होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो। ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग स्थानीयको झडप भएपछि कर्फ्यू आदेश जारी गरेको महानगरीय प्रहरी परिसरका प्रमुख टेक प्रसाद राईले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। निषेधाज्ञाबीच स्थानीय युवाहरुले […]
नागरिक रैबार/बाजुरा १८ भदौ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बाढी पहिरोबाट क्षती भएका असुरक्षित बस्तीलाई अव छिट्टै सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने बताउनु भएको छ । विहिबार नेपाली सेनाको हेलिकप्टरमा मुख्यमन्त्री त्रिलोचन भट्ट सहित नेतृत्वको टोलीमा संगै आएका कानुनमन्त्री शाहले सो कुरा बताउनु भएको हो । अछाम तथा बाजुरा जिल्लाका बाढी पिडित तथा […]
नागरिक रैबार/बाजुरा १८ भदाै । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बाढी पहिरोबाट क्षेती भएका ठाउँको तत्काल पुन:निर्माण गर्ने आश्वासन दिएका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिराेबाट क्षति भएका बाजुराका सवै ठाउँलाई व्यवस्थित र पुनःनिर्माण गर्न प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर तत्काल योजना बनाउने आश्वासन दिएका हुन् । बाढी र पहिराेबाट विस्थापित र मृत्यु […]
१८ भदौ, काठमाडौं । यसवर्ष चार महिना (जेठदेखि भदौ १७ गतेसम्म) को मनसुने वर्षाका क्रममा आएको बाढी-पहिरोबाट २६२ जनाले ज्यान गुमाएका छन् । बढी-पहिरोले सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ भने आर्थिक क्षति मोरङमा भएको छ । गृहमन्त्रालयको तथ्याङ्क अनुसार पहिरोमा परेर २४६ जनाले ज्यान गुमाए । उनीहरुमा १३५ पुरुष र १११ महिला छन् […]
नागरिक रैबार/बाजुरा १८ भदौ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टसहितको टोलीले बाढी प्रभावित परिवारलाई राहत वितरण गरेको छ । विहिबार मुख्यमन्त्री सहितको टोलीले अछाम र बाजुरा जिल्लाका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन सहित बाढीपहिरोबाट प्रभावित बनेका परिवारलाइ राहत वितरण गरेको हाे । मुख्यमन्त्रि सहितको टोलीले बाजुरामा गत साउन २५ गते र भदौ २ गते […]
काठमाडौं । देशभर कोरोनाभाइरसको संत्रास छ । बिहीबारमात्रै देशभरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार ४ सय १३ पीसीआर परीक्षण गरिएकोमा महिला ३ सय ९४ र ८ सय ३४ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको […]
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौर शिविरमा बसोबास गर्दै आएका रामचन्द्र थापा ७ दिन पहिले गौरीफन्टामा आए। बुवाको नाम प्रताप बताउने उनीसँग परिचय खुल्ने कागजपत्र थिएन। पाँच वर्षदेखि भारतमा बस्दै आएका उनको नेपाली नागरिकता पानीले भिजेपछि च्यातिएको थियो। आमाबुवाको समेत मृत्यु भईसकेकाले अन्य कुनै परिचय खुल्ने कागजपत्र पनि नभएपछि उनलाई सीमामा सुरक्षाकर्मीले नेपाल प्रवेशमा […]
बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा ५ जना जुवाडे पक्राउ परेका छन । बिहीबार दिउसो सदरमुकाममा मार्तडी नजिकै एक होटलबाट पक्राउ परेका हुन । होटल हिलटपमा जुवा खेलीरहेको अबस्थामा प्रहरीको बिषेश सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताएका छन । ३३ हजार नगद सहित ५ जना पक्राउ […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा साढे ६३ हजार बढिको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ६३ हजार ६ सय ८३ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। धनगढी प्रयोगशाला मार्फत ३३ हजार दुई सय १०, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको […]
१८ भदौ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक […]
१८ भदौ, काठमाडौं । नेपालको सबैभन्दा जेठो सरकारी अस्पताल, वीर अस्पतालको हालत कस्तो छ ? कोरोना संक्रमितहरु र अन्य बिरामीहरुको उपचार के–कसरी चलिरहेको छ ? स्वास्थ्यकर्मीहरुको मनोबल कस्तो छ ? एकचोटि वीर अस्पतालभित्र पसौं– उदाहरण १ : वीर अस्पतालको आकस्मिक कक्षको १२ नम्बर बेडमा काभ्रेबाट एकजना बिरामी आएका थिए । टाउको सम्बन्धी समस्या लिएर आएका […]
धनगढी, १८ भदाै । दिनेश विक सुर्खेतमा बसेर एक कम्पनीमा काम गर्दै लोक सेवा आयोगको तयारी कक्षा लिइरहेका थिए । लकडाउनका कारण जागिरले निरन्तरता पाएन, आयोगको परीक्षा पनि रोकियो । त्यसपछि उनी रुकुमपश्चिम घर फर्के । ‘चैतदेखि घरको मानो खाएर बिनाकाम बस्नुपर्यो,’ २४ वर्षीय दिनेशले भने, ‘गाउँमा साथीहरू स्याउ टिप्न सिमला जाने भए । म पनि उनीहरूसँगै मिसिएँ ।’ स्याउ […]
डोटी–कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ। मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ। मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौती बढेको हो। यहाँ फैलिएको भ्रम र अन्धविश्वासका कारण गाउँघरमा मदिरा खपत बढेको स्थानीयवासी बताउँछन्। कोरोनाबाट जोगिन […]
१८ भदौ, सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटको ठूलो गाउँमा आगलागीबाट ६ घर नष्ट भएका छन् । स्थानीय जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका ६ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआइजी) बसन्तकुमार पन्तले जानकारी दिए । बुधबार साँझ ६ बजे जोखे जैसीको घरबाट सल्किएको आगोले छिमेकी हरीभक्त जैसी, मथान जैसी, […]
बागलुङ : माथिपट्टि झुरुप्प मिलेको दलित बस्ती, पूछारमा विद्यालय। गाउँ र विद्यालयको नाम भने एउटै–सिरबारे। गलकोट नगरपालिका–७ मल्मस्थित सिरबारे आधारभूत विद्यालयमा ३१ विद्यार्थी पढ्छन्। १८ छात्रा, १३ छात्र। सबै दलित समुदायका। विसं २०५३ सालमा खुलेको विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ। बाल कक्षा पनि चलेको छ। विद्यालयले सिकाइमा अङ्ग्रेजी माध्यम अपनाएको छ। स्थायी र राहत […]
बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले १५ घर बगाउँदा बेपत्ता भएका १३ जनामध्ये ६ को शव फेला परेको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँमा गएराति १२ बजेतिर आएको बाढीले कम्तिमा १५ घर बगाएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिए । बिहान ८ बजेसम्म ६ जनाको शव फेला […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा थप १५ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बुधवार महाकाली अस्पतालबाट ६, बझाङबाट पाँच, सेती प्रादेशिक अस्पताल र डोटीबाट दुई÷दुई जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। योसंगै प्रदेशमा पाँच हजार संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै […]
यसपालिको मनसुनजन्य विपद्मा परेका ७१ जना अझै बेपत्ता छन् । बाढी पहिरामा परेर हराइरहेका उनीहरुको जीवितै उद्धार हुने सम्भावना न्यून रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अधिकांश पहिरामा परेर बेपत्ता भएका छन् । वैशाखयता विपद्जन्य घटनामा परेर ३१७ जनाको मृत्यु र ७१ जना बेपत्ता भएका छन् । उक्त घटनामा ३८८ […]
नागरिक रैबार/बाजुरा १८ भदौ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोली अछामको रामारोशन र बाजुराको बाढी पहिरोे प्रभावित क्षेत्रमा अनुगमन गर्न आउने भएका छन् । अविरल वर्षासंगै बाढी पहिरोका कारण क्षेती भएको अछामको रामारोशन गाउँपालिका र बाजुराको त्रिवेणी, बुढीगंगा, बुढीनन्दा र बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाका विभिन्न प्रभावित ठाउँको स्थलगत अनुगमन गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री […]
नागरिक रैबार/बाजुरा १७ भदौ। त्रिभुवन विश्व विद्यालयका चर्चित युवा विद्यार्थी हेमराज थापालाई गृह जिल्ला बाजुरामा भव्य स्वागत गरिएको छ । बुधबार साँझ बाजुरा सदरमुकाम मार्तडी पुगेका विद्यार्थी थापा सहितको टोलीलाई खप्तड मालिका युवा संजाल बाजुराका युवाहरुले फुलमाला, खादा र अविर लगाई भव्य स्वागत गरेकाे खप्तड मालिका युवा संजाल बाजुराका वरिष्ठ उपाध्यक्ष राजेन्द्र रोकायाले बताएका छन् […]