होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कैलाली: पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन्। मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्याएको छ। मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ। खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ। दुई महिनाअघि प्रतिलिटर ३५० […]
कोरोना महामारी अवधिको दुई वर्षमा हिन्दी भाषीफिल्म निर्माण गर्ने बलिउड फिल्म उद्योगले ठुलो नोक्सान बेहोर्यो । कोरोना महामारीको दुई वर्षमा बलिउडले २१० अर्ब भारु घाटा बेहोर्यो । बक्स अफिस कमाइमा झन्डै ८० प्रतिशतले गिरावटले यो स्थिति निम्त्याएको थियो । सन् २०२२ मा पनि बलिउड फिल्म उद्योगले केही खास हुने आशा गरिएकोमा पहिलो ६ महिना त्यति […]
चालिस वर्ष उमेर व्यथित गरी एक्लो जीवन बिताइरहेका महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा त्यस्ता महिलाहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान राख्न सहमति जुटेको हो । त्यसैगरी सम्बन्ध विच्छेद […]
काठमाडौं । डोल्पाको दुनैमा नयाँ शाखा खोलेसँगै ग्लोबल आईएमई बैंक ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ । ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेश अन्तर्गत डोल्पाको ठूलीभेरी नगरपालिका–३, दुनै बजारमा आफ्नो २८९औं नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, […]
महेश कार्की ,बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका सबै सामुदायिक विद्यालयहरुमा र स्वास्थ केन्द्रमा फ्रीरी ईन्टरनेट सेवा जोडन गरिने भएको छ । शिक्षा क्षेत्रको गुणस्तर बढाउन र बिद्यालयलाई विश्वसँग जोडनका लागि इन्टरनेट सेवा जोडन गर्न लागिएको नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताउनु भएको छ । यस भन्दा अगाडी कोल्टी क्षेत्रमा सुबिसु,एडिसल ईन्टरनेट सेवा संचालनमा भए पनि […]
काठमाडौं । सरकारले इन्धनको खपत घटाउने चार महत्वकांक्षी योजना अघि सारेको छ । सवारी सधनको इन्जिन फेरेर विद्युतीय गाडीमा रुपान्तरण गर्नेेदेखि डिजेल तथा पेट्रोलमा इथानोल र सजिवन मिसाउने योजना छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पेट्रोलियम खपत कम गर्न र विकल्पमा जान सकिने सबै उपयकाबारेमा तत्काल र दीर्घकालिन कार्यहरुबारे छलफल गरेको थियो […]
काठमाडौं। सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो । यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ । सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० […]
काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक लगाएको छ । पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् । सोमबारबाट ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाएका छन् । महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुका अर्को निर्णय […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुगेका छन् । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले काटिदिएको भन्दै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताको ध्यानाकर्षण गराउन बोहरा काठमाडौं पुगेका हुन् । […]
एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड बाजुराले बाइक र्दुघटनामा परि मृत्यू भएका बलराज बराल (सुनार) की श्रीमती जयन्ति कुमारी शाहीलाइ चालिस लाख सात हजार एक सय एकाउन्न रुपैंया मृत्युदावी रकम भुक्तानी गरेको छ । एशियन लाइफ इन्स्योरेन्स क. लिं. बाजुराबाट बाइक र्दुघटनामा परि मृत्यू भएका स्व. बल राज बराल (सुनार) की श्रीमती श्री जयन्ति कुमारी शाही […]
नागरिक रैबार/बाजुरा १० असार । बुढीनन्दा नगरपालिकाले सातौँ नगर सभाबाट महत्वपूर्ण कार्यक्रम पारित गरेको छ । नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा संचालन भएको नगरपालिकाको सातौँ नगर सभामा २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुती गरिएको छ । सातौँ नगर सभबाट पारित भएका महत्वपूर्ण कार्यक्रम यी हुन नगर प्रमुख युवा स्वरोजगार कार्यक्रम प्रत्येक बिधालयमा […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजना समावेश गरेपछि विरोध भएको छ। प्रदेशसभा सदस्यदेखि सर्वसाधारणले पनि प्रदेश बाहिरका योजना बजेटमा समावेश गरेको भन्दै सरकारको विरोध गरेका छन्। प्रदेशको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा लुम्बिनी प्रदेशको दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ को सिरङगी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ गठबन्धनका प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरेपछि छलफल अघि बढ्न नसकेको हो । आर्थिक मामिला मन्त्रालयको अनुरोधका आधारमा बजेटमाथि छलफल गर्न ८ असारमा सभामुख अर्जुनबहादुर थापाले […]
काठमाडौँ,९ असार । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो ।इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब रु एक हजार ६०० मात्र कायम गरिएको छ । यसअघि रु दुई […]
काठमाडौंः वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गर्ने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन्। वायुसेवा सञ्चालक संघले आज बिहान ११ बजेपछि सबै उडान सञ्चालन गर्ने जनाएको छ। बुद्ध एयरले आज ११ बजेदेखि आन्तरिक हवाइ उडान सुचारु हुने जनाएको छ। […]
काठमाडौँ — बिहान–बेलुकै भान्सामा प्रयोग हुने खाद्यवस्तुदेखि पेट्रोलियम पदार्थसम्ममा भइरहेको मूल्यवृद्धिले सर्वसाधारण आहत बनिरहेका छन् । हरेक वस्तुको बजार भाउ जथाभावी बढिरहँदा सरकारले भने न अनुगमन र हस्तक्षेपमा चासो दिएको छ न उपभोक्तालाई राहत दिने कार्यक्रम ल्याएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार खाद्यान्न, निर्माण सामग्री र ढुवानी सेवाको मूल्य बढेको […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। दैनिक प्रयोगमा आउने खानेतेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल र दुग्धजन्य वस्तुको मूल्य भएको हो। कोरोनाको प्रभावले सर्वसाधारणको आम्दानी खुम्चिए पनि महङ्गी भने निरन्तर उकालो लाग्ने क्रम नरोकिँदा दैनिकी चलाउन मुस्किल हुन थालेको स्थानीय माया रोकायाले बताइन्। ‘महङ्गी निकै बढेर दैनिक खर्च चलाउनै मुस्किल हुन […]
काठमाडौँ — छिट्टै खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गरिने भएको छ । औद्योगिक प्रयोजन र घरायसी प्रयाेजनका लागि दुई थरी मूल्य लागू गरिने भएको हो ।औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा बिक्री गर्ने तयारी रहेको नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए । पत्रकार सम्मेलनमार्फत उनले यस्तो […]
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई भाडासमेत वृद्धि भएको छ । नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको हो । सोमबार एक सूचना जारी गर्दै संघले आन्तरिक हवाई उडानको फ्यूल सर्चाज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । नयाँ मूल्य अनुसार अब सबैभन्दा बढी काठमाडौँ–धनगढी […]
नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ।भरतपुर महानगरपालिका–२५ का सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ।एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए। उनले भने, ‘यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ। मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन्। उनले सातामा […]