होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार मंसिर १८ बाजुरा । नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापा निरिक्षणका लागि सिभिल हेलिकप्टरमा बाजुरा जिल्ला स्थित समरजित गुल्ममा पुगेका छन् । निरिक्षणका क्रममा बाजुरा पुगेका थापाले समरजित गुल्ममा जवानको मेसमा खाना खाएर जवानका समस्या र अबस्थाका बारेमा छलफल गरेको नेपाली सेनाले जनाएको छ । सेनापति थापाले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशमा रहेका सेनाका […]
नागरिक रैबार मंसिर १८ विच्छ्या । बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं. ३ युना टोलका स्थानीय रण बहादुर रोकायाको घरमा आगलागी भएको स्थानीयले बताए छन् । घरमा आगलागी हुँदा मानवीय क्षेती नभएपनि पुरैघर जलेर नष्ट भएको छ । स्थानीयका अनुसार बिहान ७ बजेतिर घरका मान्छेहरु काममा गएका र घरमा कोही नभएको बेला आगलागी भएको थियो […]
बौद्धमा एक महिला आफ्नो एक महिनाको छोरीसहित मृत अवस्थामा फेला परेकी छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ बर्षका श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए […]
नागरिक रैबार मंसिर १७ बाजुरा । बाजुरा जिल्लाको हिमाली भेगतिर बसोबास गदै आएका जनजाति समुदायका मान्छेहरु चिसो छल्न बेसी झर्ने कुरा पुरानै हो । उनीहरु अधिकाँश पशुपालन व्यवसायमा संलग्न हुन्छन् । गर्मी मौसममा लेकतिर, जाडो मौसममा औल (वेसीतिर) बसाई सराई गरिहाल्छन् । प्रायः एकैठाउँमा स्थायी घर बनाई बस्ने कमै भेटिन्छन् । गाईबस्तु, घोडाखच्चर, भेडापाठासहित लेकवेसी […]
नागरिक रैबार । मंसिर १७ बाजुरा । जिल्ला सदरमुकाम मार्तडी स्थित राष्ट्रिय बाणिज्य बैंकमा एक महिलाले आफ्नी अपाङ्ग छोरीको सामाजिक सुरक्षा भत्ता बुझी गनिरहेको अवस्थामा जवरजस्त खोसिलिने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बडीमालिका नगरपालिका वडा नं.९ का परे चदाँराका २२ वर्षीया छोरा गोपाल विक रहेका छन् । विकले बडीमालिका नगरपालिका वडा नं.१ […]
नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा १४७४ जना संक्रमित थपिएका छन् भने १९३१ जना निको भएका छन् । […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा पनि १० शैयाको अस्पतालको शिलान्यास गरिएको छ । नेपाल सरकारले ग्रामिण स्तरका नागरिकहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरेर देशभरिका सात वटै प्रदेशका ३ सय ९६ स्थानीय तहमा ५, १० र १० शैयाको अस्पताल बनाउने लक्ष्य लिएसंगै बाजुराको खप्तड छेडेदह गाउँपालिकाको डोगडी स्वास्थ्य चौकीमा पनि १० शैयाको अस्पतालको सिलानास […]
लमजुङ । यहाँका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको छ । दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको मानसिक सन्तुलन गुमेपछि उनका परिवारले दाँहिने हातमा फलामको साङ्लोले बाँधेर कोठामा बन्धक बनाएर राखेको छ । गुरुङको मानसिक सन्तुलन गुमेपछि परिवारले समाल्न नसकेपछि बाध्य भएर घरकै एक कोठामा फलामको […]
१५ मंसिर, काठमाडौं । ७१ वर्षीय मैना तामाङ नोवेल कोरोना भाइरस महामारीका बेला पनि दिनहुँ लोलाङबाट रिले अनशन बस्न बालाजु बाइपास पुग्छिन् । उनी २०७० सालसम्म बालाजुस्थित घरमा चिया पसल चलाउँथिन् । २०२६ सालदेखि बस्दै आएको घर सडक विस्तारको नाममा सरकारले भत्काईदिएपछि उनी बेघर भइन् र लोलाङमा भाडामा बस्न थालिन । काठमाडौं उपत्यका विकास […]
माथिको तस्बिर सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ को हो । सडककै बीचमा विजुलीको पोल छ र त्यही पोल नजिकै वडाध्यक्ष दिलीप यादवको घर पनि छ । प्रदेश २ प्रदेशसभा सदस्य विजय यादवको संसदीय कोषबाट सडक ढलान भएको झण्डै नौ महिना भन्दा बढी हुन लाग्यो तर सडककै बीचमा रहेको सो पोल हालसम्म हटेको छैन । […]
कोरोना भाइरस संक्रमणको जोखिमबीच काठमाडौंका विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा स्थानीय सरकारबीच मात्रै होइन, एउटै स्थानीय तहका जनप्रतिनिधिबीच पनि मतभेद देखिएको छ । जसले गर्दा विद्यालय खुल्ने वा नखुल्ने भन्ने विषय टुंगो लाग्न सकेको छैन । केही स्थानीय तहका वडाध्यक्षले विद्यालय खोल्ने तयारीसमेत गरेका छन् । काठमाडौं उपत्यकामा दुई महानगर र १६ वटा […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२२ सम्ममा नेपालको पर्यटन व्यवसायले गति लिने दाबी गरेका छन् ।चितवनको पर्यटकीय नगरी सौराहामा निर्माण हुन लागेको एक होटलको सोमबार शिलन्यास गर्दै मन्त्री भट्टराईले भने, ‘नेपालको पर्यटन क्षेत्र कोरोनाका कारण सुनसान रहेपनि २०२२ सम्ममा पहिलेको भन्दा तीव्र गति जानेछ । कारोनाका कारण थलिएको पर्यटन विस्तारै उठ्दैछ सन् २०२१ को मध्यमा […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । साेही अनुसार बाजुरा जिल्लाको जगनाथ गाउँपालिकाको केन्द्र जुड्डीमा १० शैयाको आधारभुत अस्पतालको शिलान्यास गरिएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ शिलान्यासको तयारी गरेसँगै जिल्लाको जगनाथ गाउँपालिकाको […]
१५ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि खोपको प्रतीक्षा विश्वभर छ । खोप आएपछि महामारी विस्तारै नियन्त्रण हुँदै जाने अपेक्षा छ । खोप विकास गरेका केही कम्पनीले खोप प्रभावकारी रहेको र अबको केही समयमा नै विश्व बजारमा आउने दाबी गरेका छन् । अहिलेसम्म फाइजर, मोडेर्ना र अक्सफोर्ड युनिभर्सिटीले आफ्नो खोपको […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। ग्रामिण सुधार केन्द्र बाजुराले आफ्नो १२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । दिवसका अवसरमा केन्द्रले बाल मन्दिर आधारभुत विद्यालयका १२ जना अतिविपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बडीमालिका नगरपालिकाको सभा हलमा मनाईएको केन्द्रको १२ औं स्थापना दिवसका अवसरमा बाल मन्दिर आधारभुत विद्यालयका १२ जना अति […]
काठमाण्डौ १५ मंसिर । ब्राउन सुगर सहित बाजुराकी एक युवती काठमाण्डौमा पक्राउ परेकि छन् । पक्राउ पर्नेमा बाजुरा जिल्ला गाैमुल गाउँपालिका घर भएकी विनिस्ता धामी र एक बालक रहेको काठमाण्डाै प्रहरीले बताएको छ । युवति धामी सहित नाबालकलाइ सोमबार लागु औषध ओसार पसार गरिरहेको अवस्थामा काठमाण्डाै प्रहरीले पक्राउ गरेको हो । काठमाण्डौ प्रहरीका अनुसार युवति […]
धनगढी: महिला हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेकै अवधिमा सुदूरपश्चिममा महिला हिंसाका घटना बाहिर आएका छन् । अभियान सुरु भएको ४ दिनको अवधिमा ३ वटा जबरजस्तीकरणीसहित १५ वटा उजुरी दर्ता भएका छन् । अभियानको पहिलो दिन मंसिर १० गते बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना मिलापत्रमा टुंग्याइयो । सो घटना ६ महिनापछि […]
सुर्खेत – उपचार खर्च नहुँदा सुर्खेत वीरेन्द्रनगर-१० का ५२ वर्षीय कर्णबहादुर नेपालीलाई घरमै थलिएर बस्नुपर्ने बाध्यता छ । मजदुरी गर्ने क्रममा १२ वर्षअघि रूखबाट लडेर ढाड भाँचिएपछि उहाँ थलिनु भएको छ । ऋण र जग्गा बेचेर ढाडको उपचार गर्नुभएका कर्ण चार वर्षअघि फेरि ह्विल चियरबाट लड्नुभयो । दुवै खुट्टा भाँचिए । यस पटक पनि उहाँले […]
सिरहा- सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो ।यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका […]
काठमाडौँ – आज मुलुकभर एकसाथ ४०३ वटा अस्पतालको शिलान्यास हुँदैछ ।३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुँन लागेको हो । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । बजेट भाषणका क्रममा गरिएको घोषणा कार्यान्वयनका क्रममा सरकारले पहिलो चरणमा अस्पताल […]