होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३० असोज। बाजुराको बुढीगंगा नगरपालिका ३ बसालीकी १५ वर्षिया किसोरी पुजा कुमारी पाध्याय भारतको राजधानी नयाँ दिल्लीबाट बेपत्ता भएकि छन् । किसोरी पाध्याय दिल्लीको रतन पारखबाट असोज २४ गतेबाट बेपत्ता भएको बाजुराको बडीमालिका ९ घर भई हाल भारतमा बस्दै आएका गोरख विष्टले बताएका छन् । विष्टका अनुसार बेपत्ता भएकि किसोरीको बुवा धुर्वराजको स-परिवार […]
नागरिक रैबार/बाजुरा ३० असोज। नेकपा (एकीकृत समजवादी) बाजुराको ईन्चार्जको जिम्मेवारी हिक्मतजंग शाहीले पाएका छन् ।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका घर भएका शाहीलाई पार्टीको स्थायी कमिटीको सातौं बैठकले बाजुराको इन्चार्जको जिम्मेवारी दिएको हो । पूर्व सांसद समेत रहेका शाही बाजुरामा कम्युनिष्ट पार्टीबाट विजयी हुने पहिलो सांसद हुन् । उनी तत्कालिन एमालेमै रहँदा पछिल्लो समयमा क्रियाशिल राजनीतिमा नरहेका […]
धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ । सडक निर्माण प्रक्रिया सुरु गरिएको झण्डै डेढ दशकपछि सो द्रुत मार्गको धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको हो । कालोपत्रका लागि खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का सम्झौता लिएको जनाइएको छ । धनगढीको पीपलचौतारादेखि स्याउलेभन्दा […]
सुदूरपश्चिम प्रदेश सरकारले भोलि (असोज ३१ गते) पनि सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर भोलि पनि बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले जानकारी दिए। उनका अनुसार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा […]
डडेलधुरा — सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको केन्द्रका रुपमा विकसित हुन थालेको डडेलधुरा बस पार्क निर्माण हुन नसक्दा गाडी पार्किङमा समस्या हुन थालेको छ । पार्किङका लागि ठाउँ नहुँदा बसपार्क अस्तव्यस्त बन्न थालेको छ । बसपार्क नभएका कारण सदरमुकाम अव्यवस्थित मात्र भएको छैन, सर्वसाधारण र आउने जाने यात्रुहरुले निकै सास्ती भोग्नु परेको छ । पहाडी […]
काठमाडौँ: खोटाङमा ससुरालीबाट टीका लगाएर फर्किरहेका एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ। ससुराली खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङबाट फर्किरहेका चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसनर शुक्रबार बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको मृत्यु भएको हो।
वीरगन्ज : वीरगन्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको हो। मृत्यु हुनेहरुमा कारका चालक भारत […]
काठमाडौँ- मुलुकभरको मौसममा बदलाव आएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणाली विकसित हुँदा नेपालमा पनि आंशिकदेखि सामान्य बदली भएको हो । सोही प्रणालीको असरले तीन दिनसम्म सामान्यदेखि मध्यम तथा भारी वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।आगामी […]
काठमाडौँ: नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडा दसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी।आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ। त्यसै दिन सबै बलिपूर्ति भएपछि टीका […]
धनगढीः नेपालीहरुको महान पर्व बडा दसै सुरु भएसँगै सुदूरका गाउँमा रौनकता छाएको छ। पढाई तथा रोजगारीको लागि घरबाहिर रहेकाहरु पनि गाउँ फर्किएपछि बडा दसैको रौनकता झनै बढेको हो। गत वर्ष कोरोना कहरका कारण दसैमा मान्यजनबाट टिका र जमरा थाप्न नपाएकाहरु यस वर्ष भने सहर नै सुनसान हुने गरी गाउँ पुगेका छन्। उनीहरु पहाड पुगेर आफ्ना […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको शुभकामना दिँदै नेपालीहरुको सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् । उनले स्वदेश र विदेशमा रहेका सबै नेपालीहरुको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको अवसरमा दशैं मनाइने भन्दै उनले दशैंले जातिय, भाषिक, भौगोलिक, सामाजिक र सांस्कृतिक विवधताका विचमा सद्भाव, सहिष्ण्ुता र […]
काठमाडौँ– नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ। विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत […]
२८ असोज, काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ […]
नागरिक रैबार/बाजुरा २५ असोज। बाजुराको रानीबन स्पोर्टस क्लब राजधानी काठमाण्डौंमा भएको सी डिभिजन खेलको विजेता बनेको छ । रानीवनले सोमबार दिउसो एन्फाग्राउण्ड सातदोबाटोमा भएको फाइनल खेलमा युनाईटेड फुटवल क्लवलाई शुन्यका विरुद्ध १ गोल गर्दै खेलको विजेता बनेको हो । रानीवन याे खेलमा विजेता बनेसंगै बाजुराबाट पहिलाे पटक एन्फाकाे सि डिभिजनमा भाग लिन सफल भएकाे छ […]
काठमाडौं/बुटवल । स्थानीयको विरोधका बीच गत फागुनमा शिलान्यास भएको मोतीपुर औद्योगिक क्षेत्रमा कुनै काम हुन सकेन । बरु वैशाख पहिलो साताबाट सुकुम्बासीको नाममा जग्गा अतिक्रमण गरी टहरा बनाउने र कोही नभएको बेला प्रहरीले भत्काउने लुकामारी चल्दै आएको थियो । आइतबार त्यही खेल हिंसात्मक बन्दा चार जना नागरिकको ज्यान गएको छ, दुई दर्जन घाइते भएका छन् […]
काठमाडौं । संघीय संसदको दुवै सदनमा दशैं विदा शुरु भएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा लामो विदा दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् । हिन्दु नेपालीहरुको पर्व दशैं शुरु […]
धनगढीः सुदूरपश्चिमका तत्कालीन एमाले नेता भानुभक्त जोशीले एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। समाजवादीमा प्रवेश गरेका जोशीलाई पार्टीले ब्यवस्थापन गर्न नसक्दा जोशीका निकटका कार्यकर्ताहरु भने अलमलमा परेका छन्। उनी निकट एमाले छाड्न तयार भएका नेता तथा कार्यकर्ताहरु पर्ख र हेरको स्थितिमा रहेको बताईएको छ। समाजवादीमा प्रवेश गरेका जोशीलाई स्थायी समिति सदस्य बनाउने भनिएको […]
बागलुङ। हो, दसैंमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन। यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ। बजारमा रोज्जा च्याङ्ग्रालाई ४० हजार पर्छ। पसलबाट मासु किनेर खाँदा प्रतिकिलो दुई हजार। अब आफैँ भन्नुस्, आम मान्छेले कसरी खान सक्छन्, च्याङ्ग्राको मासु। यो त केबल हुनेखानेको भान्सामा मात्र पो पाक्ने भयो। के गरिब र […]
नागरिक रैबार/बाजुरा २४ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नवनिर्वाचित कार्यसमितिले वडा दशैं तथा दिपावलीको अवसरमा गरेको चियापान कार्यक्रममा देउवा पक्षका नेताहरु सहभागि भएनन् । भर्खरै सम्पन्न ७ औं जिल्ला अधिवेशनबाट पौडेल पक्षबाट सभापति सहित कार्य समितिमा रहेको बहुमत पक्षले आईतबार मार्तडीमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा देउवा पक्षका नेताहरुको न्युन सहभागिता रहेको थियो । […]
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको भन्दै दु:ख लागेको बताएका छन् । बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा आज देउवाले यस्तो बताएका हुन् । शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री देउवाले विस्तारित मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न […]