होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१० पुस, रौतहट । रौतहटको सदरमुकाम गौरमा जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन । गौरको वीपी चोकमा प्रदर्शन गर्दै जसपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-ओली समूह, नेपाली कांग्रेस र जसपाले रौतहटमा बेग्लाबेग्लै प्रर्दशन गर्दै आइरहेका छन । […]
१० पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले अब छिट्टै आफूहरुको समूहबाट प्रधानमन्त्री चयन हुने बताएका छन् । प्रचण्ड–नेपाल समूहका नेताहरुको अगुवाईमा माइतीघरदेखि निर्वाचन आयोगसम्म भएको प्रदर्शनका क्रममा सम्बोधन गर्दै नेता भट्टराईले भने, ‘अब छिट्टै नै वालुवाटारमा प्रधानमन्त्री हाम्रो हुँदैछ ।’ आफूहरु सडकमा आइसकेको भन्दै उनले संसद पुनर्स्थापना घोषणा नहुँदासम्म र […]
१० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले अर्का समूहको नेतत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । आफ्नो समूहको केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शीर्ष नेताहरुले प्रतिनिधिसभा भंगको चर्को आलोचना मात्र गरेनन्, प्रधानमन्त्री ओली निरंकुश बनेको आरोप लगाए । नेताहरुले ओलीलाई गणतन्त्र र संघीयता […]
१० पुस काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८० मध्ये ४५ सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध बागमती प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आफ्नै पार्टीका बहुमत सांसदहरू मुख्यमन्त्री पौडेलको विपक्षमा देखिएपछि बागमतीमा नयाँ सरकार गठनबारे चर्चा सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि स्पष्ट दुई खेमामा विभाजित […]
काठमाडौं । नेकपा विभाजनसँगै एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने सिलसिला चलिरहेको छ । यसै क्रममा नेकपाको भ्रातृ संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले ओली पक्षमा लागेका संयोजक ऐनसिंह महरलाई कारवाहीको सिफारिस गरेका छन् । महर संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा लागेकाले उनलाई कारवहीको सिफारिस गरिएको तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘अनेरास्ववियूको गौरवशाली छविलाई धुमिल […]
काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली गोमन साँप जस्तै रहेको बताएका छन् । एमालेको आठौँ माहाधिवेशनमा आफू हारेपछि ओलीले प्रतिशोध, इगो र इख पालेको भन्दै त्यसै कारण नेताहरुमाथि रिसइवी देखाउने गरेको बताए । ‘तेस्रो केन्द्रीय समिति बैठकले माधव नेपाललाई अध्यक्ष बनाएको छ । अध्यक्षभन्दा माथि कोही नेता हुँदैन’, उनले दुवै अध्यक्ष […]
१० पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतप्रति आफूहरुको भरोसा रहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संविधानको मर्म र भावना, जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक छ भन्ने फैसला गर्छ भन्ने विश्वास लिएका छौं ।’ तर यो […]
काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशताको बाटोमा लागेको भन्दै उनको निरंकुशतालाई नेपाली जनताले परास्त गरेरै छोड्ने बताएका छन् । कार्की ब्याङ्क्वेटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले ओलीले संसद विघटन गरेर आफुलाई निरंकुशताको पक्षमा उभ्याएको बताए । ‘केपी ओली नितान्त निरंकुशताको बाटोमा हुनुहुन्छ । अहिलेको संविधान अनुसार […]
संसद विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलाशमा बहस जारी छ। बहसका क्रममा एक वकिलसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा झोक्किएका छन् । बहसका क्रममा उनले संसद विघटनको निर्णयमा ‘इजलासबाट ल्याप्चे नलगाइयोस्’ भनेका थिए । त्यसपछि झोक्किएका राणाले उनको बहस सुन्न मानेनन् र उनलाई हटाई दिए । राणाले भने, ‘तपाईँलाई ल्याप्चेको अर्थ थाहा छ ? बहस सुन्दिनँ ।’ त्यसपछि […]
१० पुस, काठमाडौं । संसद विघटनको पक्ष र विपक्षमा बहस भइरहेको बेला सर्वोच्च अदालत अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने नेविसंघ कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्च क्षेत्र वरपर सुरक्षा व्यवस्था कडा छ । यो निषेधित क्षेत्र पनि हो । तर, सुरक्षाकर्मीको आँखा छल्दै केही युवाहरु सर्वोच्च अदालतको […]
१० पुस, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो । त्यस्तै मन्त्रिपरिषदले संसद विघटनका लागि गरेको सिफारिस र राष्ट्रपतिले गरेको […]
१० पुस, काठमाडौं । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध दर्ता भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा १४ वटा रिटमथि सुनुवाई भइरहेको छ । शुक्रबार रिट निवेदक तर्फबाट कानुन व्यवसायीहरुले संसद विघटन गर्ने सरकारको कदमबारे आफ्नो धारणा […]
काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधवपक्ष) को आन्दोलनमा उत्रिएको छ । आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार माइतीघरमा शीर्ष नेतासहित केन्द्रीय सदस्यहरुले माइतीघरमा धर्ना दिएका छन् । त्यसपछि नेता कार्यकर्ता नारावाजी गर्दै निर्वाचन आयोगसम्म पुगेका छन् । माइतीघरमा भेला भएर उनीहरु सर्वोच्च अदालतको गेट अगाडीबाट भद्रकाली, न्युरोड, हुँदै निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । कान्तिपथस्थित आयोगको […]
१० पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरुसहित निर्वाचन आयोग पुगेर नेता नेपालले पार्टीको नाम र निर्वाचन चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका हुन् । २९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर र नेताहरुसहित निर्वाचन आयोग […]
१० पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । यो समूहबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघरबाट सुरु भएको प्रदर्शन निर्वाचन आयोगसम्म पुगेको हो । प्रदर्शनअघि नेताहरुले माइतीघरको सडकमै बसेर प्रदर्शन गरेका थिए । उनीहरुले सर्वोच्च अदालतमा संसद विघटनको रिट पेशीमा राखेको दिन अदालत नजिकै […]
बागमती प्रदेशका तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरेको भन्दै तीन जना मन्त्रीहरुले पदबाट राजीनामा दिएका हुन्। राजीनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन तथा वातावरण मन्त्री अरूण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल रहेका छन्। जम्कट्टेल र दुलाल पूर्वमाओवादी हुन् […]
काठमाडौं । प्रचण्ड-नेपाल पक्षको नेकपाका केन्द्रीय सदस्यहरुलाई प्रहरीले आयोगभित्र जान अवरोध गरेको छ । अध्यक्ष प्रचण्डसहित सयौँ नेता कार्यकर्ता निर्वाचन आयोगमा पुगेपनि उनीहरुलाई आयोगको गेटबाहिरै रोकिएको हो । तर केन्द्रीय सदस्यहरुले आयोगले दस्तखत गर्न बोलाएकाले आफूहरु आएको बताएपनि प्रहरीले जान दिएको छैन । अध्यक्ष प्रचण्ड र नेपालसहितका केही नेतामात्रै आयोगको कार्यालयमा छिरेका छन् ।
वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारूढ नेकपाकै दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले शुक्रबार अविश्वासको प्रस्ताव हालेका हुन् । आज प्रदेशसभा सचिवालय पुगेर हस्ताक्षरसहितको प्रस्ताव दर्ता गरेका हुन । प्रस्तावकमा शालिकराम जमकट्टेल छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका उनी पदबाट राजीनामा दिएर अविश्वास प्रस्ताव दर्ता गराउन गएका हुन् […]
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको इजलासले ती निवेदनहरु संबैधानिक इजलासमा पठाएपछि अब सबैको ध्यान शुक्रबारको इजलासमा खिचिएको छ। आउँदो शुक्रबार गठन हुने संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित चार जना न्यायाधीश रहने छन्। बुधबार रिटमाथि भएका केही बहसपछि राणाले यी रिटमाथि गम्भीर संवैधानिक सुनुवाइ गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा नै पठाउने निर्णय गरेका हुन्। संसद् विघटनविरुद्ध परेका १२ वटा […]
काठमाडौं, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराईले आधिकारिक नेकपा बालुवाटारको नेकपा नभएर सडकको नेकपा भएको बताएका छन् । नेता भट्टराईले सूर्य चिन्ह र हसिया हथौडा आफूहरुको भएको बताएका हुन् । शुक्रबार बिरोध प्रर्दशनपछि काठमाडौंको कान्तिपथ स्थित निर्वाचन आयोग अगाडिको कोणसभालाई सम्बोधन गर्दै नेता भट्टराईले प्रतिनिसभा पुनः स्थापना नहुदासम्म र […]