होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला आजदेखि कोशी प्रदेशको विराटनगरमा सुरु हुँदैछ ।मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ११ बजे विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा उद्घाटन गर्दैछन् । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ गर्न लागिएको […]
मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो। त्यसैगरी, कुलो, पैनी वा पोखरीको मर्मतसम्भार तथा स्तरोन्नति, पोखरी तथा पानीको मूल संरक्षण, सार्वजनिक स्थलमा फलफूल बगैंचा निर्माण, कृषि तथा पशुपक्षी उत्पादनको भण्डारण तथा बिक्री वितरणमा आवश्यक […]
आर्थिक वर्ष २०८०/०८१ सुरु भएको ५ महिना बित्नै लाग्यो । तर देशभरका ९ वटा पालिकाहरुले अझै बजेट ल्याउन सकेका छैनन् । बजेट ल्याउन नसक्ने पालिकाहरुमा सबैभन्दा धेरै मधेस प्रदेशमा छन् । मधेसमा ८ वटा पालिकाहरुले बजेट ल्याउन सकेका छैनन् भने कोशी प्रदेशको एउटा पालिकाले अझै बजेट ल्याउन सकेको छैन । मधेसका ५ जिल्ला सप्तरी, सर्लाही, […]
दोलखा- दोलखा जिल्लाको मेलुङ गाउँपालिका भित्रका स्थानीयहरू पछिल्लो वर्षहरूमा कृषितर्फ आकर्षित बन्दै गएका छन् । यहाँका स्थानीयको आम्दानीको मुख्य स्रोत कृषि बन्दै गएको छ । भौगोलिक कारण पूर्वाधार विकासमा उदाउँदो मेलुङ पालिका आफ्नो उत्पादनलाई बजार सम्म पुर्याएर स्थानीय बजार धान्न सफल भएको पालिका अध्यक्ष हिराकुमार थोकरले बताए । पालिका आलु तथा सुन्तला र खाद्यान्नमा आत्मनिर्भर […]
काठमाडौँ । आज बाँकेको नेपालगंजस्थित रुपैडिया–जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याइँदै छ । नेपाललाई भारतले उपहार स्वरुप दिएका १५ वटा मुर्रा जातको राँगा आज दिउँसो १ देखि २ बजेभित्र नेपालगस्थित रुपैडिया–जमुनाहा नाकामा आइपुग्ने नेपालजंगस्थित पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा.विनयकुमार कर्णले बताए । उनका अनुसार ती राँगा ट्रकमा ल्याउन लागिएको हो । उनकाअनुसार उन्नत जातको नश्ल सुधारका […]
नागरिक रैबार/बाजुरा ४ मंसिर।नेपाल सरकारले बाजुरामा भुकम्पबाट प्रभावित बनेका परिवारहरूका अस्थायी आवास निर्माणका लागि १४ कराेड निकासा गरेकाे छ । सरकारले बाजुराका लागि १४ करोड, जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा गरेकाे हाे । सरकारले भुकम्पबाट प्रभावित जिल्लामा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएका छन् । अर्थतन्त्रको सुधारका विषयमा सर्व पक्षीय छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बैठक बोलाएका हुन्। छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। ‘अर्थतन्त्र सुधारका विषयमा निजी […]
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु उनले बताए । निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको […]
आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका […]
गलेश्वर– हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ ।मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन् । पाँच गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएका स्याउ पाकेपछि किसानहरूले टिप्ने र बजार […]
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को पहिलो साता सरकारले ६ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले साउन पहिलो साता ६ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको हो । यो लक्षित राजस्वको ०.४४ प्रतिशतको उपलब्धि हो । सरकारले चालु आर्थिक वर्षका लागि […]
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । आज बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि आजै सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ । गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक […]
काठमाडौँ । यतिबेला बैंकको ब्याजदरको विषय निकै चर्चामा छ । सरकारले नै बैंक तथा वित्तीय संस्थामाथि धावा बोल्दै मिलेमतोमा ब्याजदरमा कार्टेलिङ गरिरहेको आरोप लगाएपछि वित्तीय क्षेत्र तरङ्गित हुन पुगेको हो । यसले आउँदो महिना अर्थात् आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनादेखि नै ब्याजदर निर्धारणमा खुल्ला नीति अंगिकार हुने अनुमान गरिएको छ । मंगलबार राजधानीमा आयोजित […]
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ । चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो । “असार २३ र ३० […]
काठमाडौँ । असार लागेसँगै सरकारले भुक्तानीलाई तीव्रता दिएको छ । पछिल्ला दिनहरूमा दैनिकजसो १५ देखि २० अर्ब रुपैयाँ हाराहारीको भुक्तानी भइरहेको छ । मन्त्रालय, विभाग तथा मातहतका निकायहरूबाट असार १५ गते यता मात्र खर्ब हाराहारीको भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सोमबार मात्र सरकारी निकायले १८ अर्ब ४० करोड रुपैयाँ बराबरको भुक्तानी गरेको […]
काठमाडौँ । सरकारले मंगलबार (असार १९ गते) २९ अर्ब ६६ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकमार्फत सरकारले कूल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएको हो । यद्यपि, कूल रकममध्ये २४ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ पुरानै ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब […]
नागरिक रैबार/बाजुरा १० असार । जिल्लाको बुढीगङ्गा नगरपालिकाको आठौं नगरसभाले जम्मा ६१ करोड ७६ लाख को बजेट ल्याएको छ । जस मध्ये ५२ करोड ५१ लाख पुजिगत र ९करोड पैसठ्ठी लाख चालु बजेट अनुमोदन गरेको छ भने नितिगत रुपमा यस नगरपालिकाको आर्थिक एन ,स्थानिय भु-उपयोग नीति लगायत २१ वटा कार्यबिधी निर्माण गर्ने निर्णय भएको छ […]
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले जिल्ला निर्वाचन कार्यालय हटाउने र जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने सरकारको मनसाय नरहेको बताएका हो । सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को […]
नेपाली कांग्रेसका सांसद गगन थापाले करको दर हेरफेरबारे नियमन गर्न राजस्व बोर्ड बनाउन सरकारलाई सुझाव दिएका छन्।आइतबार आर्थिक वर्ष ०८०/०८१ का लागि सरकारले ल्याएको बजेटमाथिको छलफलमा बोल्दै थापाले बजेट निर्माण र यसमाथि सल्ला सुझाव दिने जिम्मेवारी दिइने गरी राजस्व बोर्ड गठन गर्न सुझाएका हुन्। यसो गर्दा वर्षेनी आउने कर हेरफेरको विवाद पनि नआउने उनले बताए। […]
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डा. महतले १४ गते राती अनधिकृत व्यक्तिले करका दरमा चलखेल गरेको विषय आधारहीन भएको बताएका हुन् । ‘१४ गते राती अनधिकृत व्यक्ती प्रवेश गर्यो भन्ने विषयलाई आधार मानेर सदनमा प्रश्न उठेको छ,’ […]