होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई सघाउनु सबैको कर्तव्य भएको बताएका छन् । साहलाई बधाई दिँदै महामन्त्री थापाले जनताको काममा जनप्रतिनिधिलाई सबै सघाउनुपर्ने बताए। शुक्रबार विहान ट्वीट गर्दै उनले भने, ‘‘जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु हामी सबैको कर्तव्य हो । मतदाताले जिताइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचौँ।’ […]
काठमाडौं । स्थानीय तहको निर्वाचनमा सर्वाधिक चासोको रुपमा हेरिएको स्थानीय तह काठमाडौं महानगरपालिका ।काठमाडौं महानगरपालिकाले निर्वाचन भएको १४ दिनपछि मतगणना सकिएर जनप्रतिनिधि आएका छन् । यो निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन्द्र साह(बालेन) निर्वाचति भएका छन् । यस्तै उपमेयरमा एमालेबाट सुनिता डंगोल आएकी छिन् । अघिल्लो चोटी काठमाडौैंमा नेकपा एमालेको प्रमुखसहित बहुमत नगर सदस्य निर्वाचित […]
बाजुरा । सुदूरपश्चिमबाट बाजुराको बुढीगंगासहित देशका ४ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन ।पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म ७ सय ४९ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अब ४ वटा पालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ । बाजुराको बूढीगंगा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । यस्तै काठमाण्डौ महानगर,उदयपुरको […]
निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना भन्ने निर्णय गर्न सकेको छैन । आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको भने साता दिन हुन लाग्यो । तर, प्रतिवेदन अध्ययन गरेर निर्णय लिन आयोगले सकेको छैन । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिवेदन अध्ययनपछि आयोगले के गर्ने भन्नेबारे चाँडै निर्णय लिने […]
काठमाडौँ — देशको कर्मचारी शक्तिशाली सरकारी ३० हजारको तलब, ३० वटा घरबारी बीच बजारको सडक २० वटा खाल्डो पारी खल्ती भारी, बैंक मारी, सात तहको अधिकारी कसले तिर्ने सात समुद्रपारि देशको सात उधारी र्याप भन्नेबित्तिकै अराजक र अश्लील भन्ने मानसिकता छ । खासमा जातीय, सामाजिक, आर्थिक र राजनीतिक विभेदविरुद्ध आक्रोशको रूपमा र्याप संगीतको सुरुवात भएको हो । […]
काठमाडौं– नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा बेहोर्नुपरेको हारको प्रमुख कारण ‘अन्तरघात’ भएको ‘प्रारम्भिक निष्कर्ष’ निकालेको छ।बुधबार बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्थानीय तहको निर्वाचनमा अन्तरघातका कारण धेरै ठाउँमा हार बेहोर्नु परेको निष्कर्ष निकालेको हो। बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले कांग्रेस, माओवादी र एकीकृत समाजवादीभन्दा […]
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।एमालेबाट नगरप्रमुखका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी भएका हुन् । एमालेका खड्काले नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मतअन्तरले पराजित गर्दै विजयी भए । खड्काले ३१ हजार ४०८ मत प्राप्त गरे […]
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका […]
विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन्।बुधबार उनले विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन्। स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बताएका हुन्। ‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ, ’ उनले लेखेका छन्, ‘गत ५ वर्ष तन, मन […]
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ । साहको एमालेबाट मेयर पदका उम्मेदवार […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न अपिल गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरुलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन अपिल गरेका हुन् । ‘जीत–हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू […]
नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । सरकारले मंगलबार संसद्मा पेस गरेको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया दिँदै सचिव भट्टराईले व्यापार घाटा, मुद्रास्फीति बढेको, मूल्यबृद्धि बढेको विदेशी लगानी घटेको, राजश्व सङ्कलन हुन नसकेको र पुँजीगत खर्च समेत हुन नसकेको अवस्थामा सरकारले ल्याएको कार्यक्रमले त्यसलाई सम्बोधन गर्न […]
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको नतिजा करिब करिब अन्तिम चरणमा पुगेको छ । यो लेख तयार पार्दासम्म कुल ७५३ स्थानीय तहमध्ये नेपाली कांग्रेस ३०० भन्दा बढी पालिका तहमा जितेर पहिलो पार्टी बनेको छ । २०७४ सालमा २९४ स्थानीय तह जितेर पहिलो पार्टी बनेको नेकपा एमाले यतिखेर २०० हाराहारी पालिकामा मात्रै जितेर दोस्रो पार्टीमा खुम्चिएको […]
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् । माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् । यसपटक पनि उनले एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजार […]
अछामः नेकपा एमालेका नेता भीम रावलको वडा साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन्। एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला विष्ट तथा स्वतन्त्रबाट मीनबहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा विजयी भएका हुन्। दुबैको समान मत आएपछि पुनः गणना गर्न माग उठ्दा केहीबेर तनाव भएको थियो। अन्ततः दुबै पक्ष गोला प्रथा गर्न […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)ले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाएका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् । सिर्जना केशव भन्दा ८८५ मत अन्तरले अगाडि छिन् । […]
स्थानीय तह निर्वाचन समापनको चरणमा छ । ७५३ पालिकामध्ये ७०० माथिको परिणाम सार्वजनिक भइसक्दा जित-हारका विश्लेषण भइरहेका छन् । खासगरी, मुलुकको सबभन्दा ठूलो दल नेकपा (एमाले) ले अपेक्षित सफलता हासिल गर्न सके/नसकेका बारेमा चर्चा-परिचर्चा केन्द्रित छन् । र, नेकपा (एमाले) ले यस निर्वाचनमा ‘शर्मनाक’ र ‘लज्जास्पद’ रूपमा हारेको संकथन (न्यारेटिभ) निर्माण गर्ने कोसिस पनि भइरहेको […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ चैतमा मधेसका विभिन्न दल त्याग गरेका नेताहरूलाई भित्र्याउँदै भनेका थिए, ‘एमाले नै जय मधेसवाला पार्टी हो ।’ मधेस प्रदेशको विकास र समृद्धिको वाहक एमाले हुन्छ भन्ने अर्थमा ओलीले यसो भनेका हुन् । ओलीको यो अभिव्यक्ति मधेसका मतदातालाई एमालेतर्फ प्रभावित पार्न लक्षित थियो । ठीक एक महिनापछि ९ वैशाखमा […]
तनहुँ । भानु नगरपालिका वडा नं. ६ की उमा गोतामले दलित महिला सदस्यमा दोहोरिन चाहेकी थिइन् । २०७४ को चुनावमा ६१५ मत प्राप्त गरेकी नेपाली कांग्रेसकी उनले त्यसै अनुसार पार्टीमा दाबी पनि गरेकी थिइन् । तर मनोनयन दर्ता गर्ने दिन उनलाई उपमेयरमा उठ्न भनियो ।कांग्रेसका नगरका नेताहरुले अन्य दलसँग तालमेलका लागि छलफल गरिरहेका थिए, भागबण्डा […]
नागरिक रैबार/बाजुरा६जेठ। बाजुराको हिमालीमा गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ। नगरपालिकाभित्र निर्वाचित भएका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत गम्भीर रानामगरले बताए। नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणत्र वितरण गरिएको उनले बताए। नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु गरी ३७ जनालाई प्रमाणपत्र वितरण गरिएको बताइएको छ।