होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाअन्तर्गतकाे दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलोपटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका हुन् । देशमा भ्रष्टाचार समाप्त पार्ने गरी कुनै प्रभावकारी कदम नदेखिएको उनको भनाइ छ । सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरे पनि घोषणाअनुसारको व्यवहारमा नदेखिएको […]
एजेन्सी । इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । भवनहरु भत्कँदा ६ सय जनाभन्दा धेरै घाइते भएको अधिकारीहरुले बताएका छन् । यस भूकम्पको केन्द्रविन्द्रू मेजीन शहरको उत्तरपूर्वतर्फ ६ किलोमिटर टाढा रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछि कम्तिमा १५ हजार जनाले घर […]
हामीले आफ्ना नानीबाबुहरूलाई बाहिर र भित्रका समान कामहरू दिएर समान व्यवहार गर्नुपर्ने होइन ? ताकि छोराहरूले पनि भोलिका दिनमा बाहिर हिँड्दा छोरीहरूले झैं सबै सम्हाल्न सकून् । तब न छोराछोरी बराबरी ! प्रसंग एक : म एक साथीसँग भिडियो कल गर्दै भाँडा माझ्दै थिएँ । भाँडा मोल्ने सिंकअगाडि अड्याइएको मोबाइल फोनमा भुइँ सफा गर्दै गरेको मेरो छोरो […]
जनताको घरदैलोको सरकार भनिने स्थानीय तहहरू अपाङ्गता भएका नागरिकका लागि सहयोगी होइन सास्ती भएका छन् । अपाङ्गता भएकाहरू स्थानीय सरकारप्रति साह्रै धेरै निरास छन् । लक्ष्मी बस्नेत, खोज पत्रकारिता केन्द्र धनकुटाको शहीद भूमि गाउँपालिकाले २८ असार २०७७ मा वडा नम्बर ७ को साप्तिङटारस्थित सिद्धदेवी माध्यमिक विद्यालयको प्रावि राहत कोटामा फूलमाया राईलाई शिक्षक नियुक्ति गर्यो । फूलमाया, […]
२ माघ, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ । लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्काे कुनै विकल्प नभएपछि पाँच महिनाका लागि बन्द भएको हो । […]
२ माघ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो भागमा बादल लागेपछि चिसो महसुस भएको छ । काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लागेकाले भिजिबिलिटी कम भएकाले आन्तरिक उडान ठप्प भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । मौसमविद विभूति पोखरेलका अनुसार अहिले […]
नागरिक रैबार/बाजुरा १ माघ। बडीमालिका नगरपालिका वडा नं. ९ का वडा सदस्य लालचन्द नेपालीले आफ्नो जन्मदिनको अवसरमा वडामा रहेका अति विपन्न परिवारलाई कम्मल सहयोग गरेका छन् । जन्मदिनको अवसर पारी आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर वडा भित्र रहेका अतिविपन्न परिवारका १० जनालाई चिसोबाट जोगाउन व्यक्तिगत रुपमा कम्वल सहयोग गरेका हुन् । जन्मदिनको अवसरमा विपन्न […]
नागरिक रैबार/बाजुरा १ माघ। चर्चित एरेन्जर विनोद बाजुराली र रेखा जोशीको स्वरमा ‘नबाड्याकी ठ्याउकी’ बोलको ठट्याउली गीत सार्वजनिक भएको छ । गीतका गायक समेत रहेका बाजुरालीकै लय, शव्द, स्वर र एरेन्जमा तयार भहेको उक्त गीत विहिबार शुभारम्भ डिजिटल म्युजिक प्रालिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । आफ्नो जन्म दिनको अवसर पारेर उक्त गीत आज […]
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् […]
नागरिक रैबार/बाजुरा २९ पुस। बाजुरा जिल्लाका विभिन्न ठाउँमा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्वमा यो वर्ष भने खासै रौनकता देखिएन् । पञ्चेबाजाका साथमा पुसे औँसीबाट सुरु हुने यो पर्व यस वर्षमा भने पुसको अन्तिम सातामा सूरु भएपछि यसको खासै रौनकता नदेखिएको हो । पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो […]
‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका वरिष्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’ मंगलबार राति नेकपा प्रचण्ड–माधव नेपाल समूहका प्रभावशाली नेता योगेश भट्टराईको ट्वीट हो यो । उनको ट्वीटमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि निर्वाचन आयोगसहित अन्य संवैधानिक निकायमा सेटिङ मिलाएको संकेत गरिएको बुझिन्छ । हालै […]
काठमाडाैं, २९ पुष । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहिबार भारत भ्रमणमा जानुुहने भएको छ । परराष्ट्र मन्त्रालयले मन्त्री ज्ञवालीले माघ १ देखि ३ गतेसम्म भारत भ्रमण गर्ने तालिका सार्वजनिक गरेको हो । मन्त्रालयद्वारा जारी विज्ञप्ती अनुसार भ्रमणका क्रममा नेपाल–भारतको द्विपक्षीय सम्बन्धहरु, व्यापार, पारवहन,ऊर्जा, सीमा, कोरोना भाइरसमा सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, […]
काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरिएको छ । आयोगका दशौं बर्षदेखि काम गरिरहेका कर्मचारीहरुको सरुवा नभइरहेका बेला आयोगमा जिम्मेवारी सम्हालेको १० महिनामै गौतमको नेपाल कानुन आयोगमा सरुवा गरिएको आयोगको उच्च स्रोतले जानकारी दियो । उनको ठाउँमा […]
पोखरा– नेपाल कम्युनिस्ट पार्टी नेकपाबीच औपचारिकरुपमा विभाजित नभए पनि गण्डकी प्रदेशमा दुबै समूह अलग अलग संगठन विस्तारमा लागिसकेका छन् । पार्टी संस्थापनको पक्षको लडाईँमा रहेका नेकपाको दुबै समूहले जिल्ला जिल्लामा भेला प्रशिक्षणहरू गरिरहेका छन् ।दुवैसमूहले पार्टीको आन्तरिक भेला प्रशिक्षण राखे पनि खुला कार्यक्रम गरेका छन् र बहुमत कार्यकर्ता देखाउने प्रयासमा छन् । प्रदेशका हरेक जिल्लामा […]
कालीकोट- कालिकोटको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर आज मृत्यु भएको हो । विष सेवन गरेर बटाला पनि गम्भीरावस्थामा रहेको प्रहरीले जनाएको छ । घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र […]
नागरिक रैबार/बाजुरा २९ पुस। जिल्लाको बडीमालिका नगरपालिका -३ रजालीबाट अवैध भरुवा बन्दुक सहित तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले सोही नगरपालिका -३ रजाली बस्ने ४५ वर्षीय नन्द ल्वारको घरबाट एक नाले भरुवा बन्दुक (लोड गरेको), गोली २२ राउण्ड फलामको बन्दुकको नाल थान […]
२९ पुस, काठमाडौं । कोरोनाविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न भन्दै सरकारले दाताहरु गुहारेको छ ।स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै निकालेर कोरोना खोप कोषमा रकम जम्मा गरिदिन दाताहरुलाई आह्वान गरेको हो । दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संघ संस्थाहरुलाई कोरोना खोप कोषमा रकम जम्मा गरिदिन मन्त्रालयले भनेको छ । खोप […]
गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागि भारतीय न्यूज च्यानल जी न्यूजको टोलीलाई बालुवाटारमा न्यानो स्वागत गरेका थिए । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अभियान नै थालेको छ । जी न्यूजको टोलीले सगरमाथा दाबी प्रस्तुत गर्न सगरमाथा क्षेत्रमै पुगेको छ । सगरमाथा […]
रामबहादुर बि.क/बाजुरा २८ पुस। बाजुरामा राष्ट्रिय किसान महिला महासंघ शाखा विस्तार गरिएको छ । आज एक औपचरिक कार्यक्रमको आयोजना गरी उतm शाखा विस्तार गरिएको नेपाल महिला संघ बाजुराकी अध्यक्ष अमृता सिंहले बताइन् । जमना विक अध्यक्ष रहने गरी ११ सदस्यीय समिती शाखा विस्तार गरिएको बताइएको छ । जसमध्य उपाध्यक्ष सुनमती रावल ,कमला रावललाई चयन गरिएको […]
जलेश्वर । विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरीलगायत तराईको जनजीवन प्रभावित भएको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो । पश्चिमी वायुका कारण साम्य हुन लागेको जाडो पुनः दोहोरिएको छ । तराईका जिल्लामा अहिले दैनिकरुपमा बढेदै गएको जाडोका कारण […]