होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्तमाथि अनुसन्धान गर्न म्यान थप गरिने भएको छ। हत्या अभियोगमा पक्राउ परेका भागरथीका भाइ नाता पर्ने किशोर दिनेश भट्टमाथि अनुसन्धान गर्न अदालतले दिएको ५ दिनको म्याद आइतबार सकिएसँगै सोमबार थप गरिन लागेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले भट्टमाथिको अनुसन्धान नसकिएकाले सोमबार अदालतबाट […]
दाङ – दाङ देउखुरीको राप्ती नदीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे माघ १२ गते नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड भएको छ । सिसहनिया-महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिलालेख अनावरण समेत गर्नुभएको थियो । पुल उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको भएको छ । कसले र […]
नागरिक रैबार/बाजुरा १० फागुन। प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेशको सह-इन्चार्जमा बाजुराका धर्मराज पाध्याय र सह-संयोजकमा निमेन्द्र शाही चयन भएका छन् । पार्टी विभाजन हुँदा उक्त ठाउँमा रहेकाहरु ओली पक्षको प्रेस संगठनमा लागेपछि रिक्त पदहरुमा बाजुराका धर्मराज पाध्याय र निमेन्द्र शाही चयन भएका हुन् । हेर्नुहोस कुन प्रदेशमा को- को भए चयन प्रदेश कमिटी : सुदूरपश्चिम […]
कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन् । बैठक भत्ता लिएकाहरूले त्यही दिनको जोखिम भत्ता पनि लिएका छन् । काज भ्रमणमा जाने कर्मचारीले पनि भ्रमण र जोखिम दुवै भत्ता थापेका छन् । […]
काठमाडाैं, १० फागुन । २०७४–७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये १ हजार २ सय ९० वटा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ । ३ सय ८४ वटा चिनजानबाहिरका व्यक्ति संलग्न देखिए । २०७५–७६ मा २ हजार ५ सय ७० वटा घटना भए । तीमध्ये २ हजार […]
नागरिक रैबार/बाजुरा ९ फागुन। नेकपा बाजुरा ओली समूह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रमा लगाएकाे ताला खुलेकाे छ । अाईतबार नेकपा निकट अाेली समूहका विद्यार्थी र युवाले त्रिवेणी साना जलविद्युत केन्द्रमा ताला लगाउनु गलत भएकाे निश्कर्ष निकालेपछि ताला खुलेकाे हाे । त्रिवेणी कार्यालयमा एकाएक तालाबन्दी गरेपछि कार्यालय प्रमुख दयाराम […]
बाजुरा— अखिल नेपाल महिला संघ प्रचण्ड माधव -समुहले सदरमुकाम मार्तडीमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा वलीले गरेको संसद बिगठनको बिरोधमा अनेमसघं प्रचण्ड- माधव समुह बाजुराले बिरोध प्रदर्शन गरेको हो । देशमा अशान्ती असुरक्षा बढ्दो महगी लगायतका सवालहरु उठान गर्दै अनेमसंघका महिला नेताहरुले सो आन्दोलन गरेको अनेमसंघकी नेता जानकी रोकायाले बताइन । महिला […]
९ फागुन, काठमाडौं । शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले पनि कोरोना खोप लगाउन पाउने भएका छन् । नेपालले भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आइतबार मात्र काठमाडौं आइपुगेको छ । त्यसको अघिल्लो दिन शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि पसलमा कार्यरत, प्रयोगशालामा काम गर्ने अरु कर्मचारी र सफाइ […]
नागरिक रैबार/बाजुरा ९ फागुन। नेकपा बाजुरा ओली समूह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रमा ताला वन्दी गरेको छ । मार्तडीमा सर्वसाधारण जनतालाई नियमित विद्युत सेवा उपभोग गर्न नदिएको भन्दै युवा संघ र अनेरास्ववीयुका विद्यार्थीले विद्युत कार्यालयमा ताला वन्दी गरेपछि त्रिवेणी साना जलविद्युत केन्द्रका कार्यालय प्रमुख दयाराम पण्डित र एकजना […]
काठमाण्डाै – अमेरिकामा उड्दै गरेको विमानमा आगलागी भएको छ । बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको हो । अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा आगो लागेको हो । आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको थियो । आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण […]
९ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भित्रिएको छ । वीरेन्द्रनगर नगरपालिका-१२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो । पशुसेवा विभागको केन्द्रीय प्रयोगशालाले सुर्खेतमा बर्डफ्लु पुष्टि गरेको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईले बताए । ‘सुर्खेतमा पनि बर्डˆलु आशंका लागेपछि केही दिनअघि परीक्षणका लागि काठमाडौं पठाएका थियौँ […]
काठमाडौँ– सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो। स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको […]
काठमाडौं, ८ फागुन । आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । पछिल्लो तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने र आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ । पछिल्लो केही दिनयता दिउँसाे र साँझ मौसम बदली भई हल्का […]
काठमाडौँ — बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको ठहर गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनपछि निरन्तर प्रदर्शनरत नागरिक आन्दोलनले शुक्रबार टुँडिखेल मार्चपछि घोषणापत्र सार्वजनिक गरेको हो । आन्दोलनकारीले ७० वर्षअघि प्रजातन्त्र घोषणा गरिएको टुँडिखेलस्थित खरीको बोटमै पुगेर कार्यक्रम गर्ने उद्घोष गरेकाले शुक्रबार त्यहाँ वरिपरि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बडीमालिका नगरपालिका-३ पिप्से गाउँ नजिकै रहेको जंगलमा एक साता देखि लागेकाे डढेलोमा परी सोही गाउँकी एक महिला जलेर घाइते भएकी छन । घाइते हुनेमा सोही गाउँकी अन्दाजी ४० बर्षिया फुँगि खडका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन्। शक्रबार दिउसो गाई बस्तुका लागि घाँस काट्न गएकी खड्का […]
नागरिक रैबार/ बाजुरा ७ फागुन। जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कारको रकम सहयोग गरेका पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंहले फेरी उनकै पहलमा १ लाख सहयोग गरेका छन् । कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका परिवारलाई सहयोग गरिएको हो । पत्रकार सिंहले जेपी जोशीका नाममा स्थापना भएको जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार सोही […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुरा जिल्लामा पनि ७१औँ प्रजातान्त्र दिवस मनाईएकाे छ । दिवसकाे अबसरमा सहिदहरुको फोटोमा फुलमाला र अबिर लगाएर प्रजातन्त्र दिवस मनाईको हाे । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा प्रजातन्त्र दिवस मनाईएको हो । जिल्ला समन्वय समितिको प्राङगणमा सहिदहरुको फोटोमा माल्यार्पण गरि प्रजातन्त्र दिवस मनाईएको समन्वय प्रमुख नरेन्द्र कुमार रोकायाले बताए । बिगतका […]
७ फागुन, काठमाडौं । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीमा रहेको शव बुझेका हुन् । घटनाको अनुसन्धानमाथि चित्त नबुझेसम्म शव नउठाउने परिवारको अडान थियो । पीडित परिवारका सदस्यसँग समेत अभियुक्त दिनेश भट्टले बलात्कारपछि हत्या गरेको बताएपछि […]
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो । […]
काठमाडौँ- १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्र स्थापनाका […]