होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताएका हुन् । नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज […]
२१ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग […]
नागरिक रैबार/बाजुरा २१ साउन । बाजुराका एक बालकमा कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको छ। जिल्ला अस्पताल बाजुराबाट धनगढी हुँदै काठमाडौँ रेफर गरिएका १० वर्षीय बालकमा डेल्टा भेरियन्ट प्लस देखिएको हो। एन्टिजेन जाँच गर्दा नेगेटिभ देखिएका उनको केही दिन निमोनियाको उपचार गरिएको जिल्ला अस्पतालले जनाएको छ। ती बालकको काठमाडौँमा भेन्टिलेटरमा राखेर उपचार गरिएको र अहिले सञ्चो […]
हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर २ को तुम्कोटमा लगातारको वर्षापछि आएको पहिरोले ठूलो क्षति पुगेको छ । एक सातासम्मको लगातारको वर्षापछि आएको बाढीले तुमकोटको एक होटल, खानेपानीको पाइपलाइन, सिँचाइ कुलो बगाएर लगेको स्थानीय छपाल लामाले जानकारी दिए । मंगलबार राती आएको वर्षासहितको बाढीले स्थानी घरमा ठूलो क्षति पु-याएको लामाले बताए । ‘बाढीले गाउँका अधिकांश […]
२१ साउन, रोल्पा। निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फोन गरेर हैरान उनीहरुलाई सो नाराले आकर्षित मात्र गरेन, भोट हालेर जनप्रतिनिधिलाई जिताए पनि । केही वर्ष प्रक्रियामा अलमलिएका जनप्रतिनिधिले बस्ती बस्तीमा भरपर्दो टेलिफोन सेवाका लागि मन्त्रालय धाइरहेका कारण जिल्लाका अधिकांश डाँडामा टेलिफोनका अग्ला–अग्ला टावर ठड्याउन सम्भव भयो। टावर ठडिएको […]
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको नेतृत्व सम्हाल्दै गर्दा आफ्ना पाँच प्राथमिकता सुनाएका थिए, जसमा विद्युतीकरण पनि एक थियो । तर करिब साढे तीन वर्षको अवधिसम्म पनि कर्णाली प्रदेशमा विद्युत विस्तारको अवस्था दयनीय छ । प्रदेश सरकारले न विद्युत विस्तारमा ध्यान दिन सकेको छ, न त विद्युत उत्पादनतर्फ नै । कर्णाली प्रदेशमा झण्डै १७ […]
धनुषाका एक दलित परिवारलाई नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ताको एउटा समूहले घरभित्रै पसेर निर्घात कुटपिट गरेको छ । धनुषाधाम नगरपालिकाका एमाले नेता योगकुमार यादवका आफन्त तथा उनको समूहले कुटपिट गरेको पीडित पक्षको भनाइ छ । धनुषाधाम नगरपालिका–४ का दलित समुदायमाथि कुटपिट भएको हो । कुटपिटबाट श्रीचन महरा, हिरादेवी महरा, ओपिन महरा, उर्मिला महरा लगायत घाइते भएका […]
२० साउन, डोटी । जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच-सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो । जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०-७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उनले बताए । उनले […]
२० साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले बोटे माझी सस्कृति तथा सीप संरक्षणको लागि माछा मार्ने जाल वितरण गरेको छ ।गाउँपालिकाले वडानम्बर-१ अस्लेवामा रुद्रावेनीका १० जना बोटे माझी समुदायका युवाहरुलाई माछा मार्ने जाल वितरण गरेको हो । जाल वितरण गर्दै गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले पुर्खाले गर्दै आएको आफ्नो कला, सीप, सस्कृति संरक्षणमा बोटे माझी युवाहरुलाई […]
कालिकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार अपराह्न ४ः ०० बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो । विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमरराज सिम्खडाले जानकारी दिए । “घरमा बालबालिका खेलिरहेको बेला […]
काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्ने निर्णयको राष्ट्रिय सभामा विरोध भएको छ ।बुधबारको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै चक्रप्रसाद स्नेहीले भने, ‘लाखौंलाख सुकुम्बासीहरु, मोहीहरु थिए त्यसलाई आयोग बनाएर प्रत्येक दिन पूर्जा वितरण भइरहेको थियो, त्यो आयोगलाई विघटन गरेर जनतामार कार्यक्रम ल्याएको हुनाले धन्यवाद दिन चाहान्छु ।’ वर्तमान सरकारले दिनप्रतिदिन जनतामारा कार्यक्रम ल्याइरहेको […]
काठमाडौँ — कीर्तिपुर नगरपालिका–१० का वीरेन्द्र शाक्यको टुझोलमा एक आनामा बनेको घर छ । २०५५ असारमा बनेको सुकुम्बासी आयोगले कीर्तिपुरलाई प्राथमिकतामा राखेर काम गर्ने भनेपछि उनी त्यतिबेला लालपुर्जा पाउने आसमा हर्षित थिए । तर गठन भएको ५ महिनामै आयोग खारेजपछि आशा निराशामा परिणत भयो । उनले २०५५ यता ७ पटक त्यस्तै निराशा भोगिसके । पछिल्लोपटक २०७६ मा गठित आयोग […]
धनगढी : सुदूरपश्चिम घर भएका दुई बालबालिकाको भारतमा मृत्यु भएको छ। बाजुराको बुढीगंगा नगरपालिका–५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो। उनीहरुको परिवार भारतको दिल्लीस्थित शालिमारबागमा बस्दै आएको थियो। अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले क्लिनिकको औषधि खाएपछि उनीहरुको मृत्यु भएको जानकारी दिए। औषधि […]
नेकपा एमाले नेता महेश बस्नेतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । कानुनी तथा संवैधानिक आधारमा गठन गरिएको कुरालाई एउटा सनकका भरमा विघटन गर्ने कुरा कानुनी रूपमा त्रुटिपूर्ण असंवैधानिक, गैह्रकानूनी र आपराधिक कार्य भएको उनले आरोप लगाएका हुन् । संलग्नतामा राज्यको प्रमुख समस्या मध्येको एक विषयलाई सम्बोधन गर्न गठित यस्तो संवेदनशील […]
२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट […]
१९ साउन, काठमाडौं । आर्थिक वर्ष ०७७/०७८ मा १ लाख ७ हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण पुरा गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बाषिर्क समीक्षा गोष्ठीमा सार्वजनिक तथ्यांकअनुसार यो आवमा ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् । ४१ हजार ७३८ हजारले भने अनुदान सम्झौता गरेका छन् । ४७ हजार ३८४ ले […]
पछिल्लो २४ घण्टामा देशभर ३३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २४ जनाको मृत्यु भएको जनाएको छ । यस्तै १९९४ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टिजेन परीक्षणमा ६३ हजार ७१८ पुगेको छ । जसमध्ये […]
१९ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको आदेशमा साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख छ । निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, […]
सदरमुकाम खलङ्गा बजारस्थित जुम्ला विमानस्थालको स्तरोन्नति हुन नसक्दा जहाज अवतरणमा समस्या भएको छ । स्तरोन्नतिका लागि बनाइएको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) पनि अलपत्र छ । दुई वर्ष पहिले नागरिक उड्ययन प्राधिकरण र बुद्ध एयरले डिपिआर बनाए पनि अहिलेसम्म त्यसलाई कार्यान्वयनमा ल्याइएको छैन । डिपिआरमा विमानस्थल स्तरोन्ततिका लागि रु एक करोड भन्दाबढीको लागत अनुमान गरिएको थियो तर […]
१९ साउन, राजविराज । यस वर्ष मनसुन छिट्टै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष […]