होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूरक प्रस्ताव पेश गर्ने भएका छन् । उनले उक्त प्रस्ताव सचिवालय समितिको बैठकमा कि स्थायी समितिमा भन्ने अझै टुंगो नभएको नेताहरुले बताएका छन् । २८ कात्तिकको सचिवालय बैठकमा प्रचण्डले १७ पृष्ठ लामो प्रतिवेदन पेश गरेपछि त्यसको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर […]
१६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकबारे अझै आधिकारिक जानकारी नदिइएको स्थायी कमिटी सदस्यहरुले बताएका छन् । यही मंसिर ३ गते बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गरेको थियो । तर, बैठक बस्न दुई दिन बाँकी रहँदासमेत स्थायी कमिटी सदस्यहरुले आधिकारिक जानकारी नपाएको बताए । स्थायी कमिटी […]
इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीकसैले फुटाउन नसक्ने दाबी गरेका छन् । मंगलबार इलामस्थित फिक्कलमा १५ शय्याको अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले नेकपा स्पातले बनेको पार्टी भएकाले कसैले नेकपालाई फुटाउन नसक्ने र नफुट्ने बताएका हुुन् । ‘नेकपा स्पातले बनेको पार्टी हो यो फुट्दैन । कसैले फुटाउन पनि […]
१५ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल हुम्लाको सर्केगाड गाउँपालिकामा अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरेर पुगेका छन् । सोमबार बिहान मन्त्री रावलसहित सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितको टोली नेपाली सेनाको हेलिकप्टर चार्टर्ड गरेर गएका सर्केगाड गएका हुन् । गाउँपालिकाको रकमबाट हेलिकप्टरको भाडा व्यहोर्ने गरी मन्त्री रावल अस्पतालको शिलान्यास […]
१५ मंसिर, काठमाडौं । ७१ वर्षीय मैना तामाङ नोवेल कोरोना भाइरस महामारीका बेला पनि दिनहुँ लोलाङबाट रिले अनशन बस्न बालाजु बाइपास पुग्छिन् । उनी २०७० सालसम्म बालाजुस्थित घरमा चिया पसल चलाउँथिन् । २०२६ सालदेखि बस्दै आएको घर सडक विस्तारको नाममा सरकारले भत्काईदिएपछि उनी बेघर भइन् र लोलाङमा भाडामा बस्न थालिन । काठमाडौं उपत्यका विकास […]
१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्चालनमा आएको छ । युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् । यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन । अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको अकाउन्टलाई २६ सय जनाले फलो गरेका छन् । […]
माथिको तस्बिर सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ को हो । सडककै बीचमा विजुलीको पोल छ र त्यही पोल नजिकै वडाध्यक्ष दिलीप यादवको घर पनि छ । प्रदेश २ प्रदेशसभा सदस्य विजय यादवको संसदीय कोषबाट सडक ढलान भएको झण्डै नौ महिना भन्दा बढी हुन लाग्यो तर सडककै बीचमा रहेको सो पोल हालसम्म हटेको छैन । […]
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा पेश गरेको आफ्नो ५३ बुँदे प्रतिवेदनमा कार्यकारी अध्यक्ष प्रचण्डलाई जवाफ दिनुभन्दा धेरै प्रतिप्रश्न गरेका छन् । आफ्नो प्रतिवेदनमा पार्टीमा विवाद आउनुमा प्रचण्डको अस्थिरतालाई मुख्य कारण देखाएका ओलीले विगतमा आफूले गरेका घोषणा र प्रतिवद्धता कार्यान्वयन नभएकामा भने कहीँकतै खुलाउन चाहेका छैनन् । त्यसक्रमा ओलीले संविधान निर्माणदेखि […]
काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी, कोरोना संक्रमितको निशुल्क उपचार, भारतद्वारा नेपालको अतिक्रमित भूमि फिर्ता र एमसीसी खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गरेको छ । सोमबार भएको उक्त प्रदर्शनप्रति विश्वमा रहेका नेपाली एकता समाजहरुले पनि ऐक्यबद्धता व्यक्त गरेको जनमोर्चाले दावी गरेको छ । जनमोर्चाले डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट, दाङ, रोल्पा, प्यूठान, गुल्मी, […]
काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुसको पहिलो साता भारत भ्रमण गर्ने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ । त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले मन्त्री ज्ञवालीलाई भारतका विदेश मामिला मन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए । […]
काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेको बताउनुभएको छ । रोल्पाको लाँकुरीमा बनेका सबस्टेशन उद्घाटन कार्यक्रममा मन्त्री पुनले दुवै अध्यक्षले सहमतिका साथ अब पार्टी र सरकारको नेतृत्व युवा या दोस्रो पुस्तालाई दिन तयार भएमा आफूहरु नेतृत्व लिन तयार र सक्षम रहेको बताउनुभएको हो । […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एक ढिक्का हुनेमा ढुक्क रहेको बताएका छन् । सूर्योदय नगरपालिकामा नेकपाका कार्यकर्तासँगको भेटमा नेता खनालले पार्टी एक जुट बनाउन आफू लागी पर्ने उल्लेख गरे । उनले पछिल्लो समय नेकपाभित्र अन्तरसङ्घर्ष बढे पनि पार्टी एकताबद्ध बनाउनका लागि भइरहेको छलफलका रूपमा बुझ्न अनुरोध गरे । “पार्टी नै फुट्छ […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लिखित रुपमै प्रश्न–प्रतिप्रश्न चलेको छ । पार्टी सचिवालय बैठकमा दुवै अध्यक्षले एक अर्कामाथि आरोप लगाउँदै पेश गरेको राजनीतिक प्रस्तावले प्रश्न–प्रतिप्रश्नको शृङ्खला बनाएको हो । गत कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको लिखित प्रस्तावमा अध्यक्ष ओलीमाथि गम्भीर प्रश्न […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन् । शनिबार मानवअधिकार पत्रकार सङ्घ (हुर्जा) को आयोजनामा ‘सङ्घीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उनले देशमा थुप्रै कानून बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताए । “नेपालको संविधान उत्कृष्ट छ, कार्यान्वयनकै चरणमा छौँ”, उनले भने, “देशमा […]
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा–माओवादीका ७५ नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई पूर्वमन्त्री गोकुल बाँस्कोटाले आज काभ्रेको धुलिखेलमा एक कार्यक्रमका बीच फूलमालाले स्वागत गरेका छन् । नेकपामा प्रवेश गर्नेमा धुलिखेल नगरपालिका–१० निवासी चन्द माओवादीका तामासालिङ विशेष व्यूरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष कान्छा तामाङ, खानीखोला गाउँपालिका–५ निवासी चन्दका जिल्ला सचिवालय सदस्य […]
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा घाइते भएका तथा शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेकाहरुको दुःखान्त तस्बिर प्रचण्डमा कहिल्यै नआएको बताएका छन् । शनिबारको सचिवालय बैठकमा प्रचण्डलाई जवाफी प्रतिवेदन पेश गर्दै सरकार र पार्टी नेतृत्व दुबैबाट आफूलाई हटाउने म्याराथुनमा प्रचण्ड कुँदिरहेको भन्दै ‘युद्धमा घाइते भएका, अझै पनि शरीरमा गोली र छर्रा […]
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार बसेको नेकपाको सचिवालय बैठकमा राजनीतिक ३८ पेजको प्रतिवेदन प्रस्तुत गरेका छन्। उनले गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनको प्रतिउत्तरमा प्रतिवेदन तयार पारेका हुन्। ५३ बुँदामा तयार पारिएको उक्त प्रतिवेदनमा ओलीले गएको स्थानीय निर्वाचनमा प्रचण्डले आफ्नै छोरी जिताउन […]
काठमाडौ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भन्दा ठुलो कुनैपनि नेता हुन नसक्ने बताएका छन् । शनिबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नो धारणा राख्दै पार्टीमा पार्टी भन्दा ठुलो नेता हुन खोज्ने प्रवृति देखिएको भन्दै पार्टीभन्दा ठुलो कोहीपनि हुन नसक्ने बताएका हुन् । ‘पार्टी भन्दा ठुलो को हो ? आफूलाई आफैले ठुलो भन्ने ? यस्तो […]
प्रधानमन्त्री केपी शर्मा ओलीले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत प्रचण्डले गर्न थालेको आरोप लगाएका छन् । ओलीले आफ्नो प्रस्तावमार्फत प्रचण्डलाई जवाफ दिँदै भनेका छन्, ‘सहयोद्धा कमरेडहरुको भावना होइन, टाउका गन्न थाल्नु भएको छ । कित्ताकाट गर्न थाल्नु भएको छ । सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा […]
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिवेदनमाथि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी दम्भ, घमण्ड र अहंताले भरिएको भन्दै उनीमाथि हमला गरेका छन् । शनिबारको सचिवालय बैठकमा ओलीले पेश गरेको प्रतिवदनपछि आफ्नो धारणा राख्दै प्रचण्डले दम्भ, घमण्ड र अहंताले भरिएको प्रतिवेदन ल्याएको टिप्पणी गरेका हुन् । ‘यहाँ पनि तपाइको दम्भ, घमण्ड […]