होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
शनिवार सार्वजनिक गरिएको आव २०७७–०७८ को बजेट वक्तव्यमार्फत सरकारले कोभिड महामारीका कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याएको छ । मासिक २० हजार लिटरसम्मको खानेपानीको महसुल यसै महिनादेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले निःशुल्क उपलब्ध गराउने व्यवस्था बजेटले गरेको छ l यसैगरी निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार […]
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९मा सरकारले गर्ने कामहरुको लागि आधारभूत नीतिहरु सार्वजनिक गरेका छन् । संविधानअनुसार राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुपर्ने थियो । तर, संसद विघटन गरिएपछि कामचलाउ भएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन तयारी गरिरहेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट जारी […]
अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४.१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन रहेको बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४.१ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने बताएका छन्। सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्याङ्क विभागले भने ४.१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो। आर्थिक बृद्धिदरमा मात्र पछि […]
१३ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगका नौ पूर्वउपाध्यक्षहरुले अध्यादेशबाट बजेट नल्याउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वउपाध्यक्षहरुले संविधान अनुसार १५ जेठमै बजेट ल्याउनु पर्ने बाध्यकारी व्यवस्था भएपनि अध्यादेशबाट भने बजेट ल्याउन नहुने बताएका छन् । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि मुलुकमा अर्को संवैधानिक संकट र […]
नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७७/७८) को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणको तथ्याङ्कअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा […]
काठमाडौं । संसद विघटन गरेर चुनाव घोषणा गरेको कामचलाऊ सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशबाट ल्याउँदैछ । संघीय संसदमा प्रवेश नै नपाएको आर्थिक वर्षको बजेट अब सिधै अध्यादेशबाटै आउने पक्का भएको छ । प्रधानमन्त्री ओलीले बजेट अध्यादेशमार्फत ल्याउने उद्घोष गरिसकेका छन् । अध्यादेशमार्फत बजेट आउँदै गर्दा यतिखेर विपक्षी दल, अर्थविददेखि आम सर्वसाधारणसमेत सरकारसँग सशंकित […]
काठमाडौं । गत शुक्रबार मध्यरातमा संसद् विघटन गरिएसँगै उत्पन्न संवैधानिक एवम् राजनीतिक जटिलताले बजेट समेत प्रभावित हुने आशंका उत्पन्न भएको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संयुक्त सदनको बैठकमा नयाँ आर्थिक वर्षका लागि राजस्व र व्ययको अनुमान अर्थात् बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । संविधानको धारा ११९ मा नेपाल सरकारका अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षका […]
१० जेठ, टीकापुर । कोरोना संक्रमण नियन्त्रणका लागि कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि किसानलाई भने समस्या भएको छ । निषेधाज्ञाका कारण वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन् । निषेधाज्ञा अघि कैलालीका विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भए पनि निषेधाज्ञापछि मल बिक्री बन्द हुँदा किसान मारमा परेका हुन् […]
९ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विकास निर्माणका आयोजनालाई गति दिन नसक्दा बजेट खर्चको अवस्था पनि दयनीय रहेको पाइएको छ । संघीय सरकारले दिएको अनुदान समेत गरेर चालु र पुँजीगततर्फ ३४ अर्ब २० करोड ९७ लाख स्वीकृत बजेट रहेकोमा प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहेका बेला न्यून बजेट खर्च […]
आगामी बजेट आउन अब एक साता बाँकी छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमले आगामी बजेट अध्यादेशमार्फत आउने निश्चित भएको छ । प्रतिनीधिसभा नै विघटन भएपछि कामचलाउ सरकारले अध्यादेश मार्फत बजेट ल्याउने हो । संविधानको धारा ११९ को उपधारा ३ बमोजिम अर्थमन्त्रीले प्रत्येक वर्षको १५ जेठमा संघीय संसदमा बजेट पेस गर्नुपर्ने व्यवस्था छ । संविधानले नै […]
२ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को १० औं महिना (साउन-वैशाख) पुरा भएको छ । यसअविधमा विकास (पुँजीगत) खर्च भने करिब ३६ प्रतिशत मात्रै छ । यसले यो वर्ष पनि नेपालको आर्थिक वृद्धि र पुँजी वृद्धि प्रभावित हुने निश्चित भएको छ । खासगरी यो वर्ष सम्पन्न हुने भनिएका राष्ट्रिय गौरवका आयोजना समेत कोरोना […]
आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले अर्को मन्त्रालयको पनि जिम्मेवारी पाएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा समेत शाहले प्राप्त गरेका हुन्।त्यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन्। यसअघि भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको थियो भने आर्थिक मामिला तथा योजना […]
काठमाडौँ– सगरमाथा आरोहणका क्रममा दुई विदेशी नागरिकको मृत्यु भएको छ ।सगरमाथा चढ्न गएका स्वीट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको हो। उनीहरू ट्राभल एजेन्सी सेभेन समीटबाट सगरमाथा आरोहणका लागि गएका थिए। दुबै जनाको मृत्यु भएको सेभेन समीटले पुष्टि गरेको छ। सेभेन समिटका अनुसार अब्दुल सगरमाथा चुचुरोमा पुगेर फर्किने […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बुढीगंगा नगरपालिकामा कोरोना नियन्त्रण तथा रोकथामका लागि सिदार्थ बैंकले २ लाख सहयोग गरेको छ । कोभिड-१९ को दोस्रो लहर तिव्र रुपमा फैलिएपछि कोरोना नियन्त्रण र रोकथामका लागि भन्दै नगरपालिकालाई सिद्धार्थ बैकले २ लाख रकम सहयोग गरेको हो । कोभिड-१९ को दोस्रो लहरमा नगरपालिका भित्र आइसोलेसन निर्माण, संक्रमितहरुको उपचार र अन्य ब्यबस्थापनका […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बाजुरामा शाखा विस्तार गरिए सँगै शाखाको सेवा ७६औं जिल्लामा सूचारु भएको ग्लोबल आईएमई बैंक लिमिटेड बाजुराका शाखा प्रबन्धक शुवास शर्माले वताएका छन् । मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ […]
२३ वैशाख, काठमाडौं । नेपालमा स्तरीय प्रसारणलाइनको अभावमा वर्षमा ३८ करोड मूल्य बराबरको बिजुली खेर जाने गरेको छ । विभिन्न १८ जलविद्युत आयोजनाले कमजोर प्रसारणलाइनको क्षमताका कारण वर्षमा ९५.६१ गिगावाटआवर बिजुली खेर फाल्नु परिरहेको छ । औसत दर ४ रुपैयाँ प्रतिकिलोवाटआवरका दरले हिसाव गर्दा यसको मूल्य रु. ३८ करोड २४ लाख ५९ हजार ३८५ हुने […]
काठमाडौं। नेपाल कृषि प्रधान देश हो। नेपालमा अहिले पनि करिब दुईतिहाई जनसंख्या कृषि पेशामा निर्भर छन्। यसरी हेर्दा कृषि क्षेत्र देशको मेरुदण्ड नै मान्नुपर्छ। तर, देशमा जम्मा ३४ प्रतिशत मात्र कुल उत्पादन हुन्छ भने बाँकी अन्य देशको भर पर्नु पर्ने बाध्यता छ। नेपालमा करिब ८० प्रतिशत नागरिक ग्रामिण क्षेत्रमा बसोबास गर्दै आएको सरकारी तथ्यांकले देखाउँछ। […]
काठमाडौँ — शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ५ अर्ब ६ करोड रुपैयाँ बजेट विद्यालयका खुद्रे कार्यक्रममा सक्ने योजना तय गरेको छ । उक्त बजेट आर्थिक वर्षको अन्तिममा देशभरका ४ हजार २ सय ५० विद्यालयमा खर्च गर्न लागिएको हो । ५ अर्ब ६ करोड रुपैयाँ ४ हजारभन्दा बढी विद्यालयलाई बाँड्दा एउटा विद्यालयको भागमा करिब १२ लाख पर्न […]
९ वैशाख, काठमाडौं । देशको ठूलो हिस्सा आज पनि कृषिमा निर्भर छ । मुलुकको पालनपोषण गर्ने भरपर्दो क्षेत्र कृषि नै हो । त्यसैले नेपाल आज पनि कृषिप्रधान देश भनेर मानिन्छ । तर आगामी आर्थिक वर्षको बजेटमा कृषकले पाउने सेवासुविधा कटौती हुने भएको छ । अर्थ मन्त्रालयले नयाँ बजेटमा कृषिले पाउने बजेट सीमा घटाइदिएपछि नियमित कार्यक्रम […]
धनगढीः चालु आर्थिक वर्ष २०७७/७८ का लागि सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रका लागि तीन/तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरेको छ। विनियोजित उक्त बजेट चालु आर्थिक वर्षको अन्तिम चौमासिकमा खर्च गर्ने परिपाटी भने कायमै छ। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाभित्र ३२ ओटा निर्वाचन क्षेत्र छन्। बजेटको अख्तियारी माघ […]