होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१० भदौ, काठमाडौं । सरकारले १ सेप्टेम्बरबाट नियमित र चार्टर्ड दुवै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ । तर कोरोना भाइरसको महामारीका बीचमा हुन लागेको उडानका लागि थुप्रै शर्तहरू राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिबन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो । अब मलेसिया, टर्की, […]
पछिल्लो दिनमा सुनको मूल्य घट्दो क्रममा देखिएको छ । साताको पहिलो दिन आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ९७ हजार ९०० रुपैयाँ थियो भने मंगलबार ९७ हजार २०० रुपैयाँमा कारोबार भयो भने बुधबार थप […]
९ भदौ, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । यसअघिका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले राजीनामा दिएका थिए । बुधबारको मन्त्रिपरिषदको बैठकले रिक्त पदमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक समेत थिए । तर, काम सन्तोषजनक नभएको भन्दै नेपाल विद्युत प्रधिकरण सञ्चालक […]
नागरिक रैबार/बाजुरा ८ भदाै। बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा न ९ गैरीबजारका लाल बहादुर चँदारा ४ बर्षदेखी ओछ्यानमै थला परेका छन । उनी घरबाट बाहिर ननिस्केका ४ बर्ष पुरा भयो । कामको शिलशिलामा भारत गएका उनी २०७२ साल चैत्र २० गते मोटर साइकल दुर्घटनामा परी घाइते भएका थिए । उनको नयाँ दिल्ली स्थीत जयप्रकाश ट्रमा […]
काठमाडौं । राजश्व छलीका लागि नयाँनयाँ उपायहरु अपनाउन थालिएको खुलासा भएको छ । भन्सार नाकामा जाँचपास व्यवस्थित हुँदै गएपछि यस्ता नयाँ उपाय अपनाएर राजश्व छली गर्ने क्रम बढेको हो । त्यही क्रममा भारतीय ट्रकमा खुफिया कोठा (फल्स बटम) बनाएर राजश्व छली गर्न खोजेको पाइएको छ । भारतीय ट्रकमा छुट्टै नदेखिने क्याविन कोठा बनाएर कपडाको चोरी […]
जाजरकोट । छिमेकी मुलुक चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सिमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । तीन हजार क्विन्टल चामलको कोटा तोकिए पनि चामल ढुवानी हुन नसक्दा शहरतारा र तेन्जे बिक्री केन्द्रमा अहिलेसम्म एक गेडा चामल नपुगेको खाद्य […]
५ भदौ, काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने स्थानीय तहको संख्या ६९० पुगेको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार ६३ स्थानीय तहको बजेट भने अझै सार्वजनिक भएको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको एकीकृत विवरणअनुसार बजेट ल्याउन असफल स्थानीय सरकारमध्ये धेरैजसो प्रदेश नं २ मा छन् । यहाँ कुल १३६ स्थानीय […]
जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला जिल्लाका तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार दुई स्थानीय तहबाट झण्डै ६० टन स्याउ बजारसम्म पुगिसकेको छ […]
२ भदौ, काठमाडौं । गत फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै एउटा कहालीलाग्दो तथ्य उजागर गरेका थिए, ‘कुनै विकासे मन्त्रालयको ६६ प्रतिशत विकास बजेट बराबरको ठेक्का १८ वटा ठेकदारका हातमा छन् ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको अध्ययनले ऊर्जा मन्त्रालय बाहेकका भौतिक पूर्वाधार, सहरी विकास र खानेपानी मन्त्रालयका अधिकतम् मूल्यका ठेक्का […]
काठमाडौं । मरेको कुखुरा बेचविखनको मुद्दामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बीएण्डबी मिट मार्टलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । विभागबाट खटिएको बजार अनुगमनको टोलीले सोमबार उक्त फर्मले गुणस्तरहीन मासुको बिक्रीवितरण गरेको पाइएपछि कारबाही गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) बमोजिम गुणस्तरहीन बस्तु(मरेको कुखुराको मासु) बेचविखन गरेको पाएपछि सोही […]
२ भदौ, काठमाडौं । सरकारले हरेक दिन गरेको खर्च र संकलन भएको राजस्व विवरण सार्वजनिक गर्न छाडेको छ । यसअघि महालेखा नियन्त्रक कार्यालयबाट रियल टाइम विवरण सार्वजनिक हुने गरेको थियो । तर, चालु आर्थिक वर्ष शुरु भएपछिको पहिलो दिनबाटै महालेखाको उक्त विवरण देखिन थालेको छ । महालेखाका अधिकारीहरु प्रणालीमा सुधार गर्नु पर्ने भन्दै अहिले रियल […]
दोगडाकेदार गाउँपालिकाले गत आर्थिक वर्षमा छोरी जन्माउने २१३ आमालाई प्रोत्साहन भत्ता वितरण गरेको जनाएको छ । स्वास्थ्य संस्थामै छोरी जन्माएका ती आमाले रु एक हजारका दरले प्रोत्साहन भत्ता पाएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । उनले भने, “स्वास्थ्य संस्थामै छोरी जन्माएका आमा र शिशुको पोषण अवस्था सुधारका लागि उक्त रकम दिने गरेका […]
नागरिक रैबार/बाजुरा १ भदौ । बडीमालिका नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारी, शिक्षकको ५ दिनको तलव र जनप्रतिनिधिको ६ दिनको दलव कटाएर बडीमालिकाका बाढी पिडितलाई सहयोग गर्ने निणर्य गरेको छ । नगरपालिकामा आईतबार बसेको ५१ औं नगर कार्यपालिकाको बैठकबाट बाढी पहिरोका कारण घरबास बगाएका, छाना बगाएका एंव जनको क्षती भएका परिवारलाई घाउमा मलम स्वरुप सहयोगका लागि बडीमालिका […]
नेपालमा कृषिसँग टुटेको सम्बन्ध पुनस्र्थापित गर्ने मौकाको रूपमा कोरोना कहरलाई हेरिएको छ । कृषि क्षेत्रको पुनर्जागरणको मुद्दा देशमै कैयौँले रोजगारी गुमाएपछि र वैदेशिक रोजगारमा गएकाहरू धमाधम फर्कन थालेपछि बहसमा आएको छ । कोेभिड–१९ का कारण विश्व नै यतिबेला आक्रान्त छ । विश्वले अहिले आर्थिक र स्वास्थ्य सङ्कट एकै पटक सामना गरिरहेको छ । कोरोनाका कारण […]
जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन्। सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो। वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो। प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाका अनुसार जिल्ला प्रहरी कार्यालयका […]
नागरिक रैबार/बाजुरा २७ साउन। जिल्लाको सदरमुकाम मार्तडीको दुनिहाटबजारमा रहेको पुष्प जनरल स्टोरको हिलटप होटल नजिकैको गोदामबाट १० पेटी धारा तेल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रातिको मौका छोपेर विभिन्न समयमा पुष्प जनरल स्टोरको गोदामबाट १० पेटी धारा तेल चोरी गरेर मार्तडी बजारमै विक्री गरिरहेको अवस्थामा प्रहरीले बुढीगंगा नगरपालिका ५ का १८ […]
काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा १ लाख ३हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छ । […]
नहकुल जोशी/कोल्टी २२ साउन । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल काठमाण्डौको थानकोट निवासी गोकुल गिरीले स्वामीकार्तिक खापर गाउँपालिकाका लागि २ हजार ५ सय थान मास्क सहयोग गर्नुभएको छ । देउडा सर्जक, समाज सेवी गिरीले कोरोनाभाईरस नियन्त्रणका लागि सहयोग पुर्याउन भन्दै गाउँपालिकालाई सो संख्यामा मास्क सहयोग गर्नुभएको हो । उहाँले […]
काठमाडौं । सवारीसाधन बाहकले सवारी साधनको प्रयोग गरेबापत कर तिर्नुपर्ने विषय नौलो होइन । देश संघीय संरचनामा जानुभन्दा धेरै अघिदेखि यस्तो कर उठाउने व्यवस्था सुरु भएको हो । पहिले नेपाल सरकारले उठाउँदै आएको यो कर अहिले भने प्रदेश सरकारको कार्यक्षेत्रमा गएको छ । नेपालको संविधान २०७२ को अनुसुची ६ ले सवारी साधन करलाई प्रदेशको एकल […]
निमेन्द्र शाही/ बाजुरा २१ साउन –बाजुराको पूर्वाेत्तर क्षेत्रका ४ वटा स्थानीय तहमा खाद्यान्न संकट सुरु भएको छ । त्यस क्षेत्रमा रहेका खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडको कोल्टी डिपो र कवाडी डिपोमा खाद्यान्नको माैज्दात २ महिनादेखि शून्य छ । कोरोनाका कारण भारत र जिल्ला बाहिर रहेका मानिस भित्रिएसँगै जेठकाे दोस्रो साताबाट ती डिपोमा चामलको माैज्दात राख्न सकिएको छैन […]