होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • वडाध्यक्ष घरकै अगाडि विकासको यो नमुना
समाज

वडाध्यक्ष घरकै अगाडि विकासको यो नमुना

  • नागरिक रैबार
वडाध्यक्ष घरकै अगाडि विकासको यो नमुना

माथिको तस्बिर सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ को हो । सडककै बीचमा विजुलीको पोल छ र त्यही पोल नजिकै वडाध्यक्ष दिलीप यादवको घर पनि छ ।

प्रदेश २ प्रदेशसभा सदस्य विजय यादवको संसदीय कोषबाट सडक ढलान भएको झण्डै नौ महिना भन्दा बढी हुन लाग्यो तर सडककै बीचमा रहेको सो पोल हालसम्म हटेको छैन । कुनै पनि सडक निर्माण गर्दा पहिला ‘साइड क्लियर’ हुनुपर्ने प्रावधान छ तर सकडको बीचमा रहेको पोल नहटाई सडक ढलान गरिएको छ । वस्तीको बीचमै रहेको सो पोलबाट दुर्घटनाको ठूलो जोखिम रहेको छ ।

‘गाउँको मुल सडक भएको कारण गाडी तथा मोटर साइकल आउने जाने भइरहेका हुन्छन् । कुनैबेला गाडी ठोकिएर ठूलै दुर्घटना हुनसक्छ भन्ने डरमा हामी बाँचिरहेका छौ’, पोल नजिकै घर भएका विल्टु ठाकुरले भने, ‘पोलमा नाङ्गो तार रहेका छन्, जहाँबाट विजुली प्रवाह भइरहेको हुन्छ कुनै दिन गाडी ठोकिएर त्यो पोल ढल्यो भने आगलागी हुन्छ र गाउँमा ठूलै दुर्घटना हुन्छ, जसले ठूलै धनजनको क्षति हुनसक्छ ।’

विज्ञापन

सडकको बीचमा रहेको पोल हटाउनका लागि पटक पटक आग्रह गरिएको छ । यहाँका स्थानीयहरुले आवाज पनि उठाएका छन् तर कसैले ध्यान दिएको छैन । वडा नम्बर ५ का वडाअध्यक्ष दिलीप यादवले सडक ढलान हुनुभन्दा पहिलादेखि नै पोल हटाउनका लागि आफूले पहल गरेको तर विद्युत प्राधिकरणले नहटाइदिएको दावी गरे ।

विद्युत प्राधिकरणले आज हटाउँछु भोलि हटाउँछु भन्दा भन्दै ढिलो गरिरहेको उनले दावी गरे । उनले भने, ‘मैले वडा कार्यालयबाट पत्र लेखेर पठाएको वर्षदिन भन्दा बढी भइसक्यो दिन दिनै तागेदा पनि गर्छौ तर प्राधिकरणले कुनै ध्यान दिदैन भने हामी के गरौं ।’

नेपाल विद्युत प्राधिकारण सिरहाका प्रमुख उमेश यादवसँग यस विषयमा जिज्ञासा राख्दा उनले पोल सार्नका लागि गाउँपालिकाले नै खर्च व्यहोर्नु पर्ने तर त्यो रकम जम्मा नगरेको कारण प्राधिकरणले सो पोल नसारेको बताए ।
उनले भने, हामीले त्यहाँका गाउँपालिकालाई इस्टिमेटसहितको परिपत्र पनि पठाइसकेका छौं तर हालसम्म त्यहाँबाट रकम जम्मा नगरेको कारण त्यो न सारिएको हो ।’ रकम जम्मा गर्ने वित्तिकै प्रकृया शुरु गरेर पोल सार्ने उनले बताए । त्यो पोल सार्नका लागि १२ देखि १५ हजार रुपियाँ खर्च लाग्ने उनले बताए ।

पुनः वडाअध्यक्ष दिलीप यादवसँग यो जिज्ञासा राख्यौ, त्यसपछि उनले गाउँपालिकाबाट यसको वजेट विनियोजन भएपनि आफूलाई त्यहाँको कार्यकारी अधिकृतले कार्यादेश नदिएको दावी गरे । यस विषयमा गाउँपालिकाका कार्यकारी अधिकृत कमल यादवसँग बुझ्न सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार