होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आपत्तकालिन योजना अन्तरगत हजारौँ चिनियाँ नागरिकलाई कोभिड–१९ विरुद्धका दुई प्रयोगात्मक खोप दिइएकोमा हालसम्म कसैलाई पनि संक्रमण नदेखिएको राज्यको स्वामित्वमा रहेको खोप निर्माता कम्पनीका एक शीर्ष अधिकारीले जानकारी दिएका छन् । चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) का कमिसन फर डिसिप्लीनरी इन्सपेक्सनका सेक्रेटरी झोउ सोङले कम्पनीले निर्माण गरेका कोभिड–१९ विरुद्धको दुई सम्भावित खोपले मानिसहरुलाई तीन वर्षसम्म भाइरसबाट […]
अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकोमा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ। राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा कार्यक्रमहरु आयोजना गरिने हुँदा यसलाई अन्तर्राष्ट्रिय दिवसभन्दा बेग्लै मनाउन लागिएको हो। ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा […]
बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ। जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो। पीडित किशोरी बलात्कृत भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो। सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन […]
काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बलियो बहुमतको सरकारले आफ्नो कार्यकालको आधाभन्दा बढी समय गुजारेको छ । यो समयमा सरकार लोकप्रिय बन्न नसकेको भन्नेहरु धेरै छन् । तर किन लोकप्रिय बन्न सकेन, भन्ने सन्दर्भमा भने सबैको मत फरक फरक देखिन्छ । प्रजातन्त्रको पुनस्र्थापनापछिको लामो समय देश द्वन्द्वमा फस्न पुगेसँगै, देश भित्रका सम्पूर्ण […]
सुदूरपश्चिम – कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिए । तालीम शिक्षालयका १२९ को नतिजा नेगेटिभ आएको जनाइएको छ । आज सेती प्रादेशिक […]
काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रणमा खर्च गर्न मिल्ने गरी नियमावली संशोधन गर्न लागिएको छ । तर, यो नियमावली अहिलेसम्म मन्त्रिपरिषदमा अड्किएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमावली संशोधन प्रस्ताव गरेको हो । हालको नियमावली प्राथमिकीकरणको चौथो नम्बरमा […]
बाग्लुङ ।बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् । बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स्थित बढीगाड खोलामा फेला परेको […]
कैलाली ।कर्णाली प्रदेशको डोल्पा जिल्लाका महिलाहरु लोप हुन थालेको रैथाने बाली संरक्षण गर्न जुटेका छन् । जिल्लाको मुङ केचुला गाउँपालिका ७ सर्मिगाउँका महिलाहरु लोप हुन थालेको चिनो, फापर, कागुनो जस्ता रैथाने बालीको संरक्षण गर्न लागि परेका हुन् । उनीहरुले २० रोपनी जमिनमा चिनो, १० रोपनीमा फापर र १० रोपनीमा कागुनो खेती सुरु गरेका छन् । साथै […]
धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाईरसको सङ्क्रमण बढ्दै गएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा ४० जना प्रहरीमा संक्रमण पुष्टि भएको छ। कार्यालयका निमित्त प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले संक्रमण पुष्टि भएका ४० जना मध्ये २२ जनाले कोरोना जितेको र बाँकी १८ जनाको उपचार […]
फ्रान्समा एक व्यक्तिले झिंगा मार्ने कोसिस गरे तर यो चक्करमा उनको घरको ठूलै भाग जलेको छ । फ्रान्सको दोर्दोनमा बस्ने करिब ८० वर्षका एक वृद्ध रातीको खाना खान बसेका थिए तर एउटा झिंगा भन्किँदा उनलाई रिस उठ्न थाल्यो । उनले किरा–फट्याङ्ग्रा मार्न काम लाग्ने इलेक्ट्रोनिक र्याकेट उठाए र झिङ्गा मार्ने कोसिस गरे । तर त्यतिबेला […]
१, हिमालीका राजनीतिले, सबैलाई सतायो । कुरा साँचो के हो भनी, घटनाले बतायो ।। २, रन्दीयईन खान्दीयईन, गाउँका झगडाले । कसैको हुन्यानाई भलो, यस्तै लफडाले ।। ३, नेता भन्या साना साना, नाउँनै नफुल्याका । कोरोना कोभिडका बेला, रक्सी खाई डुल्याका ।। ४, कसैको आदेशले होकी, केटा मातिएका । रुगिनको आतंकदेखि, सबै आतिएका ।। ५, […]
आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ। ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो। कोभिड– १९ जोखिमका कारण सरकारले यसपटक कुनै औपचारिक कार्यक्रम राखिएको छैन। सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग […]
नागरिक रैबार बाजुरा २२ भदाै । जिल्ला प्रशासन कार्यालय बाजुरामा कार्यरत लेखापाल लालबहादुर विष्ट यस वर्षकाे निजामती सेवा पुरस्कार बाट पुरस्कृत भएका छन् । १७ औं निजामती सेवा दिवसरको अवसरमा निजामती सेवा तर्फ उत्कृष्ट कार्य सम्पादन गरेकाे भन्दै लेखापाल विष्ट ‘निजामती सेवा पुरस्कार’ बाट पुरस्कृत भएका हुन् । २६ वर्ष अघि निजामती सेवामा प्रवेश गरेका […]
निमेन्द्र शाही । नेपाली सेनामार्फत निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्यदलले बर्षादमा बाढी र पहिरोले बिगारेको सडक मर्मत गरेर हुम्लाको बालकुमासम्म गाडी संचालन गर्ने योजना बनाएको छ । पहिरोका कारण कालिकोट खण्डमा सबै भन्दा बढी क्षेती गरेको छ । कालिकोटको सान्नीघाटमा एक सय ४० मिटर बढी सडख कण्ड बगेको छ, घाटा पारी […]
राणाशासनको अन्त्यदेखि राजाद्वारा निर्देशित पञ्चायत, राजासहितको प्रजातन्त्र र नेपाली जनताले जनयुद्धको जगमा २०६२/६३ को जनक्रान्तिमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासम्म करिब ६० लाख मानिस पनि मान्छे नै हुन्, छुवाछूत गर्न पाइँदैन भनेर संघर्र्ष गरे भगत सर्वजित विश्वकर्मा, दलित आन्दोलनका प्रेरणापुञ्ज टी.आर विश्वकर्मा लगायतका अग्रजले विश्वमा होस् या नेपालका सन्दर्भमा होस् दार्शनिक कार्ल माक्र्सले भनेजस्तो ठोस […]
काठमाडौं – नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा सङ्क्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए […]
रामबहादुर विक। बाजुराका २ सय ५६ जनाको स्वाव संकलन गरि धनगढी पठाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले बाजुराका पत्रकार, प्रहरी, कर्मचारी, राजनीतिक दलका नेतासहित गरी २ सय ५६ जनाको पिसिआर परिक्षण मार्फत स्वाव संकलन गरी आइतबार धनगढी पठाइएको छ । २ सय ५६ जना मध्य २२८ जना पूरुष रहेका छन् भने २८ जना महिलको […]
रामबहादुर विक। विधुत सट भएर बडिमालिका नगरपालिका वडा नं ९ मा रहेको एक घरमा आगलागि भएको छ । आइतबार दिउसो करिव २ बजे तिर विद्युतको तार सट भएर सोही नगरपालिका वडा नं ९ का स्थानिय सुर्य थापाको घरमा लागलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विधुत सट भएर आगलागी हुदा घरका भ्याल ढोका […]
नागरिक रैबार/बाजुरा २१ भदौ । जिल्ला हलिया मुक्ती समाज बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । १२ औं हलिया मुक्ति दिवशका अबसरमा हलिया मुक्ती समाज बाजुराले जिल्ला प्रशासन कार्यालय मार्फत भूमि ब्यबस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा ज्ञापन पत्र बझाएका हो । मुक्त हलिया […]
बाजुरा। बाजुरा जिल्लाको बडिमालिका खवरको पहलमा बुढिनन्दा नगरपालिकाका बिभिन्न ८ परिवारलाई राहत साम्रगी बितरण गरिएको छ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न २ र १ बिपन्न तथा असक्त गरि ८ परिवारलाई राहत साम्रगी बितरण गरेको हो । बिभिन्न सहयागीहरुको सहयोग तथा बडिमालिका खवरको समन्वयमा अति बिपन्न तथा असाय परिवारलाई राहत साम्रगी बितरण गरिएको बडिमालिका […]