होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अन्ततः पेट्रोलियम पदार्थको कर घट्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउन लागिएको हो । यही जेठ १० गते बसेको मन्त्रिपरिषद्को निर्णयले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक सहमति दिएको अर्थमन्त्रालयले जनाएको छ । यद्यपि, कुन […]
काठमाडौँ — सरकारले बढ्दो व्यापार घाटा कम गर्न तीन महिनाभित्र योजना निर्माण गरी क्षेत्रगत कार्यान्वयन गर्ने बताए पनि कार्यक्रम सबै अलपत्र परेका छन् । आयातनिर्यातको खाडल बर्सेनि बढ्न थालेपछि रुग्ण तथा बन्द उद्योग सञ्चालन गर्ने, अनुदान दिने, सस्तोमा ऋण प्रवाह गर्ने, स्वदेशमै पेट्रोलियम पदार्थको उत्खनन गर्नेदेखि स्वदेशमै खाद्यवस्तुको उत्पादन बढाएर मूल्यवृद्धि नियन्त्रणलगायत दर्जनौं कार्यक्रम सार्वजनिक भएका […]
आगामी जेठ १ गतेदेखि बैंकहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । यसअघिको सरकारी निर्णय सातामा दुई दिन, शनिबार र आइतबार विदा दिने निर्णय भएसँगै बैंकहरू पनि सो दिन बन्द हुने भएका हुन् । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको […]
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ तोकिएको छ । आइतबार ९८ हजार ६ सयमा छापावाल र ९८ हजार एक सय रुपैयाँमा तेजावी […]
काठमाडौं, बैशाख २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा बस्नेगरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेकी छन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सो सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशन आह्वान गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाउने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार […]
काठमाडौं, २३ बैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । २२औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरी विभिन्न ९ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ […]
काठमाडौं । स्थानीय तहको निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने भएको छ । बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार समेत सो दिन कम्पनीका कुनै पनि उडान हुने छैनन् । निर्वाचनको दिन सबै सार्वजनिक यातायात बन्द हुने छन् । […]
काठमाडौँ — नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड रुपैयाँ (६५९ मिलियन डलर) बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा यहाँस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी) निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक […]
काठमाडौं । नेपाल टेलिकमका आधाभन्दा बढी मोबाइल डेटाका प्रयोगकर्ता थ्रीजीमै आश्रित रहेको देखिएको छ । गत माघ २०७८ सम्मको विवरणका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको ‘एमआईएस प्रतिवेदन’का अनुसार टेलिकमका १ करोड ९३ लाख डेटा प्रयोगकर्तामध्ये ९९ लाख ९५ हजार प्रयोगकर्ता थ्रीजीमै छन् । टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ९३ लाख ०८ हजार पुगेको छ […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालको पहाडी भूभागमा पर्यटक आकर्षित गर्न केवलकार परियोजनालाई प्राथमिकता दिन सुझाव दिएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी सुझाव दिँदै महासंघले यस्तो बताएको हो । नेपालको ६८ प्रतिशत भूभाग रहेको नेपालमा केवलकार परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख छ । महासंघले २००, ५०० र २००० रुपैयाँका […]
नेपालमा आवश्यकता भन्दा अधिक मात्रामा प्रयोग गरेको पाइएको छ । नेपालमा अधिक मात्रामा नुनको उपभोग गर्ने प्रतिदिन बढ्दै गए पनि सरकारले आवश्यक कुनै कदम चाल्न सकेको छैन । करिब डेढ वर्षअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोडिनयुक्त नुन अधिक मात्रा सेवन हुँदै आएकाले जनस्वास्थ्यमा ठुलो असर पुर्याउने बताउँदै आयोडिनको मात्रा घटाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, […]
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७८/७९मा आयात २० खर्ब रुपैयाँमा पुग्ने प्रक्षेपण गरेको छ । विभागले निर्यात ३ खर्ब २० अर्ब पुग्ने अनुमान गरेको छ । यो अनुमानअनुसार वैदेशिक व्यापार भएमा व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने देखिएको छ । विभागले वैदेशिक व्यापारले पनि आर्थिक वृद्धिमा सघाउने भन्दै बढढेको आयात र […]
काठमाडौं । दोेस्रो सातामा प्रदर्शनरत फिल्म ‘ए मेरो हजुर ४’ले ४ करोड १० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।बिहीबार निर्माण टीमले सार्वजनिक गरेको विवरणअनुसार फिल्मले ४ करोड १० लाख रुपैयाँको कुल आम्दानी गरेको हो ।फिल्मको आम्दानी सार्वजनिक गर्दै चलचित्रका निर्देशक झरना थापाले साथ दिने दर्शकलाई धन्यवाद दिएकी छन् ।सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल […]
नागरिक रैबारर/ बाजुरा ८ बैशाख । बाजुराकाे काेल्टीमा पनि राष्ट्रिय बाणिज्य बैंकले एटीएम सेवा सूचारू गरेकाे छ । हिजाे मात्र सदरमुकाम मार्तडीमा रहेकाे राष्ट्रिय वाणिज्य बैंकमा एटीएम सेवा सूचारू गरेकाे साे बैंकले आजबाट काेल्टीमा रहेकाे शाखामा समेत एटीएम सेवा सूचारू गरेकाे हाे । यस अघि बाजुराको कोल्टी क्षेत्रमा रहेको राष्ट्रिय बाणिज्य बैंक कोल्टी शाखामा आर्थिक […]
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तहको चुनाव जिते महिलाहरुलाई उद्यम गर्न १० वर्षका लागि एक करोडसम्मको ऋण दिने प्रतिवद्धता जनाएको छ । जसपाले तयार पारेको स्थानीय तहको चुनावी घोषणापत्रमा भनिएको छ, ‘महिलाहरुलाई उत्पादनमूलक तथा रोजगारीमूलक उद्यम गर्न चाहेमा १० वर्षका लागि एक करोडसम्म रुपैयाँ ऋण दिने र त्यसको ब्याज पाँच प्रतिशत मात्र गरिनेछ ।’ […]
काठमाडौँ — सरकारले इन्टरनेट सेवामा लगाउँदै आएको करको दर पुनरावलोकन गर्ने जनाएको छ । यसका लागि सरोकारवाला निकायले उठाउँदै आएका मुद्दा र विद्यमान कानुनलाई समयानुकूल बनाइने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । यसलाई लिएर आफूहरू आशावादी बनेको इन्टरनेट सेवा प्रदायकहरूको भनाइ छ । ‘वर्तमान सरकारले इन्टरनेटमा करको दर पुनरावलोकन गर्ने नीति लिएको छ,’ क्यान इन्फोटेकको २७औं […]
नागरिक रैबार/ बाजुरा ७ बैशाख । राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखाले एटिएम सेवा सूरु गरेको छ । जिल्लाकै पहिलो बैंकका रुपमा स्थापित रावाबैंक बाजुरा शाखाले आजबाट ग्राहकहरुका लागि एटिएम सेवा संचालन गरेको । जिल्लामा पछिल्लो समय स्थापना भएका अन्य बैंकहरुले एटिएम सेवा संचालन गरेका भएपनि रावाबैंकले भने धेरै समयपछि एटिएम सेवा सुरु गरेको हो । […]
काठमाडौं, ६ बैशाख । नेपाल टेलिकमले ‘अल टाइम अल नेट भ्वाइस प्याक’ सहितको स्प्रिङ अफर ल्याएको छ । कम्पनीले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असिमित कुराकानी गर्न मिल्ने यस्तो अफर ल्याएको हो । सोमबारदेखि उपलब्ध भएको यो अफरमा कम्पनीले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरेको छ । टेलिकमको अनुसार अबदेखि […]
काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गरेर चुनावी मुद्दा बनाएको आरोप लगाएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भेट गर्दै मन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल एमालेतर्फ संकेत गर्दै यस्तो धारणा राखेका हुन् । परिसंघको टोलीसँगको भेटमा अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलना नै गलत भएको बताएका थिए । ‘नेपाल […]
काठमाडौं । अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ । सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । ३० चैत २०७८मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ […]