होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ: कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले सुझाव दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनका लागि चाँडै कार्यविधि ल्याउने तयारी गरेका बेला सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल र शिक्षा पत्रकार समाजले आज आयोजना […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य कर्णबहादुर थापाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आपसमा लडाउने काम नगर्न अनुरोध गरेका छन् । केन्द्रीय सदस्य थापाले अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति जुटाउने पहल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा समेत जोड दिएका छन् । ‘नेकपाका मूल नेता केपी शर्मा ओली र कमरेड पुष्पकमल […]
१८ साउन, काठमाडौं । गुल्मीकी सकुन्तला थापा मगर लकडाउन खुकुलो भएपछि गाउँबाट काठमाडौं फर्किइन् । करिब चार महिना गाउँ बसेकी उनलाई काठमाडौं फर्कने बितिक्कै पैसाको खाँचो पर्यो । लकडाउनमा कमाइ नभएकाले कसैले सरसापट दिएनन् । अन्ततः उनले छड्के तिलहरी बेचेर गर्जो टार्ने सोच बनाइन् । चार महिनाको घरभाडा अनि बच्चाको नयाँ किताब लिन स्कुलको ताकेताले […]
काठमाडौँ । साढे १४ किलो चाँदी र आधाकिलो सुन प्रकरणमा प्रहरीले सुन तस्करीसँग कुनै साइनो नै नभएका व्यक्तिलाई मुद्धा चलाएको छ । उनी हुन्, भैरहवाका सन्दीप गुरुङ । मंगलबार (१३ साउन)मा सन्दीप ट्याक्सी चलाएर नागढुंगाको ओरालो झर्दै थिए । त्यहाँ तीनजना पुरुषले ट्याक्सी रोके । मनकामना जाने कुरा गरे । भैरहवाबाट बिरामीलाई काठमाडौं छाडेर फर्कंदै […]
चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले आफ्नो व्यवहारमा परीवर्तन ल्याउनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम बढेकोले सरकारले अहिले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने पनि माग गरेका हुन् । नागरिक समाजका अगुवासमेत रहेका चिकित्सक डा. सुन्दरमणि दिक्षितले आफूहरुले […]
काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको छ । हाल यो दल देशकै तेस्रो प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भएको छ । वैशाख १० गते मध्यरात दुई पार्टी बीच एकता भएको घोषणा भएको थियो । दुई पार्टीबीच एकीकरण भइ बनेको जसपा नेपालले निर्वाचन आयोगबाट […]
काठमाडौं- लकडाउन खुलेपछि नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि भएको छ। लकडाउन खुल्नुअघिको ११ दिन र लकडाउन खुलेपछिको ११ दिन (साउन ७–१७)को तुलना गर्दा संक्रमितको संख्यामा ०.८ प्रतिशतले वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । लकडाउन खुल्नुअघिको ११ दिनमा ४७ हजार ८७७ नमुनाको पीसीआर परीक्षणमा एक हजार ३४५ जनामा संक्रमण देखिएको थियो। यो भनेको २.८ […]
बाग्लुङ । गण्डकी प्रदेशको बाग्लुङस्थित कालीगण्डकी नदीमा संसारकै लामो झलुङ्गे पुल निर्माण गरिएको छ । बाग्लुङ र पर्वतको कुश्मा जोड्ने यो पुल ५ सय ६७ मिटर लामो छ । सिङ्गल स्पानको यो पुललाई संसारकै लामो दाबी गर्दै ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा दर्ता गराउने तयारी छ । विश्वकै लामो दाबी गरिएको यो पुलको आवश्यक […]
चिनियाँ कम्पनीबाट माइक्रोसफ्टले लोकप्रिय भिडियो एप टिकटकलाई किन्ने सम्भावित प्रस्तावलाई अस्वीकार गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति उक्त एपलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ‘जहाँसम्म टिकटकको कुरा छ, हामी त्यसलाई अमेरिकामा प्रतिबन्ध गर्दैछौँ,’ एयरफोर्स वानमा पत्रकारहरुसँग कुराकारी गर्दै भने । यसका लागि उनले आपत्तकालिन आर्थिक शक्ति वा कार्यकारी आदेश प्रयोग गर्ने जिकिर गरे […]
कोरोना संक्रमण समुदाय तहसम्म पुगेपछि मोरङको विराटनगर महानगरपालिकाले १४ दिन लामो लकडाउन घोषणा गरेको छ। विराटनगर महानगरपालिका क्षेत्रमा भोलि शनिबारदेखि लकडाउन गरिने भएको हो। कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि महानगरपालिका क्षेत्रमा १४ दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको हो।मोरङका सहायक जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले शनिबार बिहानैदेखि विराटनगरमा लकडाउन गरिने जानकारी दिए। ‘ […]
धनगढी : सुदूरपश्चिमका आज एक सय १३ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४०, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६, धुलिखेल अस्पतालको प्रयोगशालामा ३४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १३ गरी आज एक सय १३ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५ […]
काठमाडौं । साउन १३ गते बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक र पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रस्तुत गरेका ६ बुँदे प्रस्तावपछि पार्टीमा तीव्र असन्तुष्टि बढेको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले स्थगित गरेको स्थायी कमिटी बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बसाएका थिए । सो बैठकमा अधिकांश प्रचण्ड–माधवकुमार नेपाल समूहका […]
१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो । कहाँकहाँ थपिए संक्रमित ? मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित […]
१६ साउन, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले सरकारसँग नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारण स्पष्ट गर्ने निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीसँगको छलफलपछि समितिले फोरजी सेवा विस्तारमा चरम ढिलाई हुनुको कारण ७ दिनभित्र लिखित रुपमा […]
काठमाडौं – निर्देशक दीपेन्द्र के खनालले दुई फिल्म घोषणा गरेका छन् । आफ्नै लेखन तथा निर्देशनमा उनले दुई फिल्म निर्माणको घोषणा गरेका हुन् । दीपेन्द्रले चलचित्र बिकाश बोर्डमा बिहीबार ‘चिसो मान्छे’ र ‘लकडाउन’ नामका दुई फिल्म आधिकारीक रुपमा दर्ता गर्दै निर्माण घोषणा गरेका हुन् । दुबै फिल्मका निर्माता शर्मिला पाण्डे रहेकी छन् । लकडाउन अगाडि […]
प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ। सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन्। यसअघि १२ हजार घुस सेवाग्राहीसँग लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई कारवाही गरिएको थियो। निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा […]
काठमाण्डौ – लकडाउन खुलेपछि सडक बजारमा चहलपहल बढेको छ । चार महिनाभन्दा बढी समयदेखि रोकिएका कामले गति लिन थालेको छ । तर स्कुल कलेज भने अझै खुलेका छैनन् । सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेको र विद्यालयबाट क्वरेण्टीन हटाउने निर्णय गरेकाले अब पठनपाठन सुरु हुन्छ कि भन्ने सङ्केत देखिएको छ । तर […]
१६ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनका कारण सरकारी ढुकुटी रित्तिएको भन्दै १४ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक खर्च घटाउन सरकारी सेवामा नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गर्यो । ‘संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम सर्वे) अत्यावश्यक बाहेक अन्यको हकमा अर्को व्यवस्था […]
काठमाडौँ- आज पनि मुलुकका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार कैलाली, सिन्धुपाल्चोक, रुपन्देही, कास्की र गोरखा जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाले कैलालीको मोहाना, खुटिया, कान्द्रा लगायतका साना खोलाहरुमा बाढीको सम्भावना रहेको तथा खोलाको नजिक क्षेत्रमा डुबानको जोखिम उच्च भएकाले सतर्क […]
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एउटा स्वतन्त्र मुलुक रहेको र कुनै पनि मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नहुने बताएकी छिन् । पछिल्लो समय नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप बढेको आरोप लागिरहँदा उनले मुलुकबीच विकास र द्विपक्षीय सहयोगबारे विचार आदानप्रदान हुनु भनेको एउटा सामान्य कूटनीतिक कार्य भएको र सामान्य भेटघाट एवं फोन संवादलाई […]