होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जिल्लाको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरीले बुढीनन्दा नगरपालिकाको विकासका लागि निरन्तर लागिरहेको बताएका छन् । भिडिसहित हेर्नुहोस ।
नागरिक रैबार/बाजुरा १६ असार। जिल्लाको गौमुल गाउँपालिकाको साविकको दहकोट गाविसका स्थानीयहरुलाई गाउँपालिकाको कार्यालयसम्म आवत जावत गर्न वर्षातमा जहिल्यै सास्ती हुने गरेको छ । साविकको दहकोट गाविसका स्थानीयहरुलाई गाउँपालिकाको कार्यालय घट्मुनासम्म आवतजावत गर्न वर्षातको समयमा निकै समस्या हुने गरेको छ । घटमुना देखि गाउँपालिकाको १ देखि ३ सम्म जानआउन अहिले पनि सिढिको सहारामा ज्यान नै जोखिममा […]
धनगढी: अछामको बान्नीगढी जयगढी गाउँपालिकाले अनौठो आर्थिक ऐन ल्याएको छ। जसअनुसार उपभोक्ता समितिले संघीय र प्रदेश सरकारका योजना भुक्तानीका लागि सिफारिस लिँदा २ प्रतिशत दस्तुर गाउँपालिकालाई बुझाउनु परिरहेको छ। गाउँपालिकाभित्र सञ्चालन भइरहेका योजनाको रकम भुक्तानीका लागि आवश्यक पर्ने सिफारिस गरेवापत योजनाको कूल रकमको २ प्रतिशत तिर्नुपरेपछि उपभोक्ता समितिका पदाधिकारी बिचल्लीमा परेका छन्। योजनाको इस्टिमेटमा समावेस […]
डोटीमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । जथाभावी रूपमा गर्भपतन सेवा लिने गरेका कारण उनीहरूको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्म जिल्लामा कम्तीमा पनि ९९४ महिलाले गर्भपतन गराएका छन् । गत आवमा जिल्लामा एक हजार ३१ महिलाले […]
नागरिक रैबार/बाजुरा १५ असार। पहिरोका कारण जेठको अन्तिम साताबाट अवरुद्ध बनेको साँफे-मार्तडी सडक आजबाट सूचारु भएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत पर्ने दवारी देखि वल्दे सम्मको सडकमा पहिरो खसेपछि सदरमुकाम मार्तडीसम्मको सडक करिव ३ सातादेखि अवरुद्ध बनेको थियो । पहिरोका कारण अवरुद्ध बनेको सडकलाई सूचारु गर्न स्काइभेटरले सडकमा खसेको पहिरो सफा गरेपछि आजबाट […]
नागरिक रैबार/बाजुरा १५ असार । जिल्लाको गौमुल गाउँपालिकाले पनि अठाराैं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाएको छ । धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि भन्ने मुल नाराका साथ गौमुल गाउँपालिकाको कृषि विकास शाखाले भव्यताका साथ आज धान दिवस मनाएको हो । धान दिवसको अवसरमा कृषकको खेतमै पुगेर गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकाया, उपाध्यक्ष सीता […]
बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–११ की २५ वर्षीया शर्मीला खड्कालाई हिजो (सोमबार) सुत्केरी बेथा सुरु भयो। त्यसपछि उनी सासुसँगै जिल्ला अस्पताल बझाङका लागि घरबाट निस्किइन्। तर उनी अस्पताल भने पुग्न पाइनन्। उनलाई एक जीपले सडकमै अलपत्र अवस्थामा छाडेर गयो। त्यसपछि शर्मीलाले सडकमै बच्चालाई जन्म दिइन्।सडकमा रोएको आवाज सुनेपछि त्यहाँका स्थानीय शर्मीला भएको ठाएँमा पुगेका थिए। आमाको […]
काठमाडौँ- आज राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने […]
नागरिक रैबार/बाजुरा १४ असार। आर्थिक अभावकै कारण जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ५ गोत्रीका २६ वर्षिया नविन बहादुर शाही यतिखेर काठमाण्डौंको विर अस्पतालको सैयामा छट्पटाईरहेका छन् । दुवै मृगौलामा समस्या देखिएपछि शाही अहिले काठमाण्डौंको विर अस्पतालमा मृगौलाको उपचारका लागि अस्पतालको सैयामा उपचाररत अवस्थामा रहेका छन् । आर्थिक अभावकै कारण दुवै मृगौला फेल भएका शाहीलाई अहिले […]
राजेन्द्र बिक/ बाजुरा १४असार । जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ५मना मा आर्थिक बर्ष २०७७/२०७८मा वडामा संचालित योजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। बडिमालिका नगरपालिका ५नम्बर वडा कार्यालयको आयोजनामा संचालन भएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बलबहादुर थापाले गर्नु भएको थियो भने कार्यक्रममा वडा बाट निर्बाचित वडा सदस्यहरु,पार्टी प्रतिनिधिहरु ,उपभोक्ता समितिका सम्पुर्ण पदाधिकारी […]
नागरिक रैबार/बाजुरा १४ असार। नेकपा माओबादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्यूष्ट पार्टी (नेकपा) दुई बर्षको सामुहीक यात्रा पछि पुर्बवत अवस्थामा फर्कीदा बाजुरा जिल्लाका नेता तथा कार्यक्रताहरु पनि केही एमालेमा गएको हल्ला थियो । तर एमाले भएका भनिएका नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य मनलाल खत्री मिलनले भने आफु एमालेमा नगएको बताएका छन् […]
करिब डेढ घण्टा भएको अविरल वर्षाले जनकपुरधाम जलमग्न भएको छ । अविरल वर्षाका कारण सोमबार जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश वडाका घरहरूमा पानी पसेका छन् भने केही वर्ष पूर्व एडिबीको ऋण सहयोगमा बनेको नवनिर्मित सडकहरूमा समेत पानी जमेको छ । सडकमा १ फिटसम्म पानी जमेपछि सर्वसाधारणलाई आवतजावतमा निकै कठिनाइ भएको छ । भारी वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाकी […]
मदन विक/बाजुरा १३ असार। जिल्लाको सदरमुकाम मार्तडी पछिको दोस्रो ठुलो बजारका रुपमा परिचित बुढीनन्दा नगरपालिका २ स्थित कोल्टी बजारको मुहार फेरिदै गएको छ । बजारमा साँघुरो बाटो, जथाभावी पाईपलाईन, अव्यवस्थित ढलनिकास र हिल्लाम्मे सडकका कारण वर्षौदेखि अब्यबस्थित बजारका रुपमा चिनिएको कोल्टी बजारले यतिबेला मुहार फेर्ने तयारी गरेको छ । जिल्लाका पुर्वीउत्तरी क्षेत्रका ३ गाउँपालिका र […]
१३ असार, बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटमा खाद्यान्न संकट देखिएको छ । लामो समयसम्म खडेरी तथा कोरोना कहरले सो गाउँमा चरम खाद्यन्न समस्या देखिएको हो । स्थानीयवासी बलबहादुर वि.कले गाउँमा खाद्यन्न सकिएको जानकारी दिए । उनका अनुसार सो गाउँमा करिव चारसय दलित परिवार बसोबास गर्दछन् । उनले भने, ‘लकडाउनले दैनिक ज्यालामजदुरी गर्न जान सकिएको […]
नागरिक रैबार/बाजुरा १३ असार। जिल्लाको बुढीगंगा नगरपालिकामा ताँप्राका युवाहरुले तालावन्दी गरेका छन् । ताँप्री सेराको वस्ती जोगाउनका लागि तटवन्धन निर्माण गर्न सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्रालयबाट ५० लाखको योजना कार्यान्वयन गर्न नगरपालिकालाई अख्तियारी दिएको भएपनि नगरपालिकाले योजना कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै नगरपालिकाकै ताँप्राका युवाहरुले नगरपालिकामा तालावन्दी गरेको बताईएको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला […]
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कठिन राईले जानकारी दिए । कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते […]
बझाङ– सदरमुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन् । नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेकोे स्थानको विमानस्थल सुरक्षा गार्डको भवन जीर्ण हुँदा त्यहाँ कार्यरत प्रहरीहरु त्रासैत्रासमा रात बिताउँदै आएका छन् । वर्षा याममा भविभित्रै पानीको भेलले रात बिताउन सकस हुने गरेको विमानस्थलको सुरक्षामा खटिएका […]
रामेछाप– निषेधाज्ञाका मौकामा कौडा खेलिरहेका ५ जना जुवाडेलाई प्रहरीले नगद र कौडासहित पक्राउ गरेको छ । मन्थली नगरपालिका वडा नम्बर १ घारी खबरेस्थिति चन्द्रवहादुर माझीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले नगद १ लाख ९२ हजार ९५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको जिप्रका रामेछापका डिएसपी नवराज ढुंगानाले […]
तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक सामुदायिक वनमा फलफूल खेती शुरु गरिएको छ । बाँदर आतङ्क रहेको यस ठाउँमा बाँदरलाई जङ्गलमै भुलाउन विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपण शुरु गरिएको हो । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा नमूना फलफूल वन स्थापना गर्ने उद्देश्यले फलफूलका बिरुवा रोपिएको हो । म्याग्दे गाउँपालिकाका […]
बलिउडका नायक साहरुख खानको सन् २०१८ पछि नयाँ चलचित्र रिलिज भएको छैन । साहरुखले नयाँ चलचित्र ‘पठान’मा काम गरिरहेका छन् । तर, अझै पनि यो चलचित्रको आधिकारिक घोषणा गरिएको छैन । भारतमा दोश्रो चरणको कोरोना लहरका कारण यो चलचित्रको घोषणा हुन नसकिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।यसैविच, साहरुख खानले बलिउडमा प्रवेश गरेको २९ बर्ष […]