होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सरकारले हालै नेपालको संशोधित नक्सा जारी गरेको विषयमा सिंगो देश एकजुट देखिएको छ । संशोधित नक्सालाई संविधानको अनुसूचीमा सामेल गर्नका लागि सरकारले पेश गरेको संविधान संशोधन विधेयकलाई सर्वसम्मत रुपमा समर्थन जनाएको छ । यसका बाबजुद समाजवादी पार्टीकी सांसद सरिता गिरी अपवादका रुपमा देखिएकी छन् उनले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी छन् । […]
बाजुरा : बाजुरामा एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन् । धुरालसैन मावि क्वारेन्टाइनमा बसेका मध्ये १७ जना र १ जना त्रिवेणी नगरपालिकाका गरि १८ जना कोरोना संक्रमित थपिएका हुन् । स्वाब संकलन गरि जेष्ठ १९ गते पठाइएको थियो । नमुना जाँचका लागि स्वाब पठाएको ११ दिन पछि धनगढी प्रयोगशालाबाट रिपोट आएको हो । पीसिआर जाँचमा […]
२९ जेठ, काठमाडौं । बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय […]
धनगढी : सुदूरपश्चिममा बिहिबार थपिएका २७ जना कोरोना संक्रमितमध्ये ४ दिनका शिशु पनि रहेका छन्। बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको […]
काठमाडौँ — सर्वोच्च अदालतले तत्काल कर बुझाउनुपर्ने सरकारको सूचना कार्यान्वयनलाई रोक लगाइदिएको छ ।न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोज शर्माको इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी अन्तरिम आदेश जारी गरेको हो । आन्तरिक राजस्व विभागले कर तिर्न जारी गरेको सूचना जेठ २० गतेबाट बढाएर असार ५ पुर्याएको थियो । कर तिर्न ताकेता […]
२५ जेठ, सुर्खेत । कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ […]
प्रेम सुनार काठमाण्डाै २१ जेठ । ‘सुन्नहोस् है, तपाईंहरुले जति पीडा, वेदना, रोदन र चित्कार छाड्नुहुन्छ उति नै छिटो न्याय पाउनु हुन्छ ।’ शोकाकूल परिवारका सदस्यहरुको मुहारमा क्यामेरा तेस्याउनुअघि युट्युबरहरुले यसरी सम्झाउँछन् । आफन्त गुमाएका शोकाकूल परिवारको स्वतःस्र्फुत आँशु बग्छ । कोही नरोइ एकाग्र भावुक हुन्छन् । पीडा भएपनि रुदारुदा सकिएको आँशु युट्युबरका लागि भन्ने […]
काठमाडौँ — सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए । सामाजिक सुरक्षा भत्ताको लागि सरकारले यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरेको छ ।
जाजरकोट १५ जेठ : गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एकजना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभिर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए । स्थानीयले […]
नागरिक रैबार/बाजुरा ७ जेठ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाजुराका सचिवालय सदस्य पुरबहादुर रावतले बाजुरा जिल्लामा कर्मचारीकाे आवरणमा लुकेर राजनीति गर्नेलाई रंगेहात समात्ने चेतावनी दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत लेखेर भनेका छन् राष्ट्र सेवा गर्ने राष्ट्रसेवकलाई हाम्राे दरिलाे साथ रहन्छ तर कर्मचारीकाे आवरणमा लुकेर राजनीति गर्ने जाे सुकै कर्मचारीलाई रङ्गे हात समात्ने छाै । बाजुरा […]
काठमाडौँ ६ बैशाख । — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट कसैको पनि मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् थियो । हाम्रो प्रयास विभिन्न कारणहरूले असफल भएको […]
गीता कँवर अछाम ६ जेठ । पुरै देश बन्दाबन्दीमा रहेका बेला सुदूरपश्चिमको अछाममा भने रोपाइँ सुरु भएको छ । बन्दाबन्दीको बेला सहरबजार सुनसान भएपनि गाउँघरमा चहलपहल बढेको छ । खेतीपातीको समय भएकाले गाउँघरमा चहलपहल बढेको हो। हिउँदे खेती भित्र्याएका किसान अहिले रोपाइँ गर्न व्यस्त छन् । वैशाखको अन्तिम साताबाट अछाममा रोपाइँको चटारो सुरु हुन्छ । […]
काठमाडौं ६ जेठ। सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका गरी १ सय १० जना सांसदले धारणा राखेसँगै छलफल सकिएको हो । नीति तथा कार्यक्रमको सत्ता पक्षका सांसदले राम्रो भएको भन्दै बचाउ गरेका छन् भने प्रमुख प्रतिपक्ष दलका विपक्ष दलका सांसदले कोरोनाविरुद्ध लिनुपर्ने […]
काठमाडौं ३० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित भएर ल्याउनुपर्ने संसद बैठकमा बताएका छन् । कोरोना भाइरसको महामारी सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित गरी बजेट ल्याउन उनले सरकारलाई सुझाव दिए । देश र जनता सुरक्षित नभई […]
सरिता तिवारी विचार । चार दिनको फेरमा पर्ने मजदुर दिवस (मे १) र मार्क्स जयन्ती (मे ५) कै हाराहारी सञ्चारमाध्यमहरूमा एउटा अप्रिय समाचार देखियो । यद्यपि यति बेला प्रिय समाचारको अपेक्षा ‘बेमौसमी’ कुरो हुन सक्ला, तथापि अप्रियमध्येको पनि सबैभन्दा खेदपूर्ण र निन्दनीय खबरले झोंक र अफसोसको ग्राफ कसरी बढाइदिन्छ, त्यसको संवेदनाबोध गर्ने कसैले पनि सजिलै […]
काठमाण्डाैँ । राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकालि नदी साझा हो, पानी आधा–आधा हो !’ यो नेपालको संसदमा लगातार १० घण्टाभन्दा बढी घन्किएको नारा हो । २०४८ मंसिर १८–१९ गते (डिसेम्बर ४–५, १९९१) तत्कालीन प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणको बेला गरेको टनकपुर सन्धिलाई यो सन्धि होइन सहमति मात्र हो भनेपछि […]
नागरिग रैबार काठमाडौ ३० बैशाख । विश्वमा सबैभन्दा धेरै काेराेना प्रभावित यि ५ देश अमेरिका, बेलायत, इटली, स्पेन र फ्रान्स कोरोनाका कारण जहाँ सबैभन्दा धेरै ज्यान गुमाउने देश हुन् । अमेरिकामा हालसम्म ८१ हजार ७९५ को कोरोनाका कारण ज्यान गइसकेको छ । बेलायतमा ३२ हजार ६५, इटलीमा ३० हजार ७३९ जनाको कोरोना संक्रमणका कारण ज्यान […]
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि कृषि क्षेत्रका आठ ठूला तीन वर्षे कार्यक्रम तर्जुमा गरेको छ। कृषि मन्त्रालयले प्रस्ताव गरेका कार्यक्रमलाई राष्ट्रिय योजना आयोगले स्वीकृत गरेको छ। यी कार्यक्रमका लागि करिब ४० अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। ‘आठवटा कार्यक्रम संघीय कृषि मन्त्रालयमातहत सञ्चालन हुने गरी प्रस्ताव गर्ने तयारी छ’, आयोगका सदस्य दीलबहादुर […]
काठमाडौँ २५ बैशाख । पार्टी एकीकरणका लागि सबैले आत्मालोचना गरेर अघि बढ्ने र एक व्यक्ति एक मुख्य जिम्मेवारीको पुरानो समझदारीलाई ब्युँताउने सहमतिको बुझाइमै नेताहरूबीच तालमेल नभएपछि नेकपाको विवाद फेरि लम्बिएको छ । नेकपा सचिवालयको गत शनिबार बसेको बैठकमा पार्टीलाई विधि र पद्धतिबाट अघि बढाउने सहमति गर्दै बिहीबारका लागि स्थायी कमिटी बैठक डाक्ने निर्णय भएको थियो […]
काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउन पहल गर्ने निर्णय गरेको छ । ‘सचिवालयले पार्टीका उपाध्यक्ष गौतमलाई उपयुक्त, समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने र […]