बहादुर रोकाया /बाजुरा ३ भदाैै । जन्मदिनकाे अवसरमा बहादुर सिहं धामीले खप्तड मालिका युवा सञ्जाललाई सहयोग गर्नुभएको छ । जिल्लामा संचालन हुदै आएको खप्तड मालिका युवा संजाल बाजुराको राष्टिय बाणिज्य बैंकमा रहेको खातामा दिन दुखीलाई राहत दिनको लागी रु ३ हजार ३ सय ३३ रुपैया उतm खातामा जम्मा गरेका छन् । संजालका सस्थापक समेत […]
अनिल शाही/बाजुरा ३ भदौ । बुधबार रातिको अविरल ष्र्षा पछिको बाढी पहिरो प्रभावित क्षेत्रको प्रदेश सांसद बलदेव रेग्मीले स्थलगत अनुगमन गरेका छन् । राति भारी वर्षा भएपछि बुढीनन्दा नगरपालिका वडा नं ३, २, १ र ६ मा जनधनको समेत क्षति भएको छ । सो क्षतिको अवस्था अनुगमन गर्न सांसद रेग्मीसहित बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्ट्रि रेग्मी वडा […]
काठमाडाैंँ: एक बालिकालाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ। १७ वर्षीया बालबालिकालाई विवाह गर्ने भनी प्रलोभन देखाइ प्रेम जालमा फसाइ बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। उक्त मुद्दामा प्रहरीले नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानिटार स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने […]
अछाम । गएराति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । उनले भने, “सैनीबजारमा रहेका ३० वटा पसलसहित १७ जना […]
काठमाडौं । बितेको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ६ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १२० पुगेको जानकारी दिए । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५९ जनासहित देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । […]
३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर १२० डिस्चार्ज भएका छन् । डिस्चार्ज […]