होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
६ चैत, बैतडी । दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको […]
महोत्तरी: महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थालेको छ। गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थालेको हो। यसअघि नेपाल प्रहरीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी […]
काठमाडौं । नेपालमा हाल सञ्चालित कोरोना खोप अभियान स्थगित भएको छ । भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले बताए । भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि १४ माघबाट खोप अभियान सुरु भएको थियो । फ्रन्टलाइनरलाई खोप लगाएपछि सरकारले […]
आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृतक सबैको पोस्र्टमार्टन गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ । सुकीले अघिल्लो आइतबार छोरीहरु १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, १ वर्षकी रजनी र छोरा […]
काठमाडौं— सरकारले माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरूलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले निर्णय गरेको हो । पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा दिने निर्णय गरेको स्वास्थ्य […]
कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि सरकारले तत्कालका लागि खोप अभियान स्थगित गरेको छ । अब थप कोभिड खोप आएपछि मात्र ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरूका लागि खोप कार्यक्रम संचालन गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताए । चैत्र ४ गतेदेखि ५५ वर्षभन्दा माथि ६४ वर्षभन्दा मुनिका नागरिकलाई खोप दिने योजना थियो । सरकारले भारतलाई […]
अवकाश प्राप्त कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिन मात्रै चालू आर्थिक वर्ष २०७७-७८ को आठ महिनामा राज्यकोषको झन्डै साढे ३६ अर्ब रुपैयाँ सकिएको छ । सरकारले चालू आवको गत फागुन मसान्तसम्ममा अवकाश प्राप्त कर्मचारीलाई प्रदान गरिने पेन्सनबापत कुल ३६ अर्ब ४६ करोड ६७ लाख ९३ हजार ३ सय ६३ रुपैयाँ खर्च गरेको हो । लामो समय सरकारी […]
३ चैत, काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन् । कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए । मृत्यु हुनेमा […]
३ चैत, काभ्रे- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । ‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै सभ्य, शान्त र सकारात्मक बाटोमा समुदायलाई […]
३ चैत, सुर्खेत । गत फागुन २३ गते कर्णाली नदीमा हराएकी ७ वर्षीया बालिका रजनी बडुवालको शव मंगलबार भेटिएको छ । अछामको तुर्माखाँद गाउँपालिका–३, स्थित कर्णाली नदी किनारमा बालिकाको शव भेटिएको र उनी रजनी बडुवाल नै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । शव पोष्टमार्टमका लागि अछामको मंगलसेनस्थित जिल्ला […]
२ चैत, वीरगञ्ज । लाखौं खर्चिएर बंगलादेशमा एमबीबीएस अध्ययन गरिरहेका नेपाली विद्यार्थी अन्तिम वर्षको परीक्षा दिनबाट बञ्चित भएका छन् । नदर्न प्राइभेट कलेज एण्ड हस्पिटलमा एमबीबीएस अध्ययनरत नेपाली र स्थानीय विद्यार्थी अन्तिम वर्षको परीक्षा दिन नपाएपछि ३७ दिनदेखि आन्दोलनमा छन् । तर उनीहरुको माग सम्बोधन हुन सकेको छैन । सोमबार सुरु भएको अन्तिम वर्षको परीक्षाबाट […]
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् । शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् । ‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको […]
मुगु: मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउँपालिका–८ मा रहेकी प्रधामन्त्री केपी शर्मा ओलीले अभिभाकत्व गरेकी छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुले साथीभाइबाट हेपिन पुगेकी छन्। लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छन्। पठनपाठनमा आवश्यक कापी, कलम, ड्रेस नहुँदा पढ्न कहिलेकाहीँ मात्रै आउने गरेको विद्यालयले जनाएको छ । घरमा लालनपालन […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा बितेको दुई महिनामा झण्डै डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार गत माघ र फागुन महिनामा यहाँका नौवटै जिल्लामा एक लाख ४९ हजार ५ सय ७९ लाई कोरोनाविरुद्धको खोप लगाइएको हो। पहिलो चरणमा यहाँ कारोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव बाहन र एम्बुलेन्समा खटिने कर्मचारी गरी गत […]
२ चैत,बाजुरा जिल्ला अस्पताल बाजुरामा भवन निर्माणमा काम गर्ने मजदुर मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बाजुुराले जनाएको छ । खप्तडछेडेदह गाँउपालिका ५ बस्ने ४१ बर्षिय विर बहादुर रावत मृतक अबस्थामा फेला परेको प्रहरी कार्यलय बाजुराले जनाएको छ । उनि अस्पतालको कामदार हुुन् । मृतक सुुत्ने ठाँउमा मृतक अबस्था फेला परेको बुझिएको छ । […]
डोटी: जिल्लाका तीन गाउँपालिकाका केन्द्रसम्म सडक पुग्ने भएको छ। यहाँका बोगटान फुडसिल, सायल र आदर्श गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पुर्याउने गरी समझदारी भएपछि स्थानीयवासी खुशी भएका छन्। बोगटान फुडसिल केन्द्रसम्म कालोपत्र सडक पुर्याउनका लागि सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा गाउँपालिकाका तर्फबाट अध्यक्ष लालबहादुर गडसिला तथा सायलका अध्यक्ष तेजबहादुर डुम्रेलबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएपछि […]
२ चैत,बाजुरा । नेपाल पत्रकार महासघं बाजुराका निबर्तमान अध्यक्ष मदनराज जैशीलाई पृतशोक परेको छ । निबर्तमान अध्यक्ष जोशीका बुवा गोरखराज जैशीको आज दिउसोँ ३ बजेतिर निधन भएको पारिवारीक श्रोतले जनाएको छ । लामो समयदेखी बिरामी भएका जोशीको बडिमालिका नगरपालिका वडा न ७ जिल्ली स्थित आफ्नै घरमा ६७ मृत्यु भएको जनाएको छ । जैशीको भोली हिन्दु […]
चैत,२ हुम्ला । राष्ट्रिय गौरवको योजनाअन्तर्गत हिल्सा- सिमकोट सडक योजना निर्माण प्रभावित भएको छ । ट्र्याक खोल्ने कार्यमा कडा चट्टानी भिर विस्फोट गर्न ‘नेपालइँट ३००० केजी’ काठमाडौँबाट गत फागुन १२ गतेसम्म सुर्खेतमा ल्याइसकिए पनि नेपाली सेनाको स्काई ट्रकले हालसम्म हुम्ला उडान गर्न नसकेकाले निर्माण प्रभावित भएको छ । कडा चट्टान विस्फोटन गर्न निर्माण व्यवसायीले पहरामा […]
हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् । तरकारी उत्पादन गर्दा धेरै परिश्रम पनि गर्नु नपर्ने र बिक्री पनि नियमित हुने […]
दार्चुला: दार्चुला र धार्चुलालाई जोडिएको छ महाकाली नदीले। बिहान ७ बजे दार्चुला–धार्चुला जोड्ने झोलुङ्गे पुलको ढोका खुल्छ। फेरि बेलुकी ५ बजे पुनः ढोका बन्द हुन्छ। पुलको ढोका खुलेसँगै स्थानीयको नेपाल भारत अर्थात दार्चुला धार्चुला आवतजावत सुरु हुन्छ। यहि वारीपारीको शृङ्खला सदरमुकाम खलङ्गामा मात्र नभई उत्तर तिरका आधा दर्जन ठाउँका तुइनमा पनि निरन्तर चलिरहन्छ। यहि तुइनमा दैनिकी […]