होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चितवन– माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा रहेका ३२ विद्यालयका चार हजार ८९२ विद्यार्थीलाई दिवा खाजा कार्यक्रम लागू गरिएको हो । नगरपालिकाले एक विद्यार्थीलाई दैनिक रु १५ का दरले […]
जीवन कैला, १५ पुष बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा एच आर सि बाजुराको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । एच आर सि बाजुराले हिजो एक कार्यक्रमको आयोजना गरी वार्षिक प्रगति विवरण सम्वन्धि जानकारी प्रदान गर्दै सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । निर्वाचन क्षेत्र नं कका तिन वटा […]
तराईका जिल्लाहरुमा शीतलहर सुरु भएसँगै कठ्याङ्ग्रिँदो चिसोका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ । आर्थिक अवस्था कमजोर भएका तराईका मुसहर र डोमजस्तो पिछडिएका समुदायका लागि शीतलहर कहर मात्रै होइन काल बनेर आउँछ । प्रदेश २ मा बहुआयामिक गरिबीदर झन्डै ४८ प्रतिशत छ भने निरपेक्ष गरिबी २२ प्रतिशत छ । कसरी दुई छाक खाने भन्ने […]
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु रकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान […]
१५ पुस, काठमाडौं । सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको छ । खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अनलाइनखबरलाई […]
जाजरकोट : कुशे–८ पैककी शर्मिला रोकाय त्रिभुवन मावि खलंगामा कक्षा १० मा पढ्छिन्। एसईईको तयारीमा धेरै समय दिनुपर्ने बेला उनी हातमा पत्रिका बोकेर सदरमुकामस्थित विभिन्न व्यक्तिका घर र अफिस पुग्छिन्। पत्रिका पुर्याउँदा पुर्याउँदै उनको बिहानको ३ घण्टा त्यत्तिकै बित्छ। जसले गर्दा अरू विद्यार्थीजस्तै सहज रूपमा उनले पढ्न पाएकी छैनन्। उनको यो रहर नभई बाध्यता हो। कसैले सहयोग नगरेपछि […]
१५ पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले मंगलबार […]
प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भएका छन् । संवैधानिक व्यवस्थाअनुसार सभा विघटनसँगै विधेयक स्वतः निष्क्रिय भएका हुन् । प्रतिनिधि सभामा विचाराधीन रहेका र प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेका विधेयक स्वतः निष्क्रिय भएका हुन् । राष्ट्रिय सभामा उत्पत्ति भई विचाराधीन रहेका विधेयक भने सोही सभामा मात्र प्रक्रिया अगाडि बढ्ने छन् […]
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक […]
मदन बिक/बाजुरा १४ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य प्रकाश शाहले केपि ओलीले ल्याएको अध्यादेश र विद्यादेशले देशमा ठुलो संकट उत्पन्न भएको बताएका छन् । मंगलबार बाजुरा सदरमुकाम मार्तडीमा प्रचण्ड-माधव समूह पक्षले ओलीले चालेको असंबैधानिक कदम विरुद्धमा आयोजित विरोध प्रर्दशनको सभालाई सम्बोधन गर्दै नेता शाहले सो कुरा बताएका हुन् । नेता शाहल फरक […]
१४ पुस, सुर्खेत । प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित सासू–बुहारीलाई पक्राउ गरेको छ । ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित वीरेन्द्रनगर–८, इत्रामबाट सासू–बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार बुहारी २४ वर्षीया शान्ति सिंह र सासू ५० बर्षीया कौसिला सिंहलाई पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा […]
टीसँग कुरा गर्दै शाक्यले नयाँ सिस्टमको हिटर पुरानो तारमा जडान हुँदा समस्या आएको बताए । यद्यपि, शाक्य गत वर्षको यही अवधिको तुलनामा यस वर्ष कम विद्युत काटिएको बताउँछन् । उनले भने, ‘लोडसेडिङ भएको छैन र हुँदैन पनि । अहिले जाडो बढेसँगै काठमाडौँमा माग बढेको छ । माग बढ्दै जान थालेपछि लोडसेडिङ भएको भन्ने लागेको हो […]
नागरिक रैबार/बाजुरा १४ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड-माधव) पक्षका नेताले मार्तडीमा प्रर्दशन गरेको छ । नेकपा प्रचण्ड-माधव पक्षको आज देशव्यापी विरोध प्रदर्शन भईरहेको छ । बाजुरामा पनि प्रचण्ड-माधव पक्षले सदरमुकाम मार्तडीमा मंगलबार विरोध प्रर्दशन गरेको हो । ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै बाजुरामा पनि […]
नागरिक रैबार/बाजुरा १४ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड-माधव) पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । सोही अनुरुप बाजुरामा पनि प्रचण्ड-माधव पक्षलेसदरमुकाम मार्तडीमा प्रर्दशन गर्न लागेको हो । ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै बाजुरामा पनि प्रर्दशन गर्न लागिएको नेकपा बाजुराका कार्यालय सदस्य गगन रावलले बताएका छन् […]
निर्माण कार्य शुरु गरेको करिब १० वर्षपछि बिजुली बलेपछि हुम्लाको उत्तरी गाउँका स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन् । सिमकोट गाउँपालिका–८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका–३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बाका गरेर २५० घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन् । यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य […]
रामबहादुर विक./बाजुरा १४ पुस।बुवाको मृत्युपछि अलपत्र परेका बडीमालिका नगरपालिका वडा नं. ९ का अन्दाजि १० बर्षिया सम्राट विकलाई सामाजिक अभियान्ता तथा साहित्यकार रिता शाहि राहत सहयोग गर्न घरमै पुगेकी छ्न । सोमबार १३ औ दिनको पुण्य तिथिको अबसरमा अलपत्र परेका सम्राटलाई राहत घरमै पुगेकी हुन् ।सामाजिक अभियान्ता ज्वाला सग्रौला र मोहन खरेलको आर्थिक सहयोग उक्त […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको जिल्ला कमिटी विस्तारित बैठक तथा विरोध सभा कार्यक्रम हुने भएपछि मार्तडीमा सुरक्षा व्यवस्था कडा पारिएको हो । नेकपा बाजुराको विस्तारित बैठक तथा विरोध सभाको सुरक्षालाई ध्यानमा राखेर मंगलबार विहानै देखि सदरमुकाम मार्तडी बजार भित्र नेपाल […]
जीवन कैला/बाजुरा १३ पुस- बाजुराका विभिन्न स्थानीय बजारमा बिक्री वितरण भइरहेका दैनिक उपभोग्य वस्तुको भाउ छोई नसक्नु भएको छ । बाजुराका व्यापारिक केन्द्र कोल्टी, पीलुचौर, धुलाचौर र भारतीकौषाडी हाटबजारलगायत स्थानीय बजारमा खाद्यान्नभन्दा तरकारीको मूल्यमा वृद्धि भएको हो । दैनिक उपभोग्य वस्तु र तरकारीको मूल्यमा एकरूपता नहुँदा उपभोक्ताको भान्सा महँगिएको हो । स्थानीय स्तरमा उत्पादित तरकारीको मूल्य […]
देशभरका स्वास्थ्यकर्मी विभिन्न १८बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । एक महिनासम्म उनीहरूका मागको वास्ता नगरेको सरकारले देशभरका स्वास्थ्यकर्मी आन्दोलन उत्रिएपछि वार्ता टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार वार्ता समितिमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम र प्रशासन महाशाखाका सहसचिव […]
काठमाडौं । २०७४ को संसदीय निर्वाचनपछि झण्डै तीन वर्षसम्म फाट्टफुट्ट बाहेक शान्त बनेको सडक पुनः अशान्त बन्न पुगेको छ । शान्त सडक अशान्त बनाउने काम अरु कसैले नगरेर झण्डै दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका हुन् । पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसकेको झोंकमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको सर्वोच्च निकाय प्रतिनिधि सभाको […]