होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२३, भदौ, काठमाडौं । मदिरा, वियर वा सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगले पैठारीकर्ता तथा बिक्रेतालाई उपहार दिन नपाउने भएका छन् । अन्तःशुल्क ऐन २०५८ मा गरिएको संशोधनपछि यस्तो व्यवस्था लागू कार्यन्वयनमा आएको आन्तरिक राजस्व विभागले जनाएको छ । नयाँ व्यवस्था अनुसार उत्पादकले आफ्ना पैठारीकर्ता र बिक्रेताका लागि छुट दिएर कम मूल्यमा त्यस्ता पदार्थ पनि विक्री […]
२३ भदौ, काठमाडौं । चारमहिने लकडाउनका बेला सरकारले जनताबाट कर उठाउन पाएन । लकडाउनकै वीचमा कर उठाउन खोज्दा सर्वोच्च अदालतमा मुद्दा पर्यो । र, अदालतले लकडाउन खुलेको एक महिनापछि मात्रै कर लिन पाउने आदेश दियो । सरकारले साउन ७ गते लकडाउन अन्त्य भएको घोषणा गर्यो । लकडाउनको अवधिमा पनि सरकारले सूचना निकालेर फाट्टफुट्ट कर उठाइरहेकै […]
२२ भदौ, काठमाडौं । अब फरक-फरक मोबाइल सेवा सेवा प्रदायकका प्रयोगकर्ताले पनि एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन् । ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न सबै सेवा प्रदायकमा अब एउटै प्रयोग हुने सर्ट कोड हुने भएको छ । यो सँगै तोकिएका प्रयोजनमा हाल प्रयोगमा रहेका सर्ट कोडहरु एकवर्षभित्र परिवर्तन […]
काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रणमा खर्च गर्न मिल्ने गरी नियमावली संशोधन गर्न लागिएको छ । तर, यो नियमावली अहिलेसम्म मन्त्रिपरिषदमा अड्किएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमावली संशोधन प्रस्ताव गरेको हो । हालको नियमावली प्राथमिकीकरणको चौथो नम्बरमा […]
२२ भदौ, काठमाडौं । २०७५ फागुन २ गते एकान्तकुनामा सरकारले ‘पानीजहाज कार्यालय’ स्थापना गर्यो । कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘पानीजहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस्, टिकट पाइन्छ ।’ तर, कार्यालय खुलेको डेढ वर्षसम्म कानून बनाउने र जलमार्गको अध्ययनका लागि परामर्शदाता छान्ने प्रक्रियासमेत सकिएको […]
बाजुरा। बाजुरा जिल्लाको बडिमालिका खवरको पहलमा बुढिनन्दा नगरपालिकाका बिभिन्न ८ परिवारलाई राहत साम्रगी बितरण गरिएको छ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न २ र १ बिपन्न तथा असक्त गरि ८ परिवारलाई राहत साम्रगी बितरण गरेको हो । बिभिन्न सहयागीहरुको सहयोग तथा बडिमालिका खवरको समन्वयमा अति बिपन्न तथा असाय परिवारलाई राहत साम्रगी बितरण गरिएको बडिमालिका […]
नागरिक रैबार/बाजुरा २१ भदौ । बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले स्वदेशमै केही गरि खाने युवाहरुले आफ्नो ठाउँको यसरी नै माटो चलाए पुग्ने बताएका छन् । शनिवार दिउँसो बडीमालिका नगरपालिका वडा नं. ९ स्थित अनाई खोलाको किनारमा व्यवसायीक रुपमा टमाटर खेति गरिरहेकी माया विकको तरकारी खेतीको अवलोकन गर्दै सो कुरा बताएका हुन् । […]
काठमाडौं, २१ भदौ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमका खेलाडीको एक बर्षदेखि रोकिएको तलब पठाउन सुरु गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट रकम प्राप्त भएसँगै क्यानले एक वर्षबाट रोकिएको तलब खेलाडीको खातामा पठाउन थालेको हो । आइतबारबाट खेलाडीको तलब उनीहरुको खातामा जम्मा गर्न थालिएको क्यानले जनाएको छ । क्यानले खेलाडीको बैंक खातामा तलब पठाउने […]
नागरिक रैबार/बाजुरा १९ भदौ। त्रिभुवन विश्व विद्यालयका चर्चित विद्यार्थी युवा हेमराज थापाले बाजुराको बडीमालिका नगरपालिका वडा नं. २ स्थित घाघरका बाढीपिडित परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेका छन् । गत साउन २५ गते बुढीगंगा नदिमा आएको बाढीका कारण विस्थापित बनेका घाघरबासीलाई शुक्रबार गाउँमै पुगेर उनीहरुलाई खाद्यन्न वितरण गरेका हुन् । खप्तड मालिका युवा संजालको पहल […]
मिडिया ट्रायलले असफल र असक्षम अर्थमन्त्रीको विल्ला भिराएका डा. युवराज खतिवडाको यसपटक अर्थमन्त्री पद बच्न सकेन । राष्ट्रियसभामा वामदेवको इन्ट्रिसँगै अर्थतन्त्रका ज्ञाता अर्थमन्त्रीको पद सकिने निश्चत भइसकेको छ । उनको कार्य अवधि भोलि (भदौ २०) सम्म हो । डा. युवराज खतिवडालाई देशले २०७४ फागन १४ गते अर्थमन्त्रीको रुपमा पायो । ओली सरकारको क्याविनेटमा खतिवडा अटाउनुलाई […]
काठमाडौँ – आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन् । स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले सञ्चालनमा अनिच्छा देखाएका हुन् । कोभिड–१९ सङ्क्रमित दैनिक बढ्दै गएकाले यसै भन्न नसकिने अवस्था नरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । यातायात व्यवस्था विभागले पनि […]
निमेन्द्र शाही/बाजुरा १७ भदाै। सदरमुकाम मार्तडीका ब्यापारीले आफु संग पछिल्लो समय मैजात सामान नभएकोले ग्राहकहरुको आवश्यकता अनुसार सामान दिन नसकेको बताएका छन्। अब चाँडो बाटो नखोलेमा पसल बन्द गर्नु पर्ने गुनासो गरेका हुन्। असार पहिलो साता बाट साँफे मार्तडी सडक खण्ड पहिरोका कारण अबरुद्धभएका कारण सदरमुकाम मार्तडी आउँने कुनैपनि सामाग्री आउँन सकेको छैन। यहि समयमा […]
मनाङ – मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ ।मनाङ एग्रो प्रालिका पोल्देन छोपाङ गुरुङले मनाङमा उत्पादन गरेको स्याउ अहिले विश्व बजारमा पुगेको छ । ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै उनले गाउँपालिकासँग थप जग्गा भाडामा लिएका छन् । सात्ताइस वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी भाडामा लिएको जग्गामा […]
काठमाडौं । बीमा समितिले हालसम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बताएको छ बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमलेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको बताए । त्यसबापत अहिले सम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको पनि अध्यक्ष चापागाईंले बताए । बीमा समितिले वैशाख ४ […]
१४ भदौ, काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७६/७७मा झण्डै एक अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको भन्ने आरोप खेपिरहेको नेपाल विद्युत प्राधिकरणले गत आवमा ९५ करोड ७० लाख रुपैयाँको विद्युत भारत निर्यात गरेको हो । यसले देश विद्युतमा आत्मनिर्भरतातर्फ अगाडि बढेको संकेत गरेको प्राधिकरणले जनाएको […]
नागरिक रैबार बाजुरा १२ भदौ काठमाण्डौंमा अलपत्र परेको बुढीनन्दा नगरपालिका १ पीपलडालीकी शुसिला सार्कीको परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ पिपलडाली शार्कीको ६ जनाको परिवारलाई बाजुरा सेवा समाजले आज काठामाण्डौमा खाद्यन्न सहयोग गरेको हो । शार्कीको परिवार बाजुराबाट करिव ९ महिना अगाडी उपचारको क्रममा काठमाण्डौ गएका थिए । […]
काठमाडौं : उद्योगीपति एवंम् सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।उनले शुक्रबार आफ्नो ट्विट गर्दै आफूलाई कोरोना पुष्टि भएको उल्लेख गरेका छन्। तर उनले आफूमा कुनै लक्षण नभएपनि आईसोलेसनमै बसिरहेको बताउँदै चिकित्सकको सल्लाहमा रहेको जनाएका छन्।उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गराउन समेत अनुरोध गरेका छन्।
१२ भदौ, काठमाडौं । नेपालमा अब निजी प्रयोजनका लागि जहाज खरीद गर्न सकिने भएको छ । सरकारले निजी जहाज आयात गरी सञ्चालनमा ल्याउन सकिने गरी नीति बनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदामा यस्तो प्रावधान समेटिएको छ । सरोकारवालाको राय लिएर पास गर्ने प्रक्रियामा रहेको […]
११ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिबारे सामाजिक सञ्जालमा भइरहेका चर्चाबारे मुख खोलेका छन् । बिहीबार साँझ एक विज्ञप्ति निकालेर आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफूलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सम्प्रेषण नगरिदिनु आग्रह गरेका छन् । ‘मेरो ४ […]
नागरिक रैबार/बाजुरा ११ भदौ। बाजुरा जिल्लाका कृषकहरुको बारीमा फलेका स्याउ अव बारी बाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस वर्षपनि कृषकहरुको बारीबाटै स्याउ ढुवानी गरेर स्वाउको बजारीकरण गरिने भएको हो । कृषि ज्ञान केन्द्र बाजुराले कृषकको बारीबाटै स्याउ ढुवानीका लागी नगद अनुदान उपलव्ध गराउने भएकोले स्याउ ढुवानी […]