होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मुस्ताङबाट यसपालीको दसैं तिहारमा ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दसंैमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङग्रा निकासी भएको जानकारी […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही कात्तिक पहिलो साता धुलिखेलस्थित साहसिक खेल ‘जीपलाइन’मा रमाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड जीपलाइनमा जत्ति रमाए, त्यसको दोब्बर खुशी खेलका सञ्चालकहरुमा देखिएका छन् । कारण थियो, कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सङ्कटमा परेको पर्यटन क्षेत्रमा एकाएक तरङ्ग पैदा भइदिनु । आरामका लागि परिवारसहित सिन्धुपाल्चोकको सुकुटे गएर बसेका अध्यक्ष […]
काठमाडौं १८ कात्तिक। आज धेरै नेपालीको घरमा लक्ष्मीपूजा हुँदैछ । धनधान्यले सम्पन्न हुन लक्ष्मीमाताको आराधना हुँदैछ । तर धन सम्पत्तिका लागि यसरी आराधना गर्ने नेपाली समाजमा त्यही सम्पत्तिको मानक नेपाली नोटको जतन गर्ने संस्कार भने फिटिक्कै छैन । खासगरी हरेक वर्ष दशैंका बेलामा नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउँछ । यो वर्ष पनि साना […]
नेपाल एयरलाईन्स ले सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भाडा घटाएको छ ।यस अघी अछाम देखी धनगढी को भाडा ३९०० कायम गरेको मा आईतबार बाट नयाँ भाडादर पुरानो भाडामा १०२५ भोली बाट हुने उडानमा प्रती व्यक्त्ती भाडा रु २८८५ मात्र कायम हुने कुरा नेपाल एयरलाईन्सका धनगढी-अछाम का लागि सम्पर्क व्यक्त्ती एंवम होटल साँफेबगरा धनगढी बसपार्क का संचालक […]
दाङमा आठ जुवाडे पक्राउ परेका छन् । शुक्रबार पक्राउ गरिएका उनीहरुलाई शनिवार प्रहरीले सार्वजनिक गरेको हो । शुक्रवार दिउँसो प्रहरी निरीक्षक रञ्जनबहादुर स्वाँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुल्सीपुर–६ रजौरा टोलको एक खाली घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट झण्डै दुई लाख नगद समेत बरामद गरिएको जनाएको छ । पक्राउ […]
धनगढी : धनगढी बजार क्षेत्र भारतीय माग्नेहरुको अखडा बन्दै गएको छ। सडकमा हिँडिरहेका व्यक्तिमाथि बाटो छेऊ बसेर माग्ने र उस्तै परे शरीरमै झुण्डिएर माग्ने बानी परेकाबाट धनगढीवासी आजित बनेका हुन्। झुत्रा कपडासहित एक /दुई महीनाका बच्चा च्यापेर सडकमा सहानुभूतिको व्यापार गरिरहेका प्रति मानवीयता दर्शाउनु स्वाभाविक भए पनि शरीरमै झुन्डिएर आजित पार्न थालेका हुन्। भारतबाट परिवारसहित […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। कार्तिक २ गते बेमौसमी वर्षासंगै जुड्डी खाेलामा आएकाे बाढीले जगन्नाथ गाउँपालिकाकाे कार्यालय बगाउँदा साढे ४ कराेडकाे क्षति भएकाे छ । बेमौसमी बर्षासँगै जुड्डी खाेलामा आएकाे बाढीले गाउँपालिकाकाे भाैतिक संरचनासंगै कार्यालयका सामाग्री सहित साढे ४ कराेडकाे क्षति भएकाे गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन् । बेमौसमी वर्षासंगै जुड्डी खाेलामा आएकाे बाढीले […]
कात्तिक १२ पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको बताएका छन् । पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न […]
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक खर्चलाई मितव्ययी बनाउन अर्थ मन्त्रालयले मापदण्ड तोकेको छ । तोकिएको मापदण्ड अनुसार विदेशी अतिथि तथा पाहुनाका लागि बाहेक सरकारी खर्चमा भोज भतेर गर्न रोक लगाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो । नियमित प्रकृतिका कामलाई […]
बाजुरा। सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा सडक सञ्जालबाट बाहिर भएको चार महिना भएको छ। गत असारमा भएको वर्षाका कारण अवरुद्ध भएको साँफे-मार्तडी सडक सुचारु नहुँदै फेरि भत्किएको छ। गत हप्ता तीन दिनसम्म परेको अविरल वर्षाका कारण उक्त सडक खण्ड ठाउँ–ठाउँमा अवरुद्ध भएको थियो। दर्जनबढी स्थानमा पहिरो खस्दा अवरुद्ध भएको सडक पूर्ण रुपमा सञ्चालन हुन अझै समय […]
प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ। यसको भाग लगाउँदा हरेक नागरिकको भागमा ५६ हजार ६ सय ८३ रुपैयाँ पर्न […]
अरुण गाउँले/बाजुरा ७ कार्तिक। बुढीगंगा नगरपालिका साविकको बाह्रविसमा स्थापित सुर्योदय बहुउद्देश्यीय सहकारीको भवन निर्माणमा लागेका कामदारले २ वर्ष वित्न लाग्दा समेत ज्याला नपाएको बताएका छन् । २०७६ सालमा सहकारीको भवन निर्माण कार्य गरिसक्दा समेत सहकारीले अहिलेसम्म भवन निर्माणमा खटिएका २० जना कामदारको ज्याला नदिएको कामदार खड्क विष्टले गुनासो गरेका छन् । सहकारीको भवन निर्माणको जिम्मा […]
धनगढी : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज धनगढडीबाट सुदूरपश्चिमका दुई पहाडी जिल्लामा उडान भर्ने भएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने जानकारी दिए। ‘नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी छ,’ भट्टले भने, ‘डोटीको मौसम राम्रो छैन। डोटीको उडानमा केही […]
धनगढी : धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भोलिदेखि उडान भर्ने भएको छ। उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भोलि पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने जानकारी दिए। ‘नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी छ,’ भट्टले […]
काठमाडौँ — बेमौसमी वर्षापछि आएको बाढी र हुरीले १६ जिल्लामा मात्रै ७ अर्ब २२ करोड रुपैयाँ बराबरको दुई लाख ५८ हजार ९२ टन धानमा क्षति पुर्याएको छ । लुम्बिनीका १०, प्रदेश १ का तीन र सुदूरपश्चिमका दुई जिल्लाबाट उक्त परिमाणमा धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक विवरण छ । धान उत्पादन हुने मुख्य पकेट […]
काठमाडौं १ कात्तिक । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा […]
नागरिक रैबार/बाजुरा १ कात्तिक । बाजुरामा आईतबार साँझबाट परेको अविरल बर्षाका कारण पाकेको धानवाली नष्ट पारेको छ । खेतमा पाकेको धान भित्र्याउने बेला परेको अविरल वर्षाका कारण धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढालेको छ । पाकेको धान भित्र्याउने समयमा पानीले क्षति पुर्याइ दिएपछि दैनिक […]
काठमाडौँ — सरकारले यसपटकको दसैंमा पाँच लाख गरिब परिवारलाई राहत दिने घोषणा गरेको थियो । तर, अहिलेसम्म राहत रकम वितरण भएको छैन । सरकारले गरिबलाई राहत दिने आशा देखाएर निराश पारेको छ । सरकारी घोषणापछि राहतको रकमले दसैं मनाउने योजना बनाएका गरिब परिवार राहत नपाएपछि निराश बने । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारको अध्यादेश बजेटमा […]
काठमाडौं । दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् । आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । उनका अनुसार आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ । काठमाडौं उपत्यकासहित देशभर फुलपातिदेखि बैंकहरु बन्द थिए ।
धनगढीः दसैँमा पनि बैंकहरूले सेवालाई निरन्तरता दिएका छन्। बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने जनाएका छन्।चाडबाडको बेला सेवाग्राहीको सहजताका लागि बैंकिङ कारोबारलाई निरन्तरता दिइएको सम्बन्धित बैंकहरूले बताएका छन्। सुदूरपश्चिममा बैंकहरू खुल्ने दिन र समयतालिका यस प्रकार छ। सुदूरपश्चिमः एनआइसी एशिया बैंक बैंक खुल्नेः बिहान ११ देखि दिउँसो २ बजेसम्म सप्तमी–धनगढी चौराहा, महेन्द्रनगर, बौलिया, […]