होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, १९ फागुन । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । ‘हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण […]
जनकपुरधाम । दलितको भोज खाएको भन्दै महोत्तरीको एक परिवार सामाजिक बहिष्कारमा परेको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई ‘अछूत’ भन्दै समाजले बहिष्कार गरेको हो । महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार)को घरमा भोज खाएका थिए । तेस्रो सन्तानको रुपमा छोरा पाएको खुसीमा (६ दिनमा हुने छठिहार)मा शुभनारायणले साधुसन्तको […]
काठमाडौं । राष्ट्रपतिका उम्मदेवार सुवास नेम्वाङसहित नेकपा एमालेका दोस्रो तहका नेताहरु बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगे । अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेम्वाङसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुविर महासेठ र केन्द्रीय सदस्य बिमला राई पौड्याल एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा पुगेका थिए । एमाले नेताहरुसँग अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम […]
नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।राष्ट्रपतिमा ८ दलको समर्थनमा साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई मतदान गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उनको भनाइ छ।‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको ५१ औं बैठक आज बस्यो। यो बैठकले […]
नागरिक रैबार/बाजुरा १७ फागुन। नेकपा एमाले बाजुरा ‘मिसन ग्रासरुट’ अभियान र पार्टी संगठन सुदृढीकरण अभियानमा जुटेको छ । अभियान अन्तरगत नेकपा एमाले बाजुराले नेता कार्यकर्ताका लागि मार्तडीमा जिल्ला स्तरीय अभिमुखिकरण आयोजना गरेको छ । मिसन ग्रासरुट अभियानले केन्द्र, प्रदेश, पालिका, वडा र टोलसम्मको संगठनलाई जीवन्त र क्रियाशील बनाउने उद्देश्य राखिएको पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाहीले […]
काठमाडौँ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको हो । गत माघ १६ गतेको निर्णय अनुसार आयोगले यही फागुन २५ गते राष्ट्रपतिको […]
काठमाडौँ । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् । फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको […]
काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएकोका नाम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने सक्ने कार्यतालिका सँगै आजै उम्मेदवारीको नाम सार्वजनिक गर्न लागेको हो । गत १३ फागुनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी दर्ता गराएका थिए । उनीहरुविरुद्ध […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट मागेका छन्। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर देउवाको पत्र बुझाएका हुन् । गत शनिबार राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गरेका थिए भने एमालेका उपाध्यक्ष […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो। बैठकले उपयुक्त समय नआउञ्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार आजको बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले) र नेपाली […]
काठमाडौँ — सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठैजनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका हुन् । एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । परराष्ट्रमन्त्री बिमला राई पौड्यालले दिउँसो साढे ३ बजेपछि प्रधानमन्त्रीलाई पार्टीबाट मन्त्री भएका सबै जनाले […]
काठमाडौँ । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै एमालेका मन्त्रीहरु प्रधानमन्त्रीलाई राजीनामा बुझाउन बालुवाटार जान लागेका हुन् । ‘हामी पार्टीबाट मन्त्री भएकाहरु सबै जना दलको कार्यालयमा जम्मा भएर केहीबेरमा बालुवाटार जाँदै छौ’कृषिमन्त्री ज्वाला साहले भनिन्, ‘हरि उप्रेती […]
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालय परेका छन् । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालयको जिम्मेवारी परेको हो । एमाले र राप्रपाले सरकारबाट बाहिरिनुका साथै समर्थन समेत फिर्ता लिइसकेका छन् भने रास्वपाले समर्थन फिर्ता लिएको छैन । राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्डको काँधमा […]
काठमाडौँ । प्रभु शाह नेतृत्वको आम जनता पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । यसअघि आयोगमा दर्ता रहेको वैज्ञानिक समाजवादी पार्टी नाम परिवर्तन गरी आम जनता पार्टी कायम गर्ने निर्णय भएकोसंसद् सचिवालयलाई जानकारी गराइएको हो । शाखा अधिकृत नवराज विष्टले जारी संसद् सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, ‘संघीय संसद सचिवालयको च. नं. १०१. मिति २०७९।१०।१३ […]
काठमाडौँ– आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ । आयोगले गत माघ २९ गते सो उपनिर्वाचनको मिति तोकेर निर्वाचन कार्यक्रम स्वीकृत गरी यही फागुन १ गतेदेखि १६ गतेसम्मका लागि मतदाता नामावली […]
काठमाडौँ । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट पार्टी बाहिरिने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । नेकपा एमालेअघि राप्रपाले पनि सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिइसकेको छ । पार्टी मुख्यालयमा आयोजित […]
काठमाडौं, फागुन १४ । राज्यको अभिभावक संस्था राष्ट्रपति पदको निर्वाचनकै विषयलाई मुख्य मुद्दा बनाएर दलहरूले नयाँ समीकरण गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकोटको बार्दलीबाट हात हल्लाउँदै सुरू गरेको गठबन्धन यात्रा दुई महिनामै टुंगिएर नयाँ समीकरण बनेको छ ।सात दलीय गठबन्धनमा प्रधानमन्त्री […]
काठमाडौं, फागुन १४ । राष्ट्रपति पदको निर्वाचन तालिकाबमोजिम आज दाबी विरोधमा उजुरी दिने कार्यक्रम छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहान १० देखि २ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका रहेको छ। गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रपतिका लागि […]
कैलालीः नेपाली काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित भएको छ। विश्वासको मत पाउने आधार नभएका मुख्यमन्त्री कमल शाहले अन्ततः विश्वासको मत पाउने वातावरण बनेको हो। माओवादी केन्द्र र नागरिक उन्मुक्तिसहितका आठ दलले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गर्ने भएपछि सुदूरपश्चिममा पनि नयाँ राजनीतिक समीकरण हुने देखिएको हो। मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र […]
काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । कार्यसम्पादन समितिको निर्णयअनुसार पौडेलले शनिबार नै उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवालाई दायाँबायाँ राखेर संघीय संसद भवनको ल्होत्से हलमा पुगेका पौडेलको प्रस्तावक र समर्थकमा ८ दलीय गठबन्धनका नेताहरु छन् । प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर […]