होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । घुस अस्वीकार गर्ने सिन्धुली र मकवापुरका सातजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ७ जना प्रहरी कर्मचारीलाई पुरस्कार दिएको हो । लकडाउनको बेला सवारी पास दुरुपयोग गर्ने र घुस दिएर एक जिल्लाबाट अर्को जिल्ला प्रवेशका खोज्नेलाई पक्राउ गर्ने प्रहरीलाई पुरस्कृत गरिएको बागमती प्रदेश प्रहरी […]
धनगढी : सुदूरपश्चिमका झण्डै ३२ हजार जनाको कोरोना परीक्षण गरिएको छ। पीसीआर प्रविधि मार्फत देशभरीका विभिन्न प्रयोशागालामा सुदूरपश्चिमबाट स्वाब संकलन गरीएका ३१ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गरिएको हो। कोरोना परीक्षण थालिएको झण्डै पाँच महिनाको अवधिमा देशभरका विभिन्न प्रयोशागाला मार्फत सुदूरपश्चिमबाट संकलित स्वाब परीक्षण गरिएको थियो। स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला मार्फत […]
डडेल्धुरा : जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा मास्कको प्रयोग नगरी हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न थालेको छ। पहिलो पटकका लागि कारबाहीमा परेकालाई एक सय रुपैयाँ जरिवाना गरेको छ । प्रहरीले मास्क प्रयोग नगर्ने १९ जनालाई सोमबार कारबाही गरेको हो । मंगलबार पनि मास्कबिना सदरमुकाम आउने र जथाभावी घुम्ने मानिसलाई कारबाही गरिएको प्रहरीले जनाएके छ । उनीहरुलाई पहिलो […]
मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। गए रातिदेखि न्यूनचापीय रेखा ९वर्षा गराउने प्रणाली० नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए। अबका तीन दिन (साउन १५ गतेसम्म) देशभर बदली रही मुलुकको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किँदै जाँदा उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसामु गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् । जसअनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने […]
काठमाडौं । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा […]
१३ साउन, काठमाडौं । दार्चुलाको दहुँ गाउँपालिका–३, सल्लीमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । एक जना भने भागेर जोगिएका छन् । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख डीएसपी पदमबहादुर विष्टले अनलाइनखबरलाई बताए अनुसार गएराति पहिरो खस्दा घरमा रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा पुरिएका छन् । छोरा २१ […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक एकपक्षीय रुपमा स्थगन भएको पाइएको छ । मंगलबारका लागि तय भएको स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गरेका हुन् । नेकपाका एक स्थायी समिति सदस्यले बैठक स्थगित गरेर ओलीले अर्को गल्ती गरेको आरोप […]
बलिउड अभिनेता अमिताभ बच्चन र उनको परिवार कोभिड–१९ पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भए । तर ऐश्वर्या राय बच्चन र आराध्या बच्चनको परीक्षण नेगेटिभ आएपछि उनलाई अस्पतालबाट छुट्टी दिइएको छ । अब ऐश्वर्या र आराध्या घरमा र्न बस्नेछन् जबकि अमिताभ र अभिषेक बच्चन केही दिन थप डाक्टरको निगरानीमा बस्नुपर्नेछ । अभिषेक बच्चनले यसबारे जानकारी दिएका हुन् […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोनासंक्रमितको संख्या २ हजार ८१९ पुगेको छ । सोमबार कैलालीबाट २८ र कञ्चनपुरबाट ३४ जना कोरोना संक्रमित निको भएर घर गइसकेपछि निको हुनेको संख्या २ हजार ८१९ पुगेको हो । प्रदेशमा ८ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । सोमबार नै सेती प्रादेशिक […]
१३ साउन, काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले […]
पर्याप्त तयारी नपुगेको गुनासो गरिए पनि सरकारले यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने भएको छ । सरकारले नेपालको संविधान, सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पनानुकूल ‘विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप, २०७६’ पारित गरी नयाँ पाठ्यक्रम लागू गर्न लागेको हो । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षा यसै साता प्रकाशन हुने […]
१२ साउन, काठमाडौं । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ । समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो । नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी […]
काठमाडौँ । बैठक बस्ने–नबस्ने अनिश्चित भएको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गुट भेला बिहानैदेखि शुरु भएको छ । भोलि ११ बजेका लागि तय भएको स्थायी कमिटीको बैठक बस्ने कि नबस्ने निश्चित छैन । त्यसबारेमा रणनीति बनाउन बालुवाटार र खुमलटारमा छलफलहरु भइरहेको छ । स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारामा प्रचण्ड–माधवकुमार […]
काठमाण्डौंको बल्खु स्थीत राजधानी अस्पतालमा चार दिन आईसियूमा बसेर, विशेष केयर यूनिटमा सरे पश्चात भावि जीबन बाच्ने आशा संगालेका हिमाली गाउँपालिका ६ का रत्न दमाई र विरामी लोग्नेको स्याहार गर्दा गर्दै बेखर्ची बनेकि उनकि श्रीमतिको आँखामा खुसि स्पष्ट देख्न सकिन्थ्यो । उनको खुसिका लागि हाल अमेरिकामा बसोवास गर्ने त्रिवेणी नगरपालिका ८ का समाज सेवी जनक […]
बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् । सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ । कार्यालयका […]
१२ साउन, काठमाडौं । चितवनको राप्ती नगरपालिका–२ का रोमनाथ रिजालले धान रोपेको एक महिना बित्यो । धानमा मल हाल्न बितिसक्यो । तर उनले सधैं मल पाउँदै आएको साना किसान सहकारीमा यसपालि मल आएन । ‘पाँच दिनअघि एक लट मल आएछ, एउटा किसानलाई पाँच किलोको दरले बाँडेछन्, तर मैले पत्तै पाइनँ,’ उनी भन्छन्, ‘पाँच किलो पाएको […]
काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिँदैछ । २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ । लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको लगायतका कामबाट […]
धनगढीः कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आईतबार ठीक दुई वर्ष पुगेको छ। देश व्यापी रुपमा भएको न्यायिक आन्दोलनपछि अन्तराष्टिय समुदायको ध्यान तानेको निर्मला हत्या प्रकरणको अनुसन्धान दुई वर्ष सम्म पनि शुन्यमै छ। तर यो दुई वर्षको अवधीमा सुदूरपश्चिममा जबरजस्तीकरणी घटनामा समेत बृद्धि हुदै गएको एक तथ्याड्कले देखाएको छ। प्रदेश प्रहरी कार्यालय […]
११ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ३ सय नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने […]