होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १३ असोज। जिल्लाको सदरमुकाम मार्तडीमा प्रयाप्त खेल मैदान नभएपछि खेलाडीहरुले सदरमुकामको मुख्य सडक लोकतान्त्रिक चोकमा फुटबल र क्रिकेट खेल प्रस्तुत गरेका छन् ।
काठमाडौ । प्रतिनिधिसभाकी नेकपा सांसद आशाकुमारी विश्वकर्माले बलात्कारीलाई फासीको सजाय दिनुपर्ने माग गरेकी छिन् ।गृहमन्त्री रामबहादुर थापासँग साेमबार सिंहदरवारमा भएको भेटमा सांसद् विश्वकर्माले गृहमन्त्रीसँग यस्तो माग राखेको बताइन् । उनले पछिल्लो समयमा बलात्कारपछि हत्या गर्ने क्रम बढेकाले कडा कानुनको खाँचो रहेकोमा जोड दिएकी थिइन् । ‘सामान्य सजायले पुग्दैन, अब बलात्कारीलाई फासीको सजाय दिनुपर्छ अनिमात्र यस्ता […]
सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो। यस विषयमा अनुगमन, नियमन र नियन्त्रणका लागि मौजुदा कानुनमा कडाइ […]
धनगढी– चार महिनाको अवधिमा सुदूरपश्चिमका २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका नौँ, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एक/एक जना संक्रमितको मृत्यु भएको हो। त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्। सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको […]
नागरिक रैबार/बाजुरा १३ असोज। रानीवन स्पोट्र्स युथ क्लव मार्तडीले बडीमालिका नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।क्लवले जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिकाले सदरमुकाममा खेल क्षेत्रमा आवश्यक लगानी नगरेको भन्दै सोमबार नगरपालिकाको ध्यानाकर्षण गराएका हो । रानीवन स्पोट्र्स युथ क्लवका अध्यक्ष धुव्र बहादुर रोकायाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विभिन्न चार बुदे मागसहित राखिएको छ । जसमा तत्काल खेलमैदानको […]
काठमाडौं, १२ असोज । पछिल्लो समय डोजरले सडक खनेका पहाडी क्षेत्रहरूमा पहिरोको प्रकोप बढी देखिएको पूर्वाधारविद्हरुले बताएका छन् । प्राकृतिक रुपमा हुने घटनालाई अहिले मानविय क्रियाकलापले थप सघाउ पु¥याएको विज्ञहरूले बताएका हुन् । जसका कारण नेपालमा वर्षेनी बाढी पहिरो जस्ता प्रकोपका घटना हुने गरेको उनीहरूको दावी छ । अवैज्ञानिक विकास नीतिका कारण हरेक वर्ष बाढी पहिरो […]
सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको हो । दश स्थानीय तह रहेको जिल्लामा हालसम्म एक हजार ५७५ जनाको पिसीआर परीक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । […]
सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन् । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उनी उत्साहित बनेका छन् । खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका बिरुवा […]
बैतडी, १२ असाेज । कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैंडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो । बैठकले सोही दिनदेखि स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने […]
काठमाडाैँ, १२ असाेज । विश्वभर कोरोना भाइरस (कोभिड— १९) का कारण ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । यो समाचार लेखिरहँदा विश्भर १० लाख २ हजार ३८३ मानिसले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । तथ्यांक अनुसार सोमबार बिहानसम्ममा विश्वभर कुल ३ करोड ३३ लाख ३ हजार २०९ मानिस संक्रमति भइसकेका छन् […]
नागरिक रैबार/बाजुरा १२ असोज। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १० स्थित सिगाडामा जंगली भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाईते हुनेमा सोही वडाका ३६ वर्षिय मने साउँद रहेका छन् । सोमबार विहान घर नजिकैको भैसी खर्कमा गएको बेला साउँदलाई भालुले आक्रमण गरेको स्थानीय पारस रावलले बताएका छन् । उनले भनेभालुले आक्रमण गरी […]
बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला अस्पताल बझाङमा गरिएको पोष्टमार्टमबाट बालिकाको बलात्कारपछि हत्या गरिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए। जिल्ला अस्पताललले शनिबार साझ प्रहरीलाई बुझाएको पोष्टमार्टम रिपोर्टमा सम्झनाको बलात्कारपछि हत्या भएको उल्लेख छ।यस्तै डिएसी खड्काले घटनामा संलग्नताको आशंकामा पक्राउ […]
नागरिक रैबार/बाजुरा ११ असोज। बडीमालिका नगरपालिका वडा नं. ५ मनाका दलित परिवारले लगाएको ताला सहमति विना खोलिएपछि स्थानीयहरु आक्रोसित बनेका छन् । वडा कार्यालयमा ताला लगाउने पक्षसंग कुनै सल्लाह नगरी प्रहरी प्रशासनको आडमा वडाका केही स्थानीय र वडा सदस्यहरुले आईतबार जवरजस्ती ताला खोलिएपछि स्थानीय आक्रोसित भएका हुन् । चालु आर्थिक वर्षमा वडामा संचालन हुने विकास […]
शेरबहादुर सार्की/बाजुरा असोज ११ बाजुरा। तीन महिना देखि अवरुद्ध बन्दै गएको साँफे-मार्तडी राजमार्ग अबको केही दिन भित्रै सञ्चालनमा आउने भएको छ । लगातार परेको पानीका कारण बार्जुगाड देखि मार्तडी सम्म सडकको बीच बीचमा पहिरो गएपछि सो राजमार्ग तीन महिना देखि अवरुद्ध हुँदै आएको थियो । सडक भत्किएको ठाउँमा डोजरले लगातार काम गर्दै गएकोले अबको तीन […]
एसिड आक्रमण विरुद्ध मन्त्रिपरिषद्ले दुई वटा अध्यादेश जारी गरेकोमा महिला, कानून र विकास मञ्चले स्वागत गरेको छ। एसिड आक्रमण विरुद्ध कानून निर्माणको माग गर्दै मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो। रिट निवेदनमाथि फैसला गर्दै सर्वोच्चले कानून बनाउन आदेश जारी गरेको हो। नयाँ कानूनले आफ्नो दायरालाई फराकिलो बनाएर अग्निजन्य हिंसालाई पनि समेट्नुपर्ने मञ्चका कार्यकारी […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ८५ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितमध्ये अछाममा १३०, बैतडीमा ८०, बझाङ्गमा ११३, डडेल्धुरामा ११, दार्चुलामा ३५, डोटीमा १३८, कैलालीमा ५३१, र कञ्चनपुरमा ४७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । […]
दार्चुला–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सीमाको सुरक्षा सुरक्षाकर्मी राखेर मात्रै नहुने बताएका छन् ।व्यासको छांगरुमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन तथा सशस्त्र प्रहरीको लागि निर्माण हुने भवन निर्माणको शिलन्यास गर्दै मन्त्री थापाले भने, ‘सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन । सीमा क्षेत्रका नागरिकले मात्रै गर्न सक्छन । नागरिकको सुरक्षा र […]
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ । यो समाचार तयार पार्दासम्म ९ लाख ९८ हजार २ सय ७६ जना […]
चितवन – चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण […]
धनगढी : सुदूरपश्चिमका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेविका ३४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ। डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको थियो। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आज जिल्ला अस्पताल लगिएको थियो। योसंगै सुदूरपश्चिम […]