होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षले शुक्रबार राजधानीमा गरेको प्रदर्शनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक नारा लगाएका छन् । उनीहरुले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले ‘असंवैधानिक कु’ गरेको आरोप लगाउँदै त्यसको खारेजीको माग गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र विरोधीको संज्ञा दिँदै उनको असंवैधानिक कदमका कारण जनताले दुःख पाएको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशका लागि बैशाखमा मध्यावधि चुनाव गर्ने घोषणा गरेसँगै सडकमा लागेका नारामध्ये एउटा हो– केपी तिम्रो पाराले, दुःख पाए साराले । यो नाराको सन्देश बहुआयामिक छ । यसले स्वयं प्रधानमन्त्री केपी शर्मा ओली र उनले पुनर्गठन गरेको नेकपा (ओली समूह) लाई पनि राम्रैसित सम्वोधन गरेको छ । […]
९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३०औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेस गरेका हुन् । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहकाबीच प्रमुख […]
९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधवसमूहको स्थायी कमिटी बैठकले शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने निर्णय गरेको छ । बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको बैठकले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको नेता भीम आचार्यले जानकारी दिए । ‘नयाँ सरकार बनाउन सकिन्छ, संसद ज्युँदै छ […]
९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधव समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक सुरु भएको हो । बिहीबारको बैठकमा यसअघि केपी समूहमा रहेको भनिएका शेरबहादुर तामाङ र उषाकला राई पनि सहभागी भएका छन् । केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटी बैठकले शुक्रबार सर्वोच्च अदालत […]
काठमाडौं। संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइमा सरकारको निर्णयविरुद्ध कुनै अन्तरिम आदेश दिन अस्वीकार गरेलगत्तै प्रधानन्यायाधीश चालेन्द्रसमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मञ्च साझा गरेका छन् । सुनुवाइका क्रममा सबै मुद्दाको शुक्रबार संवैधानिक इजलासमा पेशी तोकेर प्रधानन्यायाधीश महान्यायाधीवक्ताको कार्यालयको भवन उद्घाटन कार्यक्रममा गएका थिए । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाले […]
८ पुस, कैलाली । नेकपा केन्द्रको विवाद जिल्ला हुँदै स्थानीय तहसम्म पुग्न थालेको छ । कैलाली जिल्ला पार्टी कार्यालय कब्जामा लिएको भोलि पल्टै प्रचण्ड-नेपाल समूहले कैलालीको गोदावरी नगरपालिकामा पनि पार्टी कार्यालय कब्जा गरेका छन् । गोदावरी नगरपालिकाको कार्यालयमा प्रचण्ड नेपाल समूहले गरेको तालाबन्दीको १ घण्टा पूरा नहुँदै ओली समूहले ताला तोडेर कार्यालय आफ्नो नियन्त्रणमा […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड –माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउनतर्फ लाग्ने जनाएका छन् । बुधबार संसदीय दलको नेतामा सर्वसम्मत चयनपछि संक्षिप्त प्रतिकृया दिँदै प्रचण्डले सो कुरा बताएका हुन् । ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउनेतर्फ हाम्रो ध्यान जानेछ’, प्रचण्डले भने, ‘अरु संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ […]
सरकारले कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरूमा खोप दिने गरी तयारी अगाडि बढाएको छ।स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले सुरूमा कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप दिने गरी काम अघि बढेको जानाकरी दिए। त्यसका लागि ‘लक्षित समूह पहिचान समिति’ ले सूची संकलनको काम अघि बढाएको उनले बताए।’समितिले सबै अस्पतालहरूलाई आफ्ना […]
केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले महासचिव पनि नयाँ नियुक्त गर्ने तयारी थालेको छ।एक पार्टी हुँदा बिष्णु पौडेल नेकपाका महासचिव थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको समूहले बुधबारको बैठकबाट पौडेललाई हटाएर उनको ठाउँमा नयाँ महासचिव नियुक्त गर्ने सम्भावना छ। नयाँ समूहको महासचिवमा भने उक्त समूहभित्र सर्वसम्मति छैन।स्रोतका […]
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गर्नु गलत र अस्विकार्य भएको टिप्पणी गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले वर्तमान सरकारसँग चुनाव गराउने क्षमता पनि नभएको ठोकुवा गरे । उनले […]
८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ । बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेकोलगायतका निर्णयहरु पेश गरेको हो । नेता पाण्डेका अनुसार […]
८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । बुधबार प्रचण्ड- माधव समूहका सांसदहरुको बैठकमा उनले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए । ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिबद्धता छ । ‘अरू संसदीय दलका नेताहरूसँग पनि […]
काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ । बुधबार (आज) बिहान बालुवाटारमा भएको झण्डै एक घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री ओलीले थापालाई सहकार्यको प्रस्ताव गर्नुभएको थियो । ‘दीर्घकालीन हित हुने गरी तपाईँले सोच्नुपर्याे, मैले के सहयोग गर्नुपर्छ, […]
काठमाडौं । नेकपा (प्रचण्ड-माधव ) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म नेपालको सबैभन्दा ठूलो दल आफूहरुले नेतृत्व गरेको नेकपा नै रहेको दावी गरेका छन् । उनले बुधबार संसदीय दलको बैठकमा बोल्दै यस्तो दावी गरेका हुन् । ‘हिजोको नेकपाको बैठक आधिकारिक बैठक भएको दुनियालाई थाहा छ । ७० प्रतिशत केन्द्रीय सदस्य सहभागी भएको सवैले देखेका […]
८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित निर्वाचन आयोग जाने भएका छन् । नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा जान लागेको जानकारी दिए । ‘३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षर सहित केहीबेरमा आयोग पुग्दैछौं’, पोखरेलले अनलाइनखबरसँग भने । […]
८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर संसद विघटनको कदम रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार […]
८ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई भेटेका हुन् । बादल पक्षका नेताहरुले गृहमन्त्री थापालाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् भने उनले कुनै […]
८ पुस, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय सदस्य पद प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अस्वीकार गरेकी छन् । पार्टी फुटेका कारण जनता रोइरहेको अवस्थामा आफू केन्द्रीय कमिटीमा बस्न नसक्ने बताउँदै उनले पद अस्वीकार गरेकी हुन् । ‘विश्वास र भरोसाको साथ अमुल्य मत दिएको पार्टी बिभाजन हुँदा जनता रोइरहेको […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समुह) को संसदीय दलको बैठक बुधबार बस्दै छ । दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठकले दलको नेता चयन गर्नेछ । यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए । मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो […]