होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
९ मंसिर, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् । आगो निभाउन दमकल आए पनि […]
९ मंसिर, काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट […]
सरिता नेपाली/बाजुरा ९ मंसिर। जिल्लाको सदरमुकाम मार्तडीमा सार्वजनिक शौचालय नहूदाँ सर्वसाधरणलाई शौच गर्न निकै सास्ती भएको छ । सार्वजनिक शौचालय भएपनि व्यवस्थापन गर्न नसकेपछि शौच गर्न सर्वसाधारणलाई सास्ती भएको हो । सार्बजनिक शौचालय निमाणर् भएको वर्षौ दिन वितिसक्दा पनि व्यवस्थापन र उचित वातावरण नबन्दा पैदल यात्रु तथा सर्वसाधारणलाई सास्ती खेप्नु परेको छ । सार्वजनिक शौचालय […]
बुटवल । गएराति पाल्पामा जिप दुर्घना हुँदा दुई जना घाईते भएका छन् । जिल्लाको रम्भा गाउँपालिका वडा नम्वर २ टिम्मुरडाँडा स्थित भित्री सडकमा गोरङचेबाट झोकेदी तर्फ मलामी छाडेर फर्केको लु १ ज २१६३ नम्वरको जिप अनियन्त्रित भई सडकदेखि करिव सय मिटर तल खस्दा दुई जना घाईते भएका हुन् । घाईते हुनेमा सोही गाउँपालिका वडा नम्वर […]
९ मंसिर, जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकामा एक जना बालिकाको हत्या भएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो । उनी आइतबार साँझदेखि वेपत्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ । बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको […]
बेनी । विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष भने मङ्सिरको पहिलो साता बितिसक्दा पनि तल झरेका छैनन् । जाडो याममा हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेक पूरै खाली हुने र तल्लो भेकमा पनि न्यून मात्रामा मानिस बस्ने गरेको विगतलाई यस वर्ष कोरोना भाइरस (कोभिड–१९)ले पूरै फेरिदिएको छ । विगतमा कात्तिकदेखि […]
सुदूरपश्चिमको कोभिड रिफर अस्पतालको रूपमा रहेको धनगढीको सेती अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले कात्तिकदेखि अस्पतालको आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने बिरामीको संख्यामा वृद्धि भएको बताए । उनका अनुसार अस्पतालमा ४८ आइसोलेसन बेड रहेका छन् । जटिल अवस्थाका संक्रमितका लागि आईसीयू बेड १५ र भेन्टिलेटर १० वटा मात्रै छन् । बिरामीको संख्या बढ्दै गएमा आइसोलेसन बेडसँगै आईसीयू […]
हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकामा पुनः सञ्चार विच्छेद भएको छ । नमस्ते टेलिफोनले काम नगर्दा यहाँका नागरिकले पटकपटक सास्ती खेप्दै आउनुपरेको छ । जिल्लाका सर्केगाड, अदानचुली, खार्पुनाथ, ताजाकोट, चङ्खेली, नाम्खा र सिमकोट गाउँपालिकाभित्र नौवटा नमस्ते टेलिफोनका टावर निर्माण गरिएको भए पनि सन्तोषजनक काम नगरेको यहाँका स्थानीयले गुनासो गरेका छन् । जिल्लाको तल्लो […]
रुकुमपूर्व । चिसो मौसम शुरु भएसँगै रुकुमपूर्वका भेडी गोठाला भेडाको बथानसहित बेंसी झर्न थालेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका भेडी गोठाला भेडाको बथानसहित न्यानो ठाउँ खोज्दै बेंसीतिर झरेका हुन् । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्वमा चिसो अत्यधिकमात्रामा बढेपछि न्यानो ठाउँ खोज्दै बेंसी झरेको जनाइएको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका […]
रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका वडा नम्बर १० का स्थानीयले ‘म बनाउँछु मेरो गाउँ’ अभियान सुरुवात गरेका छन् । यसको सुरुवात सोही वडामा रहेको जनविकास माविबाट सुरु भएको छ । जसअनुसार जनविकास माविको शैक्षिक तथा भौतिक सुधारका लागि नगद संकलन भएको छ । स्थानीय भिमराज केसी,महानराज ओली, एकराज केसी र गोविन्द केसीको अगुवाईमा विद्यालयको समग्र […]
रौतहट ,देवाही गोनाही नगरपालिकाको वडा नं. ७ को गोनाही दलित बस्तीमा गत आइतबार करिब ११.३० बजे बिहानको दलित बस्तिका ५ घरमा आगलागी भएको छ । आगलगीमा पूर्ण रुपमा कृत राम, सरफलाल राम, जागृत राम, राम प्रवेश राम, जगत राम,प्रमोद महतोको घर जलेर नष्ट भएको छ।स्थानीयबासी, प्रहरी लगायतको सहयोगमा आगोलाई नियन्त्रणमा लिए पनि पूर्ण रुपमा जलेर […]
बागलुङ– बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उहाँको एक वर्षीय छोराको मृत्यु भएको छ । दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका […]
नागरिक रैबार/बाजुरा ८ मंसिर। जिल्लाको बडीमालिका नगरपालिका अन्तरगतका सवै सामुदायिक विद्यालयमा आईतबार बाट पढाई संचालन भएको छ । कोभिड-१९ का कारण गत चैत्र ११ गतेबाट लकडाउन सूरु भएसंगै बन्द भएका विद्यालयहरु आठ महिनापछि हिजो आईतबारबाट पुनः संचालनमा आएका हुन् । नगरपालिकाको शिक्षा समिति र सम्वन्धित विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको बैठकले कोभिड-१९ का […]
८ मंसिर, काठमाडौं । गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा आगामी मंगलबारदेखि सुरू हुँदैछ । बल्लतल्ल सात महिनापछि परीक्षा हुने भएपछि विद्यार्थीहरू उत्साहित देखिन्छन् । तर काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजका तीन विद्यार्थी भने प्रहरीको थुनामा छन् । मंगलबार परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरू आइतबारसाँझसम्म छुटेका छैनन् । महानगरीय […]
शनिबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको तीन घण्टा लामो संवादले राजनीतिक तरंग पैदा गरेको छ । भन्नलाई त्यो भेट संवैधानिक अंगमा पदाधिकारी नियुक्तिमा केन्द्रित भनिएको छ । तीन घण्टा लामो संवादको आधा घण्टा ओली र देउवाको छुट्टै छलफल भएको विषयले भने धेरैलाई आश्चर्यमा पारेको छ । […]
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ र इलामका कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जाँदैछन् ।बिहान ९ बजे हेलिकप्टरबाट ताप्लेजुङको फक्ताङ्लुङस्थित घुन्सा जाने कार्यक्रम तय भएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको बोर्डर आउट पोष्ट ( बीओपी) निरीक्षण गर्ने जनाइएको छ । ताप्लेजुङपछि प्रधानमन्त्री ओली इलामको सन्दकपुरमा आयोजना गरिएको कार्यक्रममा पनि सहभागी हुने उनका […]
चितवन- चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको हो । चालीस वर्षीया श्रीमती विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले […]
काठमाडौँ- अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ ।अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा खोप उपलब्ध हुन सक्ने गरी तयारी भइरहेको जनाएका छन् । सीएनएनसँग कुराकानीमा डा.स्लावीले खोप स्वीकृति पाएको ४८ घन्टाभित्र नागरिकलाई खोप उपलब्ध गराउने तयारीका साथ काम भएको जनाएका छन् । खोप […]
कोरोना परीक्षण गराउनेमध्ये धेरै प्रतिशतमा संक्रमण देखिनुले अझै धेरै संक्रमित छुटेको हुन सक्ने दाबी विश्व स्वास्थ्य संगठनका अधिकारीहरूको छ । नेपालमा कुल परीक्षण गराएकामध्ये २० प्रतिशत हाराहारीमा संक्रमण भेटिएको छ । मुलुकभरि आइतबार ८ हजार ३२ जनाको पिसिआर परीक्षण गरिएकोमा १६ सय ६९ संक्रमित भेटिए । पोजिटिभिटी दरका हिसाबले यो २०.७ प्रतिशत हो । ‘उच्च […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन भने देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ। यसैगरी, शनिबार दिउँसो प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली […]