होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १० असार । जिल्लाको बुढीगङ्गा नगरपालिकाको आठौं नगरसभाले जम्मा ६१ करोड ७६ लाख को बजेट ल्याएको छ । जस मध्ये ५२ करोड ५१ लाख पुजिगत र ९करोड पैसठ्ठी लाख चालु बजेट अनुमोदन गरेको छ भने नितिगत रुपमा यस नगरपालिकाको आर्थिक एन ,स्थानिय भु-उपयोग नीति लगायत २१ वटा कार्यबिधी निर्माण गर्ने निर्णय भएको छ […]
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले जिल्ला निर्वाचन कार्यालय हटाउने र जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने सरकारको मनसाय नरहेको बताएका हो । सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को […]
नेपाली कांग्रेसका सांसद गगन थापाले करको दर हेरफेरबारे नियमन गर्न राजस्व बोर्ड बनाउन सरकारलाई सुझाव दिएका छन्।आइतबार आर्थिक वर्ष ०८०/०८१ का लागि सरकारले ल्याएको बजेटमाथिको छलफलमा बोल्दै थापाले बजेट निर्माण र यसमाथि सल्ला सुझाव दिने जिम्मेवारी दिइने गरी राजस्व बोर्ड गठन गर्न सुझाएका हुन्। यसो गर्दा वर्षेनी आउने कर हेरफेरको विवाद पनि नआउने उनले बताए। […]
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डा. महतले १४ गते राती अनधिकृत व्यक्तिले करका दरमा चलखेल गरेको विषय आधारहीन भएको बताएका हुन् । ‘१४ गते राती अनधिकृत व्यक्ती प्रवेश गर्यो भन्ने विषयलाई आधार मानेर सदनमा प्रश्न उठेको छ,’ […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले करका दरबारे उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले दिएको जवाफप्रति ओलीले अर्थमन्त्री महतमाथि टिप्पणी गरेका हुन् । अर्थमन्त्रीको कसम खाने बानी रहेनछ । राम्रो लाग्यो । सफाइ दिनुभयो । उहाँले […]
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकको सार्वजनिक ऋणको आकार २० खर्ब ८० अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।आइतबार संघीय संसदमा आर्थिक सर्वेक्षण, २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो तथ्य पेस गरेका हुन् । अर्थमन्त्री डा.महतका अनुसार २०७९ फागुनसम्म आन्तरिक ऋण रु. १० खर्व १० अर्ब २८ करोड र बाह्य ऋण रु […]
२३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षको बजेट गुणात्मक ढंगले फड्को हान्ने गरी बनाउने बताएका छन् । बजेट परम्परागत ढंगले बनाएमा जनताको अपेक्षा सम्बोधन गर्न नसक्ने उनको भनाइ छ । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले कनिका छरेजस्तो बजेटले कुनै उपलब्धी नदिने बताएका हुन् । ‘बजेटमा सबैतिर कनिका […]
धनगढीः प्रदेश सरकार र स्थानीय सरकार बिच सहकार्य र सहअस्तित्व व्यबहारमै कायम गर्न सुदूरपश्चिम प्रदेश सरकार अग्रसर देखिएको छ। आर्थिक वर्ष २०८०÷०८१ को बजेट निर्माणपूर्व प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिसँग आगामी बजेटका विषयमा छलफल गरेको छ। सरकारले पहिलोपटक सुदूरपश्चिमका ८८ वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला गरेर बजेटमा समेट्नुपर्ने योजना र कार्यक्रम […]
काठमाण्डाै – सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाण्डाैदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका लागि सात हजार पाँच सय दश रुपैयाँ कायम भएको छ । […]
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा लागि आइतबार प्रत्यक्ष तर्फको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको छ । राजनीतिक दलका तर्फबाट वा स्वतन्त्र उम्मेदवारी दिनका लागि आयोगले धरौटी रकम तोकेको छ । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिन १० हजार रुपैयाँ धरौटी तोकिएको छ भने प्रदेश सभा सदस्यका लागि ५ हजार […]
मुलुक संघीयतामा गएपछि सबै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पु¥याउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन पनि दियो । कम्तीमा एउटा वाणिज्य बैंकको शाखा सबै स्थानीय तहमा पु¥याउने सरकारी लक्ष्य २०७४ असार मसान्तसम्म थियो । तर, तोकिएको मितिसम्म दुई सय ९७ स्थानीय तहमात्रै बैंक तथा वित्तीय संस्थाको पहुँचमा […]
नागरिक रैबार/बाजुरा १० असोज।अछामका बाढीपिडित परिवारलाई सुदूरपश्चिम प्रदेशका संघ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् । भाद्र महिनाको १० गते देखि ३५ दिनसम्म सम्म डोटीको पुन्नामा सञ्चालन भएको सेवा कालिन तालिममा सहभागी संघ प्रदेश र स्थानीय तहका सहायक स्तरका ४५ जना निजामती कर्मचारीहरुले आर्थिक संकलन गरेर अछामका बाढीपिडित परिवारलाई सहयोग […]
दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दसैँको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार […]
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने २८ वर्षीय राम हरि भण्डारीको टहराभित्र जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५६ हजार १ सय रुपैयाँ, १ बुक तास र १३ […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ। खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले बताएका […]
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुलाई निःशुल्क ई-सिम वितरण थालेको छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन् । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट आज शुक्रबार विहानदेखि ई-सिम वितरण सुरु भएको हो । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न […]
नेपाल टेलिकमले शुक्रबारदेखि ग्राहकलाई निःशुल्क ई–सिम वितरण गर्ने निर्णय गरेको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको हो । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको […]
काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदरमा गरेको ‘भद्र सहमति’ खारेज गर्ने निर्णय गरेको छ । असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गर्ने भएका छन् । बैंकहरुले असारका लागि हाल कायम रहेको ११.०३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार १० प्रतिशतले वृद्धि गर्ने निर्णय भएको बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनएमबि बैंकका प्रमुख […]
कैलालीको भजनी नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको रकम कम आएपछि सेवाग्राहीहरुले पाउनुपर्ने पूरा रकम नपाएको खुलासा भएको छ । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम चौमासिकमा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरूका लागि सरकारबाटै आउने रकम कम आएका कारण सेवाग्राहीहरुले पाउनुपर्ने रकममा कटौती भएको पाइएको हो । आर्थिक वर्षको तेस्रो चौमासिकसम्म मागअनुसारको रकम आए पनि अन्तिम चौमासिकमा रकम […]
काठमाडौँ — सामसङ, एप्पल, गुगलजस्ता प्रमुख ब्रान्डका नयाँ–नयाँ मोडलका मोबाइल फोन चलाउनेहरू यति बेला ई–सिमको पर्खाइमा छन् । नेपाल टेलिकम (एनटीसी) मा यसबारे सोधीखोजी गर्ने क्रम बढिरहेको प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले अबको केही दिनभित्र ग्राहकलाई ई–सिम वितरण गर्ने जनाएको छ । ‘यो सिम कसरी लिने, कहाँबाट लिने भनेर हामीलाई धेरै जिज्ञासा आइरहेका छन्,’ अधिकारीले भने, ‘जतिसक्दो […]