होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजावदी) ले मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने निर्णय गरेपनि मन्त्रीहरुले पार्टी नेतृत्वलाई चूनौति दिएका छन् । उनीहरुले पार्टीले पूर्वाग्रह पालेर निर्णय गरेको भन्दै आफूहरु तत्काल सरकारबाट फिर्ता नहुने अडान लिएका छन् । हिजो बसेको सचिवालय बैठकले चार जना मन्त्रीहरुलाई फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्रीहरु (मन्त्रालय हेरफेरसहित) […]
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसाबाहेक अरू केही पनि नसोच्नेहरूको हातमा सरकार पुगेको टिप्पणी गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आज आइतवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘पैसाबाहेक अरू नसोच्नेहरूका हातमा सरकार पुगेकाे छ । […]
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले यसअघिका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ। ‘यो नियमित प्रक्रिया हो। पहिले पनि हामीले छ महिना भनेका थियौं,’ अध्यक्ष नेपालले पार्टी कार्यालयमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै भने, ‘सुरूदेखि नै ६ महिनाका लागि भनिएको हो। यो नियमित […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाएको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘पहिले नै ६/६ महिना मन्त्री बन्ने सहमति भएको थियो । उहाँहरु मन्त्री बनेको ६ महिना भइसक्यो । त्यसैले सधन्यवाद फिर्ता बोलाउने निर्णय गरियो’ उनले भने । […]
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । अनुशासन आयोगले सचिवालय बैठक राखेर भूसाललाई आवश्यक कारवाहीका निम्ति पार्टीमा सिफारिस गरेको हो । पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएकाले विधान बमोजिम कारवाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडाल बतउँछन् । […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ ।पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए । उनका अनुसार अब भवानी खापुङ […]
काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो दलका सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि नयाँ बन्ने मन्त्रीबारे चासो बढेको छ । नेकपा एसका बहालवाला मन्त्री र मन्त्री बन्ने दौडमा रहेकाहरु पार्टी कार्यालयमा पुगेका छन् । कतिपय सांसदहरु शिर्ष नेताहरुलाई भेट्न पुगेका छन् । मन्त्री बनाउँदै माधव नेपालले ६६ महिना आलोपालो गराउने सहमति गरेका […]
काठमाडौं, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले असारमा अमेरिका भ्रमण गर्ने खुलिसकेको छ । भ्रमणको औपचारिक घोषणा हुनमात्र बाँकी छ । देउवाको भ्रमण प्रधानसेनापति प्रभुराम शर्माको भ्रमणलगत्तै हुने छ । शर्माको भ्रमणको मिति तय भइसकेको छ । देउवाले अमेरिका भ्रमण गर्ने मिति नजिकिदै गर्दा गठबन्धन सरकारमा कम्पन आइसकेको छ । सत्ता गठबन्धनका शिर्ष नेताहरु प्रचण्ड […]
काठमाडौँ — नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु परिवर्तन गर्ने भएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको सचिवालय बैठकले २४ घण्टाभित्र हाल कायम रहेको मन्त्रीहरुलाई फिर्ता बोलाउने र सरकारमा नयाँ सेट पठाउने निर्णय गरेको बताए । ‘मन्त्री परिवर्तन गर्ने निर्णय भएको छ । २४ घण्टाभित्र पुराना फिर्ता आउने र नयाँ साथीहरु सरकारमा जानु हुन्छ’ खनालले भने […]
काठमाडौं, २२ जेठ । नेकपा (एकीकृत समाजवादी) ले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । यो सँगै अहिले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुको भने दौडधुप सुरु भएको छ । पार्टीले मन्त्रीहरु फिर्ता बोलाउने […]
काठमाडौँ — सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागनुमा गर्ने भन्ने विवाद चलिरहेका बेला प्रधानमन्त्री शेरबहादु देउवाले भने कात्तिक वा मंसिरभित्रै चुनाव हुने बताएका छन् । स्थानीय तह चुनावको परिणामले गठबन्धनका केही दलहरुबीच सम्बन्ध चिसिइरहेको र यस्तो अवस्थामा चुनाव गरिहाल्दा राम्रो नतिजा नआउने भन्दै केही नेताहरुले फागुनमा चुनाव गर्नुपर्ने धारणा राखिरहेका छन् […]
१९ जेठ, काठमाडौ् । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताएका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आ.व. २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् । उनले काठमाडौं वासी नै प्रधानमन्त्री र महत्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गरे। उनले सरकारको ध्यान […]
देशब्यापी रुपमा बाजुरा यतिबेला अभूतपूर्व चर्चाको शिखरमा छ । मानव विकास सूचांकमा सबैभन्दा पुछारमा रहेको बाजुराका अनेक सन्दर्भहरु यसअघि पनि बेलाबेला राष्ट्रिय चर्चाका विषय हुने नगरेका त हैनन्, तर यतिबेलाको सन्दर्भ भने नितान्त पृथक । अरु बेला भइरहने अक्सर चर्चाका सन्दर्भहरु यहाँका निमुखाहरुको भोक, रोग, गरिबी, विपन्नता, प्राकृतिक प्रकोपको वितण्डा या विकास सम्बन्धि घटनामा केन्द्रित […]
नागरिक रैबार/बाजुरा १९ जेठ। निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले बाजुरामा प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ।यहाँको बुढीगंगा नगरपालिकामा वैशाख ३० मा स्थानीय चुनाव भए पनि ‘बुथ कब्जा भएको’ भन्दै विरोध भइरहेको थियो। नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएको छ भने एमालेले सत्ताको दुरूपयोग गर्दै […]
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकोबारे प्रष्टीकरण दिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत् भेटघाटलाई अन्यथा नलिइदिन समेत उनले अपिल गरेका छन्। ‘काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौं,’ […]
काठमाडौं । सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी प्रस्ताव आएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । २०७४ को […]
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्रै संघ र प्रदेशको चुनाव गर्ने पक्षमा रहेको बताएका छन् । अध्यक्ष गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संघ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गर्न जाने हुन् कि भन्ने डरले प्रधानमन्त्री देउवा सो निर्वाचन छिटो गराउने पक्षमा रहेको तर्क गरे […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काठमाडौं र धरानमा स्वतन्त्रले जिते पनि जनकपुरदेखि धनगढीसम्मका सबै पार्टीकै प्रतिनिधिले जितेको टिप्पणी गरेका छन्। माओवादीबाट निर्वाचित देशैभरका स्थानीय तहका प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रचण्डले काठमाडौंका बालेन शाह र धरानका हर्क साम्पाङले दलहरूलाई सबक सिकाएको बताए । काठमाडौं र धरानमा जितेका जनप्रतिनिधिले वास्तविक माओवादीले जस्तै कुरा गर्न […]
काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अहंकार बढ्न सक्ने भन्दै त्यस्तो भए एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता बढेको बताएका हुन् । ‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर […]
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताले मुलुकको राजनीतिको चाबी आफ्नो पार्टीको हातमा राखिदिएको बताएका छन् । उनले स्थानीय तह निर्वाचनमा तेस्रो राजनीतिक शक्ति बनाएर जनताले शंका पनि व्यक्त गरेको र आशा पनि राखेको बताए । माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखीकरण प्रशिक्षण दिने क्रममा बुधबार दाहालले जनताका काम गर्नुपर्ने बताए […]