होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातले कहीँ उत्साह छाएको छ भने कहीँ सास्ती खेप्नुपरेको छ । हिउँ नपर्ने स्थानमा लामो समयपछि हिमपात हुँदा मानिस खुशी हुन्छन् भने हिमपात हुने स्थानमा दिनचर्यामा समस्याका साथै सास्ती बेहोर्न बाध्य छन् । कमै मात्र हिउँ पर्ने स्थानमा हिमपात भएपछि भने […]
सुर्खेत, जुम्ला — जडीबुटी टिप्न गएका जुम्लाको तातोपानी गाउँपालिका–७ र ८ का बासिन्दा हिमपात भएपछि पाटनमा फसेका छन् । झन्डै दुई साताअघि सेतक चिनी टिप्न गएका ३४ जना हिउँमा फसेका हुन् । उनीहरू तातोपानीको गाग्रा, एडिओडार र खोटीसल्लामा छन् । पाटनबाट फर्किने क्रममै भएको भारी हिमपातमा परी चिसोले दुई जनाको मृत्यु भएको छ । पाटनमा सेतक चिनी (खिरौलो) संकलन […]
उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसँगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैयाँको सहयोग प्रदान गरेको हो । आइतबार दिउँसो काठमाडौँस्थित महासंघको केन्द्रीय कार्यालयमै एक संक्षिप्त कार्यक्रमबीच सहयोग चेक वितरण गरिएको थियो । महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, […]
काठमाडौं । सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ ।बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो । आइतबार साँझ सोही स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी वासुमाया र सन्तवीरको हत्या गरेको प्रहरीले जनाएको छ । विजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी […]
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २५१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ६ हजार ४४३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ […]
एजेन्सी । नेदरल्याण्डमा एचआईभीको नयाँ भेरिएन्ट भेटिएको छ । नयाँ भेरिएन्ट भीबी पुरानो भन्दा निकै तीव्र गतिमा फैलने र शरीरको प्रतिरोधात्मक क्षमतालाई छिटै नोक्सान पु¥याउने जनाइएको छ । नेदरल्याण्डमा मात्रै एक सय ९ जनामा नयाँ भेरिएन्ट देखिएको छ । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनमा नेदरल्याण्डमा भेटिएको एचआईभीको नयाँ भेरिएन्ट निकै खतरनाक रहेको उल्लेख छ । संक्रमितको […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिएपछि पहिलो पटक गत पुस ३० गते सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको थियो । २९ पुसमा संक्रमण पुष्टि भएर प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको कैलारी गाउँपालिका–५ की ५३ वर्षीया महिलाको मृत्यु भएको थियो । प्रादेशिक अस्पतालकाअनुसार कोरोना भाइरसविरुद्धको खोपको पहिलो […]
धनगढीमा वी किड्स प्रि-स्कुल खुलेको छ। आइतबारबाट उपमहानगरपालिकाको वडा नम्बर २ मा आधुनिक प्रविधि सहितको वी किड्स प्रि-स्कुल संचालनमा आएको हो। यो प्रविधिमैत्री वातावरणको स्कुल भएको संचालक दिराज ओझाले बताए। सो स्कुलमा अन्तर्राष्ट्रिय पाठ्यक्रम पठनपाठन हुने उनले बताए। जहा बच्चाको रेखदेखको लागि स्कुलले अभिभावकलाई सीसी क्यामराको मोवाईल एप्स समेत दिइने छ।
हिमाली जिल्ला हुम्लामा यो वर्ष हालसम्म पाँच पटक भारी हिमपात भयो । हरेक पटकको हिमपात उत्तरी भेगका सर्वसाधरणलाई दुःख बनेर आयो भने दक्षिण भेगका किसानलाई राहात पुग्यो । हिमपातपछि उत्तरी भेग नाम्खा गाउँपालिकाका किसानले कयौं दिनसम्म गाईवस्तु घरभित्रै थुनेर राखे । वस्तुभाउ चराउन नपाएपछि उनीहरूको दैनिकी झनै कष्टकर बनेको थियो । यता दक्षिण भेगमा भने […]
नागरिक रैबार बाजुरा २३ माघ। जिल्लाको बुढिगंगा नगरपालिका वडा न ६ बाम्काबजार नजिकै मोटर साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम घर भई बाम्का बजारमा व्यापार गर्दै आएका बलबहादुर सुनार रहेका छन् । सुनारकाे घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सु.प्र.प. ०१-००८ प ४०५० नम्मरको […]
नागरिक रैबार बाजुरा २२ माघ प्रेस चौतारी नेपाल बाजुराका संस्थापक विनोद कुमार विकको सम्मान र सम्झनामा स्थापना गरिएको विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकारलाई प्रदान गरिएको छ प्रेस चाैतारी बाजुराले आफ्नाे स्थापना दिवसकाे अवसरमा विनाेद बिक स्मृति पुरस्कार प्रेस चाैतारी बाजुराका निवर्तमान अध्यक्ष वसन्त विस्वकर्मा र मनिषा घटालालाई प्रदान गरेकाे हाे । बडीमालिका […]
नागरिक रैबार/बाजुरा २२ माघ। जिल्लाको हिमाली गाउँपालिकाले वडा नम्बर ३ र ४ का विपन्न परिवारलाई फलामे चुल्हाे वितरण गरेकाे छ । गाउँपालिकाले बैकल्पिक उर्जा संगको सहकार्यमा १२७ थान फलामे चुलो वितरण गरेको छ | गाउँपालिका वडा नं ३ र ४ मा बसोबास गर्ने दलित र जनजाति र बिपन्न परिवारहरुलाई फलामे २ मुखे चुलो वितरण गरिएको […]
नागरिक रैबार/बाजुरा २० माघ। जिल्लाको खप्तड क्षेडदह गाउँपालिकाका एक जना युवकलाई चरेससहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका ७ लमगाउँका ४० वर्षिया हर्कबहादुर रावत रहेका छन् । उनलाई गाउँपालिकाको वडा नं. ५ डोगडी बजारबाट १० किलो अवैध लागूऔषध चरेशसहित पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार से १ ज ६०९ नम्बरको […]
हुम्ला — हुम्लामा माटोमा पुरिएर बुधबार एक महिलाको मृत्यु भएको छ । घर लिपपोत गर्ने माटो खन्ने क्रममा खार्पुनाथ गाउँपालिका–१ को प्युस गाउँकी महिलाको माटोमा पुरिएर मृत्यु भएको हो । घर लिपपोतका लागि माटो खन्दै गर्दा माथिबाट आएको ढिस्कोमा पुरिएर खार्पुनाथ–१ प्युस गाउँकी ४० वर्षीया देवकी शाहीको मृत्यु भएको स्थानीय जयबहादुर शाहीले बताए । बुधबार […]
धनगढीः कैलालीकी १७ वर्षीया विवाहित युवती श्रीमानको कुटाई सहन नसकेर माइतीको सरणमा पुगिन्। माइतीले भने श्रीमानसँगै बस्न भने। नभए अर्को विवाह गर्न निरन्तर दबाब दिइरहे। माइती पक्षको दोस्रो विवाह गर्ने दबाब र श्रीमानको कुटाई सहन नसकेर कष्टकर जीवन विताइरहेकी ती युवती दलालको फन्दामा परिन्। सीमा पारी गौरीफन्टा बसेका ती दलालको विवाह प्रलोभनमा परेकी महिलालाई सीमा […]
२० माघ, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई […]
चितवन – जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो । आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका छ वडा, कालिका र माडीका […]
धनगढी: पश्चिमी न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसमविद्को भनाई छ। आज सुदूरपश्चिम सहित लुम्बिनी, कर्णाली, गण्डकी र काग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने अनुमान गरिएको छ। आज राति पनि देशका धेरै ठाउँमा […]
सोलुखुम्बु – नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् ।काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए । हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध […]
धनगढी : सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले कैलालीमा जग्गा खरिद गरेका छन्। उनले जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीमा सरकारी जग्गा खरिद गरेका हुन्। मन्त्री आलेले ६ लाखका दरले ४८ लाखमा ८ कट्ठा पर्ती जग्गा खरिद गरेको हाटखोलीका स्थानीय दलबहादुर मगरले बताए। मगरले नै मन्त्रीलाई जग्गा बिक्री गरेको पनि खुलेको छ। […]