होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन सुरु भएको निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले बताए । काँग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि […]
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताएका छन् । शनिवार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित वृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताएका हुन् । उनले नेकपा एमालेले देशव्यापी रुपमा […]
काठमाडौं । सरकारले विद्यार्थीहरुलाई लक्षित गरेर ‘पढ्दै कमाउँदै कार्यक्रम’ ल्याएको छ ।शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गरिने उल्लेख छ । शुरुवातमा यो कार्यक्रम प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थी लक्षित हुनेछ । गुणस्तरीय शिक्षा, प्रावधिक शिक्षा, पूर्वाधार शिक्षा, […]
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ । कैलाली, बाजुरा र डडेल्धुरा बाहेकका जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गर्दै चार सय ८७ वडामा नयाँ नेतृत्व चयन गरेको छ । दार्चुलाका ६१ वडा, बैतडीका ८४ वडा, डोटीका ६५ वडा, अछामका ९१ वडा, बझाङका ९४ वडा र कञ्चनपुरका ९२ वडामा अधिवेशन सकिएको […]
काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । थापाथलीस्थित विभागको सभाकक्षमा बुधबार पत्रकार सम्मेलन गर्दै तालिका सार्वजनिक गरेको हो । जनगणना कार्य कोभिडका कारण गत वैशाख १६ गतेबाट लकडाउन जारी भएपछि स्थगित भएको थियो । ‘स्थिति सहज बन्दै गएको हुँदा विभागले नयाँ कार्यतालिका निर्माण गरी पेस गरेको र सो […]
काठमाडौँ — क्रियाशील सदस्यताको टुंगो नलाग्दा २० जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित भएको छ । समितिका अनुसार प्रदेश १ को मोरङ, २ का सप्तरी, सिराहा, धनुषा, मोहत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, लुम्बिनीका बाँके, बर्दिया र कपिलवस्तु, कर्णालीका सुर्खेत र डोल्पा तथा सुदूरपश्चिमका बाजुरा र कैलाली जिल्लामा सदस्यताको सूची अझै टुंगो लागेको छैन । समितिका सदस्य अधिवक्ता […]
१५ भदौ, काठमाडौं । विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मौसममा सुधार भएको छ । नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् सविना शाक्यका अनुसार अब केही दिन मनसुन कमजोर रहने भएकाले […]
१३ भदौ, दाङ । श्रीमान्को हत्या गरेको अभियोगमा दाङको तुलसीपुरबाट एक महिला पक्राउ परेकी छन् । ७८ वर्षीय श्रीमान् खिमलाल पुरीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार आइतबार बिहान ३ बजेतिर घरायसी विवाद हुँदा श्रीमानलाई […]
काठमाडौं, भदौ १२ । आज देशको अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा र बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको […]
धनगढी । लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका-४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार वडा नम्बर-४ का ८० र वडा नम्बर-७ का ५८ घर […]
काठमाडौँ, ११ भदौ: विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले […]
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभागको नजिक रहेको जनाएको छ । महाशाखाले आज मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरू, अन्य प्रदेशहरूका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित […]
काठमाण्डाैँ । आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल पुनः राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा देखिएका छन् । निर्वाचन आयोगबाट बुधबार दलको मान्यता पाएसँगै ३० सांसदको बलमा उनको पार्टी संसद्मा चौथो ठूलो दल बनेको छ । सरकारलाई स्पष्ट बहुमत पुर्याउन, प्रतिनिधिसभाका कामकारबाही सहज बनाउन, संसद्को कार्यकाल पूर्ण बनाउन र प्रदेश सरकार निर्माणमा पनि उनको पार्टी निर्णायक हुने […]
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरुले अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फोटो खिचाउनेहरुले पनि पहिले नयाँ पार्टी गठनका लागि उक्साएको बताएका छन् । “अहिले १० जनाले ओलीसँग फोटो खिच्नुभएको छ । उहाँहरुले उतै सनाखत गर्नुभयो होला,” नेता गंगालाल तुलाधरले भने, “पार्टी गठन गर्न उक्साउने उहाँहरु नै हो । अहिले धोका दिनुभयो । निर्वाचन […]
९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु अनशनमा बस्ने भएका छन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै बुधबारदेखि जिल्ला सभापतिहरुले २४ घण्टे रिले अनशन सुरु गर्न लागेका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार धर्नामा बसेका जिल्ला सभापतिहरुले पार्टीलाई थप दबाब दिन रिले अनशन […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड बेवास्ता गरे फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने चेतावनी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना सङ्क्रमण केही घटेपछि सङ्क्रमण दर स्थिर रहेको छ । ‘निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेको छ,’ मन्त्रालयले भनेको छ । सोमबार मात्र […]
नागरिक रैबार बाजुरा ७ भदौ । नेकपा एमाले विभाजनसँगै माधव नेपालको कमाण्डमा नेकपा (एकिकृत समाजवादी ) पार्टी निर्माण गर्ने गरि हालसम्म माधव नेपाल समूहमा खुलेका ५८ जना केन्द्रीय सदस्यहरु छन् । सूची यस्तो छ– माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, डा. बेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा. विजयकुमार पौडेल, डा. गंगालाल तुलाधर, […]
नागरिक रैबार/बाजुरा ६ भदौ ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको आईतबार मार्तडीको अपि होटेलमा बसेको पार्टीको पूर्ण बैठकमा दुई जना सचिवको टुँगो नलाग्दा बैठकको कार्यक्रम अध्यक्ष काली बहादुर शाहीले चलाएका छन् । नेकपा एमाले जिल्ला कमिटी सचिव बलदेब रेग्मी हुँदाहुँदै नेकपा माओबादी केन्द्रका सचिवलाई मनोनित गरेर दुई जना सचिव पार्टीले पाएसँगै यसो गरिएको एक जिल्ला कमिटी […]
काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरी नयाँ राजनीतिक यात्रा शुरू गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न पाउने सम्भावना रहेको नेपाल पक्षीय नेताहरूको दाबी छ । केही दिनअघि नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि नेता नेपालसँगै ५८ केन्द्रीय सदस्यहरूले निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले सनाखतका लागि बुधवारको समय […]
तत्कालीन नेकपा एमालेले आफ्नो सिद्धान्त बनाएको ‘जनताको बहुदलीय जनवाद’मा जनता भन्ने शब्द पछि थपिएको हो । सुरुवातमा यो सिद्धान्तको नाम बहुदलीय जनवाद थियो । मदन भण्डारी बहुदलीय जनवादको पक्षमा थिए भने सिपी मैनाली समूह नयाँ जनवादको पक्षमा थिए । नयाँ जनवाद पक्षधर समूहको चित्त बुझाउन जनता भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाइयो । पूर्वमालेको […]