होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैठक बस्नै मान्दैनन् ओली
समाचार

बैठक बस्नै मान्दैनन् ओली

  • नागरिक रैबार
बैठक बस्नै मान्दैनन् ओली
फाइल तस्वीरु

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक कहि समय पछि सरेको छ । उक्त बैठक बस्न अध्यक्ष केपी शर्माओली मानिरहेका छैनन् ।

मंगलबारको सचिवालय बैठकले बुधबार दिउँसो १ बजेको लागि बैठक तय गरेको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको कार्य व्यस्तताका कारणले बैठक केही समय सरेको जानकारी दिएका छन् । उनले २ बजे बैठक बस्नसक्ने बताएका छन् ।

‘नेताहरुको कार्यव्यस्थाको कारण दिउँसो १ बजेका लागि बोलाएको बैठक बस्न सकेन, अब २ बजेतिर बस्छ होला’, प्रवक्ता श्रेष्ठले भने, ‘बैठक नै स्थगित भएको वा सारेको भन्ने चाहिँ होइन ।’
मंगलबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुबीच चर्काचर्की भएको थियो ।

विज्ञापन

यता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आजको सचिवालय बैठकमा सहभागी हुने भएका छन् ।

आफू निकट नेताहरुसँग भएको छलफलपछि ओली बैठकमा बस्न तयार भएका छन् । स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी हुने जानकारी दिएका छन् ।

‘बैठकमा बस्नु हुन्छ, नबस्ने कुरै छैन’, नेम्वाङले भने । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले पनि बालुवाटारमा दिउँसो बस्ने बैठकमा ओली सहभागी हुने बताए । हिजोको वैठकमा ओलीले आज (बुधबार) को वैठकमा नसक्ने बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार