होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन्। भारतीय वायु सेनाको विमानमार्फत बुधबार उनी काठमाडौं आइपुगेका हुन्। नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न उनी काठमाडौं आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन्। नेपाल र भारतका प्रधानसेनापतिहरू एकअर्का मुलुकको मानार्थ […]
१९ कात्तिक, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरणका लागि छोरी जन्मेदेखि हरेक महिना १ सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । कार्यपालिकाको ९५ औं बैठकले ‘स्मार्ट छोरी, बिहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै अब यो लागु हुने भएको छ । कार्यक्रममा समावेश हुनका लागि अभिभावकले बैंकमा खाता […]
धनगढीः कैलालीका १७ सहित सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, जिल्ला अस्पताल बझाङ प्रयोगशाला, जिल्ला अस्पताल बैतडी र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ४ सय ७७ जनाको परीक्षण गरिएकोमा थप ४० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्र […]
धनगढी: डोटीको केआई सिंह गाउँपालिकाको सेवा बन्द गरिएको छ । गाउँपालिकाका कम्प्युटर अप्रेटर र एक जना वडा सचिवमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सूचना सार्वजनिक गर्दै बुधबार सबै कर्मचारीको कोरोना परिक्षणका लागि स्वाब संकलन हुने र रिर्पाेट नआएसम्म सेवा बन्द हुने जनाएको छ । दिनेशखबरबाट
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. २ स्थित भौनेरामा एकजना मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं.१७ का ३९ वर्षीय पदम प्रजामती मगर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मृत अवस्थामा फेला परेका मगर सोही वडामा रहेको नेपाली कागज […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। नेपाल कम्युनिष्ट पाटी (नेकपा) बडीमालिका ९ नंम्बर वडा संगठन कमिटीकोे कार्यालय उद्धघाटन गरिएको छ । नेकपा नं. ९ वडा संगठन कमिटीको कार्यालयको मंगलबार एक कार्यक्रमका विच नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कणर्बहादुर थापाले रिवन काटेर उद्धघाटन गरेका हुन् । वडा संगठन कमिटीको कार्यालय उद्धघाटन् पछि प्रदेश अध्यक्ष थापा र नेकपा बाजुरा […]
१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको चेतावनीका बाबजुद हाम्रो टिम नेपाल नामको संस्थाले मंगलबार बिहान पनि खुलामञ्चमा निःशुल्क खाना खुवाएको छ । कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना निःशुल्क खुवाउँदै आएका छन् । खुलामञ्चमा […]
जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडित बालिकाको उजुरीका आधारमा निज प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता […]
१८ कात्तिक, जाजरकोट । नलगाड नगरपालिकाले सबै नागरिकको पहुँचमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वस्थ्य संस्था निर्माण गरेको छ । नगरपालिकाको वडा नं २, ३, ७, ११, १२ र १३ मा पहिले नै स्वास्थ्य संस्था थिए । ती वडाहरूको भूगोल ठूलो भएकाले नयाँ एक थप गरी स्वास्थ्य संस्था थपिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी […]
१८ कात्तिक, डोटी । उमेरले १५ मात्रै पुगेकी छिन्, हिँड्दा पनि लरखराउँछिन्, कुनै बेला झस्याङ्ग हुन्छिन्, आफैं तर्सिन्छिन्, नयाँ मान्छे देखे डराउँछिन् । उनी जन्मजात त्यस्ती थिइनन् । बालापनको उमेर, चन्चले स्वभाव, हाँस्ने, रमाउने ती बालिका रक्षककै शिकार भएपछि यस्तो भएको हो । डोटी जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत एक प्रहरी जवानले […]
काठमाडौं । कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राति कास्कीको पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको खवर आएको काँग्रेस नेता डा. प्रकाशसरण महतले जानकारी दिए । ६३ वर्षीय केसी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए । उनी कांग्रेसका समानुपातिक तर्फका संघीय सांसद हुन् । लामो समयदेखि मधुमेह र […]
१८ कात्तिक, बागलुङ । कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ नम्बर वडा एक साताका लागि बन्द गरिएको छ । सर्वपक्षीय बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी बागलुङ नगरपालिकाका चार वटा वडा बन्द एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो । सदरमुकामका चारवटै वडामा अत्यावश्यकबाहेकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय […]
काठमाडौं १४ कात्तिक । तीनजना मन्त्रीसहित २४ जना संघीय सांसद कोरोना संक्रमित भएका छन् ।सबैभन्दा पहिले गत साउन १६ गते सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता हालसम्म तीन मन्त्रीसहित २४ जना संघीय सांसदलाई कोरोना संक्रमण भएको संसद सचिवालयले जनाएको छ । कोरोना संक्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कणर्बहादुर थापाले बाजुराको खेल क्षेत्रको विकासका लागि प्रयाप्त लगानि सहित निरन्तर लागिरहेको बताएका छन् । विहिबार छेडेदह स्पोट्र्स क्लवद्धारा आयोजित दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उद्धघाटन समारोहमा बोल्दै नेता थापाले बाजुरामा खेलक्षेत्रको विकासका लागि प्रयाप्त लगानि गरिने बताएका हुन् । खेल क्षेत्रपनि जीवनको […]
काठमाडौँ । मुलुकमा रासायनिक मलको अभाव भइरहेको समयमा सरकारले बंगलादेशबाट युरिया मल सापटी ल्याउने निर्णय ग¥यो । तर उक्त निर्णय भएको महिनौँसम्म पनि किसानका लागि बंगलादेशको मल ‘आकाशको फल, आँखा तरी मर’ भनेसरह भइरहेको छ । धान बालीका लागि युरिया मलको अभाव हुँदा सरकारले बंगलादेशबाट सापटीस्वरुप मल ल्याएर भएपनि किसानलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो […]
१४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । […]
१४ कात्तिक, परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई […]
बझाङ: बझाङकी एक महिला ३ दिनदेखि वेपत्ता भएकी छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका ७ खगेडाकी खन्टि रोकाया बुधबारदेखि बेपत्ता भएकी हुन् । ५० वर्षीया रोकायाको चप्पल र लुगा सेती नदी किनारमा फेला परेको स्थानीयले बताएका छन् । चप्पल र लुगा सेती नदी किनारमा फेला परेको हुँदा नदीमा हाम फालेको हुनसक्ने अनुमान छ । बेपत्ता रोकायाको खोजी […]
पछिल्लो समय वैदेशिक रोजगारीको लामो यात्रालाई बीट मारेर स्वदेशमै उद्यम गर्नेहरु र त्यसैमा रमाउनेहरु धेरै छन् । तिनै मध्येका एक हुन्, तनहुँका सागर अधिकारी । सागर २५ वर्ष लामो वैदेशिक रोजगारीलाई छाडेर गाउँघरमै भैंसीपालनमा रमाइरहनुभएको छ । गाडीका स्टेयरिङ्ग घुमाएका हात अहिले भैंसीको गोबर सोहर्नमा व्यस्त देखिन्छन् । बाध्यताले परदेश गाउँमा रोजगारीका केही बाटा […]