होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जवर्जस्ती करणी घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्चलाई सिरहा प्रहरीले हिजो (आइतबार) पक्राउ गरेको छ। गत असोज १२ गते सिरहाको बिष्णुपुर गाउँपालिका१ मा भएको जबर्जस्ती करणी घटनालाई रु. पाँच लाख जरिबाना तोकेर मिलापत्र गराउने गाउँका आठ जन पञ्चलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए। स्थानीय एक किशोरीलाई […]
काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक ‘होम डेलिभरी’ शुरु गरेको थियो । बन्दाबन्दीको समयभन्दा अहिले त्यसको माग कम भएको लिमिटेडका नायब महाप्रवन्धक श्रीमणिराज खनालले बताए । त्यतिबेला दैनिक झण्डै […]
बलेवा – स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी भएपछि रक्तश्राव नरोकिएर समस्यामा परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।बागलुङको बडिगाड गाउँपालिका–८ नेटाखर्ककी ३७ वर्षीया खगीस्वरा सुनारलाई आज दिउँसो उद्धार गरी थप उपचारका लागि पोखरा लगिएको छ । आज बिहान सुत्केरी हुनुभएकी सुनारले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् । शिशु जन्मेपछि लगातार रगत बगेपछि थप उपचारका लागि पठाउनुपरेको […]
काठमाडौँ– सडकमा छाडिएका गाईबाच्छा घाइते हुने क्रम बढेपछि संरक्षणमा लागिपरेका अभियानकर्मीले एम्बुलेन्सको माग गरेका छन् । सडकबाट उद्धार गरी उपचारका लागि आश्रयस्थलमा लैजान एम्बुलेन्सको माग गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए । उनका अनुसार खान नपाएर, विभिन्न रोगले ग्रसित भएर, कुकुरले टोकेर मान्छेले हिर्काएर गाईबाच्छा गर्दछन् ।“असहाय गाईबाछा संरक्षण अभियानका नाममा स्वयंसेवी अभियान सञ्चालनमा छ, अभियानको […]
निमेन्द्र शाही। बारीको स्याउलाई जहाज चढाएसँगै उत्तरी बाजुराका किसान मार्सी धान काट्ने तरखरमा छन् । विगतमा स्याउ बारीमै कुहाएर धान काट्न खेतमा पस्ने गरेका किसानमा यस पटक छुट्टै खालको उत्साह छ । किनकि, यस वर्षदेखि राम्रो मूल्यमा बारीबाटै स्याउ बिक्री हुन थालेको छ । कतिपय किसानले आफू कहिल्यै जहाज नचढे पनि बारीको स्याउलाई जहाजमार्फत तराईका […]
सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ। मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ। आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए। […]
१८ असोज, काठमाडौं । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको हो । उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा अपरेसन नगरी जुम्ल्याहा बच्चा जन्माएकी थिइन् […]
१७ असोज, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोज महिनाको तथ्यांक हेर्दा औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ । भदौ ३१ गते कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ थियो । १७ असोजमा आइपुग्दा […]
१७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो । […]
१७ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । २० दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उपचारमा संलग्न चिकित्सकहरुले केसीको अवस्था जटिल बन्दै गएकाले आईसीयूमा उपचार गर्नुपर्ने बताएपनि केसीले मान्नुभएको छैन । सरकारले पनि सम्वाद गरेको छैन । प्रदर्शनमा सहभागी युवाहरुले ‘डा. […]
डोटी: संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन्। कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन। दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका […]
१७ असोज, काठमाडौं । भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि उपभोक्ता समितिमार्फत् १३० वटाभन्दा बढी मन्दिर, सत्तल, ढुंगेधाराजस्ता संरचनाको पुनर्निर्माण भयो, त्यो पनि कुनै विरोध र होहल्ला विना । त्यही भक्तपुरमा ठेकेदारमार्फत् गराएका कैयौं काममा गुणस्तरहीन सामान प्रयोग नगरेको, कमसल सामान हटाएर नयाँ नराखे, तोकिएको समयमा काम नसकेको लगायतका कारणले सम्पदा संरक्षणमा समस्या देखियो । कतिपय […]
काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिका–७ ओख्रेनाकी २३ वर्षीया महिलालाई परपुरषसँग सम्बन्ध राखेको आरोपमा दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सात जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य सुवेदीले जानकारी दिए । ती महिलालाई प्रहरीले उद्दार गरिसकेको छ […]
१७ असोज, काठमाडौं । महामारी नियन्त्रणका लागि सरकारले ११ चैतमा लकडाउन घोषणा गरेपछि नेपाल–भारत सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र परे । लुकिछिपी अधिकांश नागरिक स्वदेश भित्रिएपछि कोरोना गाउँ–गाउँसम्म पुग्यो । गाउँमा संक्रमण देखिन थालेपछि बल्ल सरकारले १२ जेठमा २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न दिने निर्णय गर्यो । त्यतिञ्जेल सीमामै रहँदा थुप्रै नेपाली संक्रमित […]
काठमाडौं, १६ असोज । नेपालमा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च देखिएको छ । बिहीबार थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप २ हजार ७ सय २२ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८२ हजार ७ सय ५० पुगेको छ । […]
नागरिक रैबार/बाजुरा १६ भदाै। जिल्लाको हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा नुहाउने क्रममा एकै परिवारका ५ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती सत्ता नेपाली लगायत उनकी ३ छोरी र १ छोरा रहेका छन । शक्रबार दिउसो खोलामा नुहाउन क्रममा छोराछोरी सहित आमा समेत […]
बुटवल : पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । राप्ती नदी किनारमा रहेको खुला चौर देउखुरी उपत्यकालाई राजधानी बनाउने र लुम्बिनी नाम राख्ने प्रस्ताव सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेका हुन् । यसअघि प्रदेश मन्त्रीपरिषद् बैठकले दाङको राप्ती, गडवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई […]
१६ असोज, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा १८ दिन लामो अस्पताल घर फर्किएका छन् । उनी बिहीबार स्टार अस्पिटलबाट डिस्चार्ज भएका हुन् । धेरै मानिसले कोरोनालाई सामान्य रोग र कमजोर भाइरसको संज्ञा दिइरहँदा क्याप्टेन लामाले भने यसलाई गम्भीर रोगको संख्या दिएका छन् । उनले यसबीचमा पटकपटक भनेको छन्,’कोरोनालाई सामान्य सम्झने गल्ती […]
नागरिक रैबार/बाजुरा १६ असोज। जिल्लाको गौमुल गाउँपालिका ५ स्थित मानाकोट माद्यमिक विद्यालय थलामा कार्यरत प्रधानाध्यापक गगन बहादुर रावतको धनगढीमा निधन भएको छ । प्रधानाध्यापक रावतको उपचारका क्रममा शुक्रबार विहान धनगढीको नजजीवन अस्पतालमा निधन भएको खप्तड क्षेडेदह गाउँपालिका ५ का वडा अध्यक्ष हर्क रावतले बताएका छन् । वडा अध्यक्ष रावतका अनुसार ५३ वर्षिया प्रधानाध्यापक रावत केही […]
१६ असोज, महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान झार्ने क्रममा बेरिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो । ‘खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउदको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]