होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डोटी: जिल्लाका तीन गाउँपालिकाका केन्द्रसम्म सडक पुग्ने भएको छ। यहाँका बोगटान फुडसिल, सायल र आदर्श गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पुर्याउने गरी समझदारी भएपछि स्थानीयवासी खुशी भएका छन्। बोगटान फुडसिल केन्द्रसम्म कालोपत्र सडक पुर्याउनका लागि सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा गाउँपालिकाका तर्फबाट अध्यक्ष लालबहादुर गडसिला तथा सायलका अध्यक्ष तेजबहादुर डुम्रेलबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएपछि […]
२ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन यो समूहले नेताहरुलाई बोलाएको हो । भेला भर्खरै सुरु भएको छ । यसअघि सोमबार विहान भएको वार्तामा दुबै पक्षले आ आफनो अडान राखेका थिए ।
काठमाडौं । एमाले विवाद मिलाउन भएको अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्ष बीचको छलफल विना निष्कर्ष सकिएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा झण्डै ३ घण्टा भएको औपचारिक छलफलमा दुवै पक्षले आआफ्नै अडान नछोड्दा कुरा नमिलेको नेता भीम रावलले जनकारी दिए । ‘आज कुरा मिलेन । फेरि छलफल गर्ने कुरा भएको छ […]
२ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले आफ्नै मन्त्रालयमा कार्यरत सचिवलाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र लेखेका छन् । मन्त्री रावलले आफनै मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारबाही गरिदिन माग गर्दै फागुन २३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका हुन् । सचिव पौड्यालले पदबहाली गरेको समयदेखिनै मन्त्रालयको कामकाज भन्दा व्यक्तिगत […]
२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार (चैत ९) दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् । अब बस्ने मन्त्रिपरिषदको बैठकले भ्रमणको मिति तय गरेसँगै भ्रमणको औपचारिक घोषणा हुने एक सरकारी अधिकारीले बताए । काठमाडौंस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ । बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा […]
चैत, काठमाडौं । नेकपा एमालेको दुई समूहबीच भएको वार्ता २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णयमा अड्किएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकलौटी रुपमा गरेको निर्णय खारेज गर्न माग गरेको छ । तर अध्यक्ष ओली त्यसमा सहमत भएका छैनन् । एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि एमाले अध्यक्ष […]
२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि विश्वका धेरै मुलुकमा खोप कार्यक्रम सञ्चालन भइरहेका छन् । खोप अभियानसँगै सीमा खोल्न र आर्थिक गतिविधि बढाउन ‘खोप पोसपोर्ट’ वितरण गर्ने विषयमा छलफल सुरु भएको छ । यसले सुरक्षित रुपमा आर्थिक तथा सामाजिक गतिविधि बढाउन सकिने समर्थकहरुले बताएका छन् । चीन र इजरायलजस्ता […]
चैत,२ हुम्ला । राष्ट्रिय गौरवको योजनाअन्तर्गत हिल्सा- सिमकोट सडक योजना निर्माण प्रभावित भएको छ । ट्र्याक खोल्ने कार्यमा कडा चट्टानी भिर विस्फोट गर्न ‘नेपालइँट ३००० केजी’ काठमाडौँबाट गत फागुन १२ गतेसम्म सुर्खेतमा ल्याइसकिए पनि नेपाली सेनाको स्काई ट्रकले हालसम्म हुम्ला उडान गर्न नसकेकाले निर्माण प्रभावित भएको छ । कडा चट्टान विस्फोटन गर्न निर्माण व्यवसायीले पहरामा […]
नेपालमा पहिलो पटक ११ महिने बच्चाको कलेजो प्रत्यारोपण गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काभ्रेका ११ महिने बालकलाई शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको प्रत्पारोपणविद् डा. रमेशसिंह भण्डारीले बताए । जन्मजातदेखि नै कलेजोमा समस्या भएकाले बालकलाई ३५ बर्षका बाबुले कलेजो दिएपछि प्रत्यारोपण गरिएको प्रत्पारोपणविद् डा. भण्डारीले बताए । प्रत्यारोपणमा सहयोग गर्न फोर्टिस […]
१ चैत,बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाविधेशनले विनोद पहाडीलाई अध्यक्षमा चयन गरेको छ । बुटवलमा फागुन २८ देखि सुरु भएको महाधिवेशनले दुई वर्षे कार्यकालका लागि पहाडीको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो । तीनदशकदेखि पत्रकारितामा संलग्न पहाडी संविधान सभा सदस्यसमेत हुन् । संघको वरिष्ठ उपाध्यक्षमा गोपाल बराइली,उपाध्यक्ष (महिला) मा कमलाकुमारी […]
२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सिध्याउनेतिर अगाडि बढेको नेता प्रदीप नेपालले बताएका छन् । आफू इतर सबै नेतालाई भूमिकाविहीन बनाएर ओलीले एमाले छिन्नभिन्न बनाएको नेपालले बताए । ओलीले एमाले सिध्याएको नेपालको बुझाइ छ । ‘जनताको बहुदलीय जनवादको ठीक उल्टो र निरंकुशता भएर निस्कनुभयो, केपी ओली’, उनले अनलाइनखबरसँग […]
बिबिसी नेपाली सेवाका पूर्व पत्रकार सुशील शर्माको ६३ बर्षको उमेरमा निधन भएको छ । शुक्रबार काठमाडौंको एक अस्पतालमा मृगौला सम्बन्धी रोगका कारण शर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । केही समयदेखि मृगौला रोगबाट पीडित शर्माको शरीरका विभिन्न अंगहरुले काम गर्न छोडेपछि निधन भएको जनाइएको छ । शर्माका परिवारमा एक छोरा र श्रीमती छन् । […]
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन्। अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय नेता लामासहित १० कार्यकर्ता खाँदबारी कारागारमै छन् । खाँदबारी […]
नागरिक रैबार बाजुरा २८ फागुन जिल्लाकाे सदरमुकाम मार्तडीमा एयरपोर्ट निर्माणका लागि बडीमालिका नगरपालिकाले तयारी थालेकाे छ । नगरपालिकाकाे फागन ९ गते कार्यपालिकाकाे बैठकले मार्तडीमा एयरपोर्ट निर्माणका लागि विकास साझेदार जिअाईजेड संग डिपिअार तयारी गराउने निर्णय गरेकाे थियाे । साेही अनुसार बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले मार्तडीमा एयरपोर्ट निर्माणका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा […]
२८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेको केन्द्रीय कमिटी बैठक १ चैतमा बोलाउने तयारी छ । त्यसको दुई दिनअघि आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् । बैठकले साबिकको […]
धनगढीः जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्ता गठबन्धन गर्ने अवस्थामा रेशम चौधरी रिहाइको मुख्य सर्त बनाएको छ। धरीलगायत मधेस–थरुहट आन्दोलनका बन्दीको रिहाइ प्रमुख शर्त बनाएपनि त्यसमा प्रधानमन्त्री ओली सकारात्मक भएको बताइएको छ। टीकापुर घटनामा जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको फैसला गरेको थियो। त्यसलाई उच्च अदालत दिपायलले पनि सदर गरिसकेको छ। थरुहट […]
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । एक कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी सबै स्थानीयवासी भएका कारण […]
२८ फागुन, सुर्खेत । समयमै उद्धार नहुँदा सुर्खेतमा एक सुत्केरीको मृत्यु भएको छ । सोरुगाउँपालिका–५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो । स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल उद्धारका लागि महिला, […]
२८ फागुन, काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार र जनता समाजवादी पार्टी (जसपा)बीच शुक्रबार पनि वार्ता हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । शुक्रबारको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा […]
२८ फागुन, काठमाडौं । सैनिक दिवसको दिन नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको कवाज, बढाइसहितको विशेष समारोहले सबैको ध्यान त तान्यो नै । त्यससँगसँगै विशिष्ट अतिथिहरुको आसनले पनि धेरैको ध्यान खिच्यो । किनभने यस वर्षको आसन अघिल्लो वर्षको तुलनामा फरक थियो । सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा […]