होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ, ६ भदौ: गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए । सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी […]
नागरिक रैबार/बाजुरा ६ भदौ। जिल्लाको जगनाथ गाउँपालिका १–स्थित पिलुचौरमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।मृत्यु हुनेमा जगन्नाथ गाउपालिका १ का अन्दाजी ५० बर्षिया पूणर्बहादुर बिष्ट रहेका छन् । विष्टको शनिबार बेलुकी ८ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बाजुराले जनाएको छ । प्रहरीका अनुसार बड्डीगाड जलविद्युतको पावर हाउसमा मेसिनको जम्पर बदल्ने क्रममा […]
पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन् । चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी हुने भएकाले अहिले जिल्लामा बोयर बाख्रापालनमा किसान आर्कषित हुन थालेका हुन् । रुपसकाँडासहित जिल्ला सदरमुकाम सिलगढीलगायत […]
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त […]
काठमाडौँ– मनसुनी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा झरी परेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिउँसो सामान्य बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ का एकाध ठाउँमा भारी वर्षाको सम्भावना छ । आज राति प्रदेश […]
यात्राको म पूर्ण सौखिन मान्छे हुँ। चिकित्सा पेसाका कारण रोजेरै विकट जिल्ला बाजुरा आएको १० महिना भयो। धेरथोर घुमेकै छु कलाकारजस्तै भएर नियतिले निर्देशित यो जिन्दगीमा। बडीमालिकाको बारेमा धेरै सुनियो,नजिकै भए पनि माथि बस्ने व्यवस्थापन नहुने, सिजन नमिल्ने र टिमको जरूरत पर्ने हुनाले घुम्न जाने मिति थाति राख्दै गएँ।काठमाडौंबाट कामको शिलशिलाले रिसर्चको टिम कोल्टीमा आएपछि […]
नागरिक रैबार/बाजुरा ५ भदौ। नेपाल सरकारका पूर्व उद्योगमन्त्री कर्णबहादुर थापा हातमा जुत्ता बोक्दै बल्दे–दवारीको पहिरोमा जोखिमपूर्ण पैदलयात्रा गदै गर्दाको तस्वीर सहितको समाचार नागरिक रैबारमा प्रकासित भएपछि बाजुरेली जनताले पनि यसरी नै जीउ हत्केलामा राखेर हिँड्न बाध्य भएको सामाजिक संजालमा प्रतिक्रिया दिएका छन् । साँफे मार्तडी सडकको बल्दे देखि दवारी सम्मको सडक पहिरोको कारण भाषिएपछि स्थानीयहरुलाइ […]
नागरिक रैबार/बाजुरा ५ भदौ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा एक वर्षपछि सदरमुकाम मार्तडीमा आईपुगेका छन् । प्रदेश अध्यक्ष थापा नेकपा एमाले जिल्ला कमिटी बाजुराको विस्तारित बैठकमा सहभागि हुन एक वर्षपछि बाजुरा सदरमुकाम मार्तडी आईपुगेका हुन् । निरन्तरको वर्षासंगै सडकमाथिबाट खसेको पहिरोका कारण करिव ३ महिनादेखि अवरुद्ध बनेको साँफे–मार्तडी सडक खण्डको स्थलगत अनुगमनसहित […]
बारामा स्थानीय तहका एक महिला जनप्रतिनिधिलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् । पासवानमाथि स्थानीय जोगिन्द्र साहसहितको समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । वडासदस्य पासवानमाथि गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोप लगाउँदै उक्त समूहले हातपात […]
तत्कालीन नेकपा एमालेले आफ्नो सिद्धान्त बनाएको ‘जनताको बहुदलीय जनवाद’मा जनता भन्ने शब्द पछि थपिएको हो । सुरुवातमा यो सिद्धान्तको नाम बहुदलीय जनवाद थियो । मदन भण्डारी बहुदलीय जनवादको पक्षमा थिए भने सिपी मैनाली समूह नयाँ जनवादको पक्षमा थिए । नयाँ जनवाद पक्षधर समूहको चित्त बुझाउन जनता भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाइयो । पूर्वमालेको […]
नागरिक रैबार बाजुरा ४ भदौ विहिबार राति अविरल वर्षासंगै बाहुली खाेलामा अाएकाे बाढीले नहर पुरेपछि सदरमुकाम मार्तडीमा विद्युत सेवा अवरुद्ध भएकाे छ । बाहुली खाेलामा अाएकाे बाढीले जलविद्युतकाे नहरमा बालुवा र ढुंगामुढा भरिएपछि मार्तडीमा विहिबार विहानै देखि विद्युत सेेवा अवरुद्ध भएको त्रिवेणी साना जलविद्युत केन्द्रका व्यवस्थापक दयाराम पंण्डितले बताएका छन् । उहाँका अनुसार बाढीले नहरमा […]
नागरिक रैबार/बाजुरा ४ भदाै। विहिबार राति अविरल वर्षासंगै बाहुली खाेलामा आएकाे बाढीले काठेपुल बगाएको छ । बाहुली खाेलामा आवतजावत गर्नका लागि अस्थायी रूपमा बनाएकाे काठेपुल बाढीले बगाएपछि सदरमुकाम मार्तडी बजारमा आउजाउ गर्न स्थानीयलाई समस्या भएकाे छ । बडीमालिका ७, ८,९ सहित पुर्विउत्तरी क्षेत्रबाट मार्तडीमा जाने आउने स्थानीयहरूलाई काठेपुल बगाउँदा समस्या भएकाे स्थानीय गाेरख विकले बताएका छन् […]
नागरिक रैबार/बाजुरा ३ भदौ। नेकपा एमाले (समाजबादी) पार्टीका नेता तथा पूर्व माधव समूहका जिल्ला कमिटी सचिव पुरबहादुर रावतले नेकपा एमाले (समाजबादी) पार्टी बाजुरामा झन बलियो बन्ने दावी गरेका छन् । बुधबार नागरिक रैबारको “खासकुरा” विषेशमा बोल्दै नेता रावतले सो कुराको दावी गरेका हुन् । यस अघि बाजुरामा नेकपा एमालेको माधव समूहले गठन गरेको समानान्तर कमिटीको […]
नागरिक रैबार/बाजुरा २ भदौ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमाले विधिवत रुपमा फुटेपछि बाजुरामा अध्यादेशको विरोधमा नेकपा एमाले निकट युवा संघ नेपालले प्रदर्शन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार बाजुरामा नेकपा एमालेको युवा संघ, अनेरास्ववीयु र खेलकुद महासंघले सदरमुकाम […]
ओली र नेपालबीच सुरुवाती सम्बन्ध; माधवकुमार नेपाल बिराटनगरको रानीस्थित एउटा बैंकमा लेखापाल हुनुहुन्थ्यो । वीरगञ्जमा कलेज पढ्दादेखि नै उहाँ वाम समर्थक हुनुहुँदोरहेछ । पछि बैंकको कर्मचारी हुँदा पनि उहाँमा अलिअलि राजनीतिक चासो भइरहेका कारण राजनीति वरिपरिका वाम समर्थकसँग उहाँको सम्पर्क रहेछ । त्यही क्रममा हामी झापालीहरुको सम्पर्क माधव नेपालजीसँग भयो । २०२९ सालतिर ओलीजी र […]
हटौंडास्थित प्रदेशसभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको एक सांसदले जानकारी दिए । वाग्मती प्रदेशमा एमालेको स्पष्ट बहुमत रहेको छ । प्रदेशमा एमालेका ५६ जना सांसद छन् । १ सय १० सदस्यीय प्रदेशसभामा एक स्थान रिक्त रहेको छ । एमाले सांसद पशुपति चौलागाईंको निधन भएको कारण रिक्त […]
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पौडेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् । मुख्यमन्त्री पौडेलले राजीनामा दिएसँगै हेटौँडामा बसेको संसदीय दलको बैठकले नेतृ अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको छ । एमाले विभाजनको विपक्षमा उभिएकी शाक्यलाई मुख्यमन्त्री बनाउने पनि बैठकले निर्णय गरेको सांसद मुनु सिग्देलले जानकारी दिइन् ।
धादिङ- त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ ।सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए । लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताए । सडक […]
नागरिक रैबार/बाजुरा १ भदौ ।मानव संसोधन केन्द्र एच आरसी बाजुराले जिल्ला अस्पताल बाजुरालाई करिव ३ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपालमा कोरोना भाईरस कोभिड-१९ को संक्रमण फैलिरहेकोले कोभिड संक्रमण बाट बच्नका लागि एचआरि बाजुराले जिल्ला अस्पताल बाजुराका स्वास्थ्य कर्मीलाई मध्येनजर गरी ३ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाका कार्यकारी निर्देशक अग्नीराज […]
१ भदौ, सप्तरी । जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा परेको छ ।निरन्तरको वर्षाका कारण तिलाठी-कोइलाडी गाउँपालिकास्थित वडा नम्बर-५ को बर्साइनस्थित दलित बस्तीमा बाढी पसेको हो। बाढीले एकैगाउँका १ सय ५० घर डुबानमा परेको गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान नदीको पश्चिमी तटबन्ध भत्किँदा […]